• २ फागुन २०८२, शनिबार

झकिझकाउ सिद्धबाबा

blog

महाशिवरात्रिका लागि झकिझकाउ पारिएको पाल्पाको सिद्धबाबा मन्दिर । तस्बिरः कपिल ज्ञवाली

पाल्पा, फागुन २ गते । महाशिवरात्रिका लागि पाल्पाको तिनाउ गाउँपालिका–३ मा अवस्थित सिद्धबाबा मन्दिर झकिझकाउ पारिएको छ । यस वर्षको शिवरात्रिमा करिब ६० हजार श्रद्धालु भक्तजनले दर्शन गर्ने र सात लाख रुपैयाँ बराबरको आम्दानी हुने लक्ष्य राखिएको छ ।

गत वर्षको शिवरात्रिमा यहाँ ४० हजार भक्तजनले दर्शन गरेका थिए । सिद्धबाबा मन्दिर विकास समितिले यस वर्ष दर्शनार्थीको सहजताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।