थाई विदेशमन्त्री : म्यान्माको आगामी निर्वाचन स्वतन्त्र वा विश्वसनीय हुने अवस्था छैन
थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले आगामी महिनादेखि सुरु हुन लागेका म्यान्माकाे निर्वाचन स्वतन्त्र र विश्वसनीय दुवै नहुने स्पष्टरूपमा बताउँदै हिरासतमा रहनुभएकी लोकतान्त्रिक नेत्री आङ सान सुकीको तुरुन्त रिहाइको आह्वान गर्नुभएको छ ।
म्याग्दीमा धान उत्पादन बढ्यो
जिल्लामा प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ ।
ताँजाकोट गाउँपालिकाका सबै वडामा सडक सञ्जाल विस्तार
जिल्लाको दक्षिणी क्षेत्रको बाजुरा जिल्लासँग सिमाना जोडिएको ताँजाकोट गाउँपालिकाका सबै वडाहरुमा सडक सञ्जाल जोडिएका छन् ।
कपिलवस्तुका ७ हजार ६८० जना गाउँ ब्लक पीडितले पाए लालपुर्जा
लामो प्रतीक्षापछि कपिलवस्तुका ७ हजार ६८० जना गाउँ ब्लक पीडितले लालपुर्जा पाउन सफल भएका छन् । गाउँ ब्लकको २०७३ सालमा नापी भए पनि उनीहरुले यस वर्ष लालपुर्जा पाएका हुन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
करेन्ट लागेर एकको मृत्यु
रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो
बैतडीको शिवनाथ गाउँपालिका–२, मडैगाउँ स्थायी घर भई कोरियाली भाषा अध्ययनका लागि काठमाडौँ आउनुभएका १८ वर्षीय दीपकबहादुर साउदको कोरिया गएर परिवारको आर्थिकस्तर उकास्ने सपना जेनजी आन्दोलनको क्रममा सपनामै रोकियो ।
एनपिएलः आज विराटनगर र चितवनबिच प्रतिस्पर्धा हुँदै
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
बैतडीमा दुई हजार ६५२ मतदाता थपिए
जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन् ।
परम्परागत खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा
म्याग्दीको मङ्गला गाउँपालिका–४, अर्भल्याङका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार गरेका छन् ।
त्रिवि रङ्गशालामा सुविधा र प्रविधिमा प्रभावकारी व्यवस्थापन भएको दर्शकको भनाइ
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न पुगेका दर्शकले सुविधा र प्रविधिमा दोस्रो संस्करणको व्यवस्थापन प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् ।
नेपाल र इन्डोनेसियाबिच प्रतिस्पर्धा हुँदै
यहाँस्थित मागुवोहर्जो रङ्गशालामा आज नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
सुशासनमार्फत जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित भएको बताउनुभएको छ ।
गुल्मीमा १३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइयो
गुल्मीमा १३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत राष्ट्रव्यापि रुपमा वितरण भएको भिटामिन ‘ए’ र जुकाको औषधी यस जिल्लामा १३ हजार १३ जना बालबालिकालाई खुवाइएको हो ।
झुण्डिएको अवस्थामा महिला मृत फेला
रौतहटको माधवनारायण नगरपालिका–४, बिशुनपुर्वा टोलका रुबिना यादव झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ ।
महाकाली नदीमा डुबेर एक युवक बेपत्ता, खोजी कार्य जारी
महाकाली नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् । जिल्लाकोे भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाई साथीसँग मङ्गलबार दिउँसो महाकाली नदीमा पौडीन गएका बेला बेपत्ता भएका थिए ।
बैतडीका २७ हजार धरधुरीमा बल्यो बिजुली
बिजुली नपुगेका जिल्लाका पाँच स्थानीय तहका १९ वडाका सात हजार धरधुरीमा बिजुली बलेसँगै जिल्लामा विद्युत् उपभोग गर्न पाउने धरधपरिवारको सङ्ख्या २७ हजार ९१ पुगेको छ ।
ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ
बाजुरा र मुगुलाई जोड्ने झोगुला पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने गरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले कर्णाली नदिको झोगलामा पक्की पुल निर्माणका लागि झण्डै १४ करोड ४९ लाख रकम विनियोजन गरेको थियो ।
शैलुङमा गोरखापत्र साहित्य सम्मेलन : सौन्दर्य, संस्कृति र मायाको उत्सव
मोहनी लायो मायाको कानैको झुम्काले.. यस्ता छोटो मीठो शैलुङको सुन्दरतालाई बयान गरिएको सानो सानो भिडियोहरु टिकटकमा अहिले मिलियनभन्दा बढी दर्शकले रुचाएका छन् । जसमा वयान गरेरै नसकिने शैलुङको थुम्काहरुको अपार सुन्दरता झलक्कै झल्किएको देख्न सकिन्छ ।
बेरोजगार युवालाई भत्ता दिने मधेश सरकारको तयारी
मधेश प्रदेश सरकारले स्नातक तह उत्तीर्ण गरी बेरोजगार रहेका युवाहरुलाई प्रतिमहिना दुई हजारको दरले जिवन निर्वाह बेरोजगारी भत्ता दिने तयारी गरेको छ ।
छोराको कुटाइबाट बुबाको मृत्यु
नवलपुरमा छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ । गएराति हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ३० वर्षीय छोरा सन्त कुमारको कुटाइबाट ६० वर्षीय बुबा रामबहादुर विकको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
उखु किसानले मङ्सिर १४ गते राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलन गर्ने
नेपाल उखु उत्पादक महासङ्घले विगत वर्षको बक्यौता अनुदान रकम तत्काल भुक्तानी गर्न र यस वर्षको उखुको समर्थन मूल्य निर्धारण गर्न माग गर्दै राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छ ।
अर्थमन्त्रीले प्रसारण लाइन निर्माण शुभारम्भ गर्नुहुने
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलदेखि नेपाल–भारत सिमानासम्मको विद्युत प्रसारण लाइन निर्माणको शुभारम्भ आज हुँदैछ ।
लोपोन्मुख चिरकालिज जोगाउनै मुस्किल
मुस्ताङको थासाङ गाउँपालिकामा पाइएको लोपोन्मुख प्रजातिको रूपमा सूचीकृत भएको चिरकालिज चोरीशिकार, आहारा, डढेलोले बासस्थानमा परेको जोखिमका कारण जोगाउनै मुस्किल परेको छ ।