• २ फागुन २०८२, शनिबार

कार्यसम्पादन मूल्याङ्कनमा हिमाली पहिलो

blog

हिमाली गाउँपालिकाको कार्यालय बाजुरा । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, फागुन २ गते  ।
स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा हिमाली गाउँपालिका जिल्लामा पहिलो भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका ९ वटा स्थानीय तह मध्ये यो पालिकाको ६५.६९ अङ्कसहित भन्दा पहिलो बनेको हो ।

गौमुल गाउँपालिकाले ६४.३३, बुढीगङ्गाले ५९.५१, त्रिवेणीले ५६.८६ अङ्क प्राप्त गरेका छन् । यस्तै स्वामीकार्तिक खापर गाउँपालिकाले ५५.८१, खप्तड छेडेदह गाउँपालिकाले ५५.५२, जगन्नाथ गाउँपालिकाले ५३.४३ र बुढीनन्दाले ४८.८४ अङ्क प्राप्त गरेका छन् ।

यहाँका सबै पालिकामा सबैभन्दा कम बडीमालिकाको रहेको छ । बडीमालिकाले ४८.०९ अङ्क लयाएकोले सबै भनदा कम भएको हो ।

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्याङ्कन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ ।

आव २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्याङ्कनको सूचक मानिएको छ ।

आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको छ । यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसइई परीक्षा नतिजा, खोप लगाएका बालबालिका अनुपात समेत मूल्याङ्कन गरेको आयोगले जनाएको छ ।