‘नीतिगत विमर्श हुनै पर्छ’
बौद्धिक एवं प्रबुद्ध क्षेत्रले राजनीतिक दलका नीति र देश निर्माण, रूपान्तरणको कार्यदिशामा प्रश्न उठाउँदै गर्दा राजनीतिक दलका नेताहरूले नीतिमाथि बहस गर्ने प्रस्ट पारेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार क्रममा ‘प्रधानमन्त्री को बन्ने’ भन्ने बहस सामाजिक सञ्जालको केन्द्रमा रहँदा दलका नेताले नेतृत्व निर्वाचनपछि तय हुने भएकाले अहिले नीतिमै विमर्श केन्द्रित हुनुपर्ने र गर्ने प्रस्ट पारेका हुन् ।
नेपालमा सूचना र प्रविधि : पछिल्लो दशक स्वर्णिम युग
पछिल्लो एक दशकको अवधिमा सूचना र प्रविधिमा नेपालीको पहुँच उल्लेख्य मात्रामा वृद्वि भएको छ । सूचना र प्रविधिको उच्चतम प्रयोग, व्यक्तिगत सरसफाइ, सामुदायिक र व्यक्तिगत स्वास्थ्यमा नागरिक सचेत हुँदै उच्च मानवीय जीवनयापन गर्नेतर्फ अग्रसर भएको पनि पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको बहुसूचक सर्वेक्षणबाट प्राप्त नतिजामा त्यस्तो तथ्याङ्क देखिएको हो । यसले मानवीय र क्षमता विकासमा नेपाली नागरिक व्रmमिक रूपमा उच्च तहमा पुग्दै गएको स्पष्ट हुँदै गएको छ ।
सामुदायिक विद्यालयमा ‘साना डाक्टर’
स्कुले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । यस कार्यक्रमबाट विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्यदूतका रूपमा विकास गरिने बताइएको छ । महानगरका अनुसार विद्यार्थी स्वयम्, उसको परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने लक्ष्य कार्यक्रमको छ ।
दलित अधिकार विधेयक : महिनाभित्रै मसौदा
संवैधानिक व्यवस्थाबमोजिमका अधिकार सुनिश्चित गर्ने कानुन नहुँदा दलित समुदाय आफ्नो अधिकारबाट वञ्चित भएका छन् । संविधान जारी भएको करिब एक दशक बितेको छ । संविधानमा सुनिश्चित मौलिक हक कार्यान्वयनका लागि कतिपय कानुन बने, कतिपय अझै बनेका छैनन् । नबनेका कानुन अन्तर्गत दलितको हकलाई समेट्ने विषय पनि छन् । कानुन अभावमा संविधानले सुनिश्चित गरेको विशेष व्यवस्था कार्यान्वयन गर्न नसक्ने अवस्था आएपछि सरकारले अबको एक महिनाभित्र दलितको हक सुनिश्चित हुने कानुनको मसौदा तयार गरी विधेयकको रूप दिने तयारी गरेको छ । मौलिक हक कार्यान्वयनका लागि समेत कानुन आवश्यकता ध्यानमा राखेर सरकारले दलितको अधिकार सुनिश्चित हुने कानुनको मसौदा तयार गर्न लागेको हो ।
मतपत्र छपाइ अन्तिम चरणमा
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । अहिलेकै गतिमा मतपत्र छपाइ निरन्तर रहेमा आइतबार साँझसम्ममा मतपत्र छपाइ सकिने मतपत्र छापिरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।
वीरता र गौरवका अनेक गाथा
सार्वभौम सत्ताको रक्षा, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारी । आगलागी होस् या बाढी, हुरी चलोस् वा खडेरी, विपत्ति, सङ्कट वा जुनसुकै दुर्घटना सुखदुःखको साथी नेपाली सेना ।
कांग्रेस परित्याग गरी ५२ महिला एमालेमा प्रवेश
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको समय नजिकिँदै गर्दा उम्मेदवारहरुको घरदैलो कार्यक्रम अझ नियमित हुन थालेको छ । सुनसरी निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का उम्मेदवार भगबती चौधरीले आफ्नो सक्रियता बढाउनुभएको छ ।
ढिस्को खस्दा एकको मृत्यु, दुई जना घाइते
जिल्लाको मंगला गाउँपालिका –२ सल्यानस्थित बाबियाचौरतर्फ जाने भित्रि सडकखण्डमा ग्याभिन जाली भर्ने क्रममा माथिबाट ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
महाशिवरात्रि : पशुपतिमा ६ हजार सुरक्षाकर्मी परिचालन, गृहमन्त्रीद्वारा निरीक्षण
गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रको भ्रमण गरी सुरक्षा व्यवस्था तथा तयारीबारे जानकारी लिनुभएको छ । हिन्दु धर्मावलम्बीको महान् पर्व महाशिवरात्रिमा आउने भक्तजनको सहजता र सुरक्षाका लागि भएका तयारीबारे उहाँले स्थलगत निरीक्षण गर्नुभएको हो ।
कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छः सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना रहेको बताउनुभएको छ।
नेपाल र भारतका साहित्यकार सम्मानित
पर्यटन प्रवर्द्धनका साथै स्थानीय कला, संस्कृति र साहित्यको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२' मा गोरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानसहित नेपाल र भारतका साहित्यकार सम्मानित हुनुभएको छ ।
१७औँ राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न
१७औँ राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको छ । शैली थिएटर, रूसी सदन र ओजस थिएटरको आयोजनामा एक सातासम्म सञ्चालन भएको महोत्सवको शनिबार समापन गरिएको हो ।
गाउँपालिकामा प्रथम साहित्यिक महोत्सव
पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला संस्कृति र साहित्यको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२ शनिबार जानकी गाउँपालिकामा सुरु भएको छ।
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
दमौली–केशवटार सडकको गुँदीखण्डमा कालोपत्रे
तनहुँको सदरमुकाम दमौलीबाट व्यास नगरपालिका वडा नम्बर १४ को केशवटार जोड्ने सडकको स्तरोन्नतिसँगै स्थानीयवासीमा खुसीयाली छाएको छ ।
तनहुँका उम्मेदवार भन्छन्– ‘जेनजी’ को भावनाअनुसार काम गर्छौँ
नेपाली कांग्रेसका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराई र क्षेत्र नं २ का उम्मेदवार शङ्कर भण्डारीले नयाँ पुस्ता (जेनजी) को भावना र मागलाई सम्बोधन गर्दै जिल्लाको समग्र विकासमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीको पक्षमा एमालेको अपिल
नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नुपर्ने ३० कारण अघि सारेको छ। पार्टीको झापा नं ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधिनताको रक्षादेखि शिक्षक दरवन्दी मिलानसम्मका विषयहरु समेटिएको छ।
चन्द्रगढी बिमानस्थल सेनाको सुरक्षामा
झापामा निर्वाचन नजिकिँदै जाँदा थप सुरक्षा ब्यवस्था कडा पारिएको छ । यसैक्रममा झापामा शीर्ष नेताहरूको आवत–जावत बढेपछि चन्द्रगढी विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।
कञ्चनपुरमा अनुगमनकर्तालाई तालिम
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षाका लागि अनुगमनकर्तालाई तालिम प्रदान गरिएको जनाएको छ ।
महाशिवरात्रिमा गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि आज १३ बुँदे अनुरोध जारी गरेको छ ।
वरिष्ठ पत्रकार शर्मालाई गोतामे पत्रकारिता सम्मान
वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मालाई “गोतामे पत्रकारिता स्वर्ण पदक” ले सम्मान गरिएको छ । शर्मालाई एक तोला सुनको तक्मासहितको पदक प्रदान गरिएको हो ।
देशको भविष्य नेपाली कांग्रेससँग जोडिएको छः प्रवक्ता चालिसे
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले देशको भविष्य कांग्रेससँग जोडिएको बताउनुभएको छ। उहाँले नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी भएकाले जनताको आदेशलाई शिरोधार्य गर्ने बताउनुभएको छ।
सेना दिवसमा एकता दौड प्रतियोगिता
महाशिवरात्री तथा २६३ औं नेपाली सेना दिवसको अवसरमा आज धनगढीमा एकता दौड कार्यक्रम सम्पन्न गरिएको छ ।
पत्रकार किशोर श्रेष्ठसहित तीनजना सम्मानित
'देवेन्द्र गौतम पत्रकारिता पुरस्कार' बाट जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठसहित तीन जना सम्मानित हुनुभएको छ । पत्रकारिताका माध्यमबाट राष्ट्रका लागि विशिष्ट योगदान पुर्याएबापत उहाँहरूलाई सम्मान गरिएको हो ।