गोरुले हानेर बृद्वको मृत्यु
पाँचथरमा आफैंले पालेको गोरुले हान्दा एकजना बृद्वको ज्यान गएको छ । फिदिम नगरपालिका –१४ का ६९ वर्षीय पदमबीर राईको मृत्यू भएको हो ।
‘नागरिकभन्दा अलग भएर प्रदेश सरकार अघि बढ्दैन’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रमा भइरहेको विकास कार्य, जग्गा एकिकरण र कित्ताकाट प्रक्रियालाई राजधानी गुरुयोजनालाई असर नपार्नेगरी स्पष्ट र व्यवस्थित ढंगले अघि बढाउने बताउनुभएको छ ।
म जनताको सेवक हुँ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सेवकको रूपमा सधै काम गर्ने बताउनुभएको छ। बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
संसद पुनःस्थापना पहिलो शर्त हो : पूर्वमन्त्री गुरुङ
नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद पुनःस्थापना पहिलो शर्त भएको बताउनुभयो । उहाँले जेनजीसहितको सहभागितामा सर्वपक्षीय सरकार बनाएर सुशासन कायम, भ्रष्टाचार नियन्त्रण लगायतको माग सम्बोधन गर्न सकिने बताउनुभयो।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक सय चार दल दर्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार साँझसम्म एक सय चार वटा दलले निवेदन दर्ता गराएका छन् ।
निर्वाचनको वातावरण बन्दै गएको छः मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी फागुनका लागि तय भएको निर्वाचनको वातावरण बन्दै गएको बताउनुभएको छ ।
एमाले महाधिवेशन सचिवालय बैठक : समितिको प्रतिवेदनमाथि छलफल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गठित समितिको प्रतिवेदनमाथि छलफल भएको छ ।
शोभाकलीले सातौँ छावा जन्माउँदा...
कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेकी शोभाकली हात्तीले आफ्नो सातौँ सन्तान जन्माएकी छन् ।
एनपिएल : चितवनले विराटनगरलाई दियो १७५ रनको चुनौतीपूर्ण लक्ष्य
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७४ रन बनायो ।
अयोध्याबाट आएका जयन्तीलाई खाना ख्वाइँदै
सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको सातौँ दिन बुधबार जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणमा भारतको अयोध्याबाट आएका जयन्तीलाई रामकलेवाको कार्यक्रममा खाना ख्वाइँदै ।
युवा सङ्घको आक्रमणबाट जेनजी नेता घाइते
नेकपा (एमाले) का नेता महेश बस्नेतविरुद्ध प्रदर्शनमा उत्रेका जेनजी युवा प्रदर्शनकारीमाथि एमालेको भातृ सङ्गठन युवा सङ्घका कार्यकर्ताले आक्रमण गरेका छन् ।
सुनसरीका विपन्न परिवारले पाए नयाँ घर
शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण तथा समुदाय–केन्द्रित सामाजिक रूपान्तरणका कार्यक्रममार्फत २५ वर्षदेखि सक्रिय ग्रामीण महिला उत्सुकता विकास मञ्च नेपाल (फरवार्ड नेपाल) ले निर्माण गरेको १०० वटा सुरक्षित आवास आज एक विशेष समारोहका बीच औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
स्ववियु परिषद् राष्ट्रिय महाधिवेशनमा जुट्यो नेवि सङ्घ
नेपाल विद्यार्थी सङ्घ साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालको राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । स्ववियु परिषद् नेपालको राष्ट्रिय महाधिवेशन मङ्सिर ११, १२ र १३ गते हुँदैछ ।
थाइल्यान्ड र मलेसियामा भीषण बाढीः ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
दक्षिणी थाइल्यान्डमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बुधबारसम्म ३३ पुगेको छ । बाढीका कारण थाइल्यान्ड र छिमेकी मलेसियामा हजारौँ मानिस विस्थापित भएका छन् ।
विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले कुलपति पदमा राजनीतिक व्यक्तिहरू रहने व्यवस्थाले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप बढ्ने धारणा व्यक्त गर्नुभएको छ ।
पनामा नहरमा नयाँ बन्दरगाह निर्माणका लागि चीन पनि सम्भावित बोलीदातामा
पनामा नहरका प्रशासक रिकोर्ट भास्केजले चिनियाँ कम्पनी नहर क्षेत्रका दुई नयाँ बन्दरगाह निर्माणका लागि सम्भावित बोलीदातामा परेका पक्ष मध्ये एक रहेको जानकारी दिनु भएको छ ।
बिहीबार फरक जर्सीमा खेल्दै जनकपुर र पोखरा
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आफ्ना नियमित जर्सीभन्दा फरक रङ्गको विशेष जर्सीमा देखिने भएका छन् ।
श्रीलङ्कामा तीन लाख ६५ हजार भन्दा बढी बेरोजगारः प्रधानमन्त्री
श्रीलङ्कालीमा हाल तीन लाख ६५ हजार ९५१ नागरिक बेरोजगार रहेको श्रीलङ्काका प्रधानमन्त्री हरिनी अमरसुरियाले बुधबार संसदमा बताउनु भएको छ ।
उत्तरी सागरमुनि कार्बन डाइअक्साइड भण्डारण गर्ने महत्वाकांक्षी योजना सञ्चालनका लागि तयार
युरोपको दुर्गम उत्तरी सागरमुनि रहेको दशकमौँसम्म जीवाश्म इन्धन निकाल्न प्रयोग गरिएका प्लेटफर्म मध्येको एक निनी तेल क्षेत्र अहिले अर्को अध्यायतर्फ मोडिँदै छ ।
गाजाका हजारौं विस्थापित सुरक्षित आश्रयको खोजीमा : युएनआरडब्लुए
प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजा पट्टीमा हजारौं विस्थापित मानिसले दुई वर्ष लामो इजरायली युद्धपछि हालको चिसो मौसमको लागि सुरक्षित आश्रय खोज्न सङ्घर्ष गरिरहेको बुधबार बताएको छ ।
नापी कार्यालयद्वारा आंशिक सेवा
नापी कार्यालय सुर्खेतले आंशिक सेवा सुरु गरेको छ । जेनजी आन्दोलनको क्रममा आगजनीमा परेको कार्यालयले दुई महिनापछि आंशिक सेवा सुरु गरेको हो ।
भारतमा नयाँ श्रम संहिताविरुद्ध हजारौँ श्रमिकको देशव्यापी प्रदर्शन
भारत सरकारले लागु गरेको नयाँ श्रम संहिताविरुद्ध देशभरका हजारौँ ट्रेड युनियन तथा कामदारले बुधबार व्यापक विरोध प्रदर्शन गरेका छन् ।
युवाले प्रमुख जिल्ला अधिकारी तथा अस्पतालका प्रमुखलाई बुझाए ज्ञापनपत्र
महोत्तरी जिल्लाका जेनजी युवाले नागरिक सरोकारका विषयमा प्रमुख जिल्ला अधिकारी तथा प्रादेशिक अस्पताल जलेश्वरका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन्।
युवासङ्घ र जेनजीबिच झडप, केही जेनजी घाइते
धनगढीमा नेकपा (एमाले) का नेता महेश बस्नेत पुग्दा केही तनाव भएको छ । बस्नेतको विरोधमा जेनजीहरू प्रदर्शन गरेपछि अवस्था केही तनावपूर्ण बनेको हो ।