• २ फागुन २०८२, शनिबार

संविधान सभा सदस्य चौधरी कांग्रेसमा प्रवेश

blog

संविधान सभाका सदस्य एवं जसपा नेपालका नेता केदारनन्दन चौधरीलाई नेपाली कांग्रेसमा स्वागत गर्नुहुँदै कांग्रेस सभापति गगन थापा ।

सर्लाही, फागुन २ गते । संविधान सभाका सदस्य एवं जसपा नेपालका नेता केदारनन्दन चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । 

सर्लाहीको क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका ९ अचलगढमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य चौधरी जसपा नेपाल परित्याग गरेर कांग्रेसमा प्रवेश गर्नुभएको हो । 

चौधरीसँगै जसपा नेपालका महासचिव मनिषकुमार मिश्र पनि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । 

उहाँहरुलाई नेपाली कांग्रेसका सभापति एवम् सर्लाही क्षेत्र नं. ४ का उम्मेदवार गगनकुमार थापाले पार्टीमा प्रवेश गराउनुभएको हो ।