म्युनिख, जर्मनी, फागुन २ गते । युरोपले आफ्नो सुरक्षाको लागि थप जिम्मेवारी लिनुपर्ने युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनले शनिबार म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा बताउनु भएको छ ।
“युरोपको सुरक्षालाई सधैँ प्राथमिक जिम्मेवारीका रूपमा नहेरिएको बताउदै उहाँले आगामी दिनमा गहनताका साथ हेर्नु पर्ने बताउनु भएको हो । समय अनुकुल प्रभावकारी प्रहार क्षमतामा रणनीतिक सक्षमता सहितको युरोपेली मेरुदण्ड विकास गरी अगाडी बढ्नु पर्ने उहाँले बताउनु भएको छ ।
आक्रमणको घटनामा एकअर्काको रक्षा गर्न युरोपेली सङ्घका सदस्य राष्ट्रले सामूहिक प्रतिबद्धताको आवाश्यकतालाई उल्लेख गर्दै उहाँले निषेधलाई चुनौती दिदै अगाडी बढ्नु पर्ने बताउनु भएको छ । यसै विच उहाँले युरोपको आपसी रक्षाको प्रवाहलाई व्यवहारमा ल्याउने समय आएको बताउनु भएको छ ।
अमेरिकाले नेटोमा आफ्नो लगानी घटाउने र रूससँग सम्भावित द्वन्द्वका लागि तयारी गर्ने धम्की दिए पछि सन् २०३० सम्ममा विश्वसनीय रक्षा प्रणली विकास गर्न युरोपले ऐतिहासिक पुनः शस्त्रीकरण प्रयास सुरु गरिसकेको जनाइएको छ । रासस/एएफपी