सेना दिवसमा एकता दौड प्रतियोगिता
महाशिवरात्री तथा २६३ औं नेपाली सेना दिवसको अवसरमा आज धनगढीमा एकता दौड कार्यक्रम सम्पन्न गरिएको छ ।
पत्रकार किशोर श्रेष्ठसहित तीनजना सम्मानित
'देवेन्द्र गौतम पत्रकारिता पुरस्कार' बाट जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठसहित तीन जना सम्मानित हुनुभएको छ । पत्रकारिताका माध्यमबाट राष्ट्रका लागि विशिष्ट योगदान पुर्याएबापत उहाँहरूलाई सम्मान गरिएको हो ।
पाँचथरमा सुरक्षाकर्मीलाई निर्वाचन लक्षित अभ्यास
प्रतिनिधिसभा निर्वाचनको पूर्वतयारी स्वरूप पाँचथरको फिदिमस्थित रणशेर गणमा नमुना मतदानका साथै सुरक्षाकर्मीका लागि अनुकरण अभ्यास सम्पन्न गरिएको छ ।
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल
महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ। देश, विदेशबाट आएका साधुसन्त एवं भक्तजनका कारण पशुपति क्षेत्रमा मेला लागेको छ।
राप्रपाको सङ्कल्प पत्रः ‘अबको गन्तव्यः सबल, समृद्व र समुन्नत नेपाल’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ। धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको हो।
निर्वाचनमा बालबालिकाको दुरुपयोग गर्नेलाई कारबाही गर्न माग
निर्वाचनका समयमा विभिन्न बहानामा बालबालिकाको प्रयोग, दुरुपयोग वा उनीहरूमाथि हुने दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरोकारवालाले माग गरेका छन्।
गुल्मीमा मुख्य चार दलबीच प्रतिस्पर्धा
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मीमा मुख्य चार दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
चिया उद्योगलाई आधुनिक र प्रतिस्पर्धी बनाउने चीनको नयाँ रणनीति
चीनले २०३० सम्म आफ्नो चिया उद्योगलाई कुल १.५ लाख करोड युआनको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ । यसका लागि देशका पाँच सरकारी विभागले नयाँ मार्गनिर्देशन जारी गरेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बिच भेटवार्ता
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बिच भेटवार्ता भएको जनाइएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्स मार्फत उनीहरूको भेटवार्ताको बारेमा जानकारी दिनु भएको हो ।
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै
रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा गरेको रातभरको ड्रोन आक्रमणमा एक आवासीय भवनमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।
बदर मत घटाउन मतदाता शिक्षा अभियान
जिल्ला निर्वाचन कार्यालयले महोत्तरीका १५ वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी पूरा गरेको छ । निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन र मतदातालाई निर्वाचनको महत्त्व बुझाउन यस कार्यक्रमले सहयोग पुग्ने विश्वास लिइएको छ ।
सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख
युरोपले आफ्नो सुरक्षाको लागि थप जिम्मेवारी लिनुपर्ने युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनले शनिबार म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा बताउनु भएको छ ।
झकिझकाउ सिद्धबाबा
हाशिवरात्रिका लागि पाल्पाको तिनाउ गाउँपालिका–३ मा अवस्थित सिद्धबाबा मन्दिर झकिझकाउ पारिएको छ ।
भाले चिराइतो
ताप्लेजुङको मैवाखोला गाउँपालिका क्षेत्रमा पर्ने तीनजुरे–मिल्के क्षेत्रबाट सङ्कलन गरी बिक्रीका लागि तयारी अवस्थामा राखिएको भाले चिराइतो ।
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन
प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिनुभएको छ।
निर्वाचनः ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
संविधान सभा सदस्य चौधरी कांग्रेसमा प्रवेश
संविधान सभाका सदस्य एवं जसपा नेपालका नेता केदारनन्दन चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
आन्तरिक राजस्व कार्यालय पोखराको प्रगति ८२ प्रतिशत
'जेनजी' युवाको आन्दोलनका क्रममा भौतिक क्षति व्यहोरेको आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म ८२ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कुल ३ अर्ब ५७ करोड ३२ लाख ९८ हजार रुपैयाँ लक्ष्य रहेकामा २ अर्ब ९४ करोड ९० लाख ३८ हजार रुपैयाँ संकलन भएको हो ।
पाथीभरा दर्शन गर्ने भक्तजन एक लाख १३ हजार
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने भक्तजनको सङ्ख्या एक लाख तेह्र हजार बढी रहेका छन् । पछिल्लो सात महिनाको अवधि अर्थात माघ मसान्त सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सार्थक तुल्याउने एमालेको लक्ष्य
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउँदै स्वाधीन, समुन्नत र समाजवाद उन्मुख अर्थतन्त्रका आधारमा समान अवसरसहित न्यायपूर्ण समाज निर्माणलाई केन्द्रमा राखेको बताएको छ ।
नयाँ चरणको त्रिपाक्षीय वार्ता फेब्रुअरी १७-१८ मा हुने
युक्रेन, संयुक्त राज्य अमेरिका र रूस बिचको त्रिपक्षीय वार्ताको अर्को चरण जेनेभा, मस्को र किएभमा फेब्रुअरी १७-१८ मा हुने जनाइएको छ ।
नेपालविरुद्धको खेलका लागि वेस्ट इन्डिजको तयारी
आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ मा नेपालविरुद्धको खेलका लागि वेस्ट इन्डिजले शनिबार अन्तिम तयारी गरेको छ ।
बङ्गलादेश: जमातद्वारा चुनावी हार स्वीकार
बङ्गलादेशको राजनीतिक सङ्क्रमणपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा पराजित भएको बङ्गलादेश जमात-ए-इस्लामीले अन्ततः नतिजा स्वीकार गरेको घोषणा गरेको छ ।
क्यारेबियनमा अमेरिकी आक्रमण, तीनको मृत्यु
क्यारेबियन सागर क्षेत्रमा लागु औषध तस्करी नियन्त्रण अभियान तीव्र बनाइरहेको अमेरिकी सेनाले अर्को एक कथित तस्करी डुङ्गामाथि घातक आक्रमण गरेको जनाएको छ ।