• २ फागुन २०८२, शनिबार

दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

blog

नारद कोहार

तौलिहवा(कपिलबस्तु), फागुन २ गते । कपिलबस्तु नगरपालिका ४ छोटकी तौलिहवा स्थित तौलिहवा–बहादुरगंज सडक अन्तर्गत दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

तौलिहवाबाट कोदाहवा तर्फ जाँदै गरेको लु २५ प ५७५९ नम्बरको डिस्कभर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३३ प ६७८६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुपर मोटरसाइकलका चालक सोही वडाको पिपरीका १८ वर्षीय सोनु कोरीको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक राजन ढकालले बताउनुभयो ।

सुपर मोटरसाइकलको पछाडि बसेका कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का धिरज बढई र डिस्कभर मोटरसाइकलका चालक कपिलवस्तु नगरपालिका ३ शिवकोटावका अरमान दर्जी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।