ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना
म्याग्दीको सिमानामा रहेको बागलुङको ताराखोला गाउँपालिका–४ मा रहेको नेपाल माविले स्थापना गरेको अक्षयकोषमा रु एक करोड सङ्कलन भएको छ ।
आजको मौसम पूर्वानुमान : उच्च पहाडी र हिमाली भागका स्थानमा हल्का वर्षासहित हिमपातकाे सम्भावना
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वेस्ट इन्डिजविरुद्ध एकजुट भएर खेल्न आवश्यक
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल र वेस्ट इन्डिज दुई फरक परिस्थितिबिच आइतबार एकअर्कासँग खेल्दै छ । समूह ‘सी’ मा वेस्ट इन्डिज सुरुका दुवै खेल जितेर शीर्ष स्थानमा रहेको छ । नेपाल दुवै खेलमा हारेर पुछारमा छ ।
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम
प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ ।
स्वासप्रश्वास रोगको उपचारका लागि नेशनल चेष्ट सेन्टर सञ्चालनमा
स्वासप्रस्वास सम्बन्धी रोगको उपचार गर्ने उद्देश्यले ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा आएको छ । एक कार्यक्रमबिच लतिलपुर महानगरपालिका वडा १३ का वडा अध्यक्ष गणेश केसीले उक्त सेन्टरको शुभारम्भ गर्नुभयो ।
दुई घण्टाभित्रै पशुपति दर्शन
पशुपतिमा शिवरात्रिको अघिल्लो दिन शनिबारदेखि नै दर्शनार्थीको भिड लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी देशभर मनाउने गरिन्छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवपुराणलगायतका ग्रन्थमा उल्लिखित छ ।
राणाको स्मृतिग्रन्थ लोकार्पण
स्रष्टा तथा समाजसेवी सहायक रथी इन्जिनियर ‘यज्ञविक्रम राणा स्मृति ग्रन्थ’ लोकार्पण भएको छ । यज्ञविक्रम राणा वाङ्मय प्रतिष्ठानद्वारा सर्जक यज्ञविक्रम राणाको १४ औँ स्मृति दिवस र १०२ औँ जन्मजयन्तीका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्राडा वासुदेव त्रिपाठी, डा. प्रेमसिंह बस्न्यात, शशिविक्रम राणा, प्राडा दयाराम श्रेष्ठलगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो । यज्ञविव्रmम राणाकी छोरी गीता बस्न्यातले पिताले जागिरे जीवन सँगसँगै सिर्जना, समाजसेवा, परिवारको मूली भएर निर्वाह गर्नुभएको भूमिकाका कारण बुवाप्रति समर्पित पुस्तक प्रकाशन गर्न परिवारलाई हौसला मिलेको बताउनुभयो । उहाँले उहाँहरूको कृतित्व, व्यक्तित्वको सुगन्ध घरको हरेक कुनामा मगमगाइरहेको विचार व्यक्त गर्नुभयो ।
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार प्रदान
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०८२ बाट वरिष्ठ पत्रकार, जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पुरस्कृत हुनुभएको छ । नेपाली पत्रकारितामा निडर पात्रका रूपमा परिचित श्रेष्ठले पत्रकारिताको माध्यमबाट विकृति, विसङ्गतिविरुद्ध तथा आमनागरिकका चासोमा निर्भीक रूपमा निरन्तर प्रश्न उठाएर सूचना प्रवाहमा विशिष्ट योगदान पु¥याएबापत करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले यो पुरस्कार प्रदान गरेको हो ।
केन्याली धावक वाहोमेलाई पोखरा म्याराथन उपाधि
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरियुकी वाहोमेले जित्नुभएको छ ।
चालिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता
चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा मुलुकमा चालिस अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि माघसम्म ५२४ परियोजनामा ४० अर्ब २८ करोड ३३ लाख ८० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो । सो अवधिमा ५०७ साना, मझौला र ठुला गरी आठ/आठ वटा परियोजनामा लगानी प्रतिबद्धता आएको हो । सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाउँछ ।
ग्यास भण्डारण नहुँदा उपभोक्तालाई सास्ती
सरकारसँग खाना पकाउने एलपिजी ग्यासको भण्डारण नहुँदा विभिन्न समयमा उपभोक्ताले अभाव खेप्नु परेको छ । मुलुकभर पेट्रोलियम पदार्थको वितरण गर्ने नेपाल आयल निगमसँग डिजेल, पेट्रोल र हवाई इन्धनको भण्डारण क्षमता रहे पनि ग्यासको नहुँदा उपभोक्ताले सास्ती भोग्नु परेको छ । निजी उद्योगी व्यवसायीलाई निगमले ग्यास खरिद आदेश (पिडिओ) जारी गर्ने र उद्योगीले भारतका विभिन्न ‘रिफाइनरी’ केन्द्रबाट ग्यास आयात गरी बजारमा पठाउने गर्छन् । अर्कोतिर ग्यास आयात गर्नका लागि नेपाली नम्बरका ग्यास बुलेट नहुँदा भारतीय नम्बरका
ढिस्कोले पुरिएर एकको मृत्यु
म्याग्दीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ ।
निक्षेप खाता छ करोड नाघ्यो
देशभर बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाताको सङ्ख्या छ करोड नाघेको छ । कर्जा खाता भने २० लाख आसपासमा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनासम्म निक्षेप खाताको सङ्ख्या छ करोड १७ लाख ७९ हजार ८७२ पुगेको छ भने कर्जा खाता २० लाख २४ हजार २८० पुगेको हो ।
राजस्व सङ्कलन बढ्यो
आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म ८२ प्रतिशत राजस्व प्रगति हासिल गरेको छ । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कुल तीन अर्ब ५७ करोड ३२ लाख ९८ हजार रुपियाँ लक्ष्य रहेकामा दुई अर्ब ९४ करोड ९० लाख ३८ हजार रुपियाँ राजस्व सङ्कलन भएको हो । प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले माघमा लक्ष्य अनुसारकै राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।
दुध बेचेरै महिनाको डेढ करोड
पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा दुध बेचेर महिनाकै करिब डेढ करोड रुपियाँ भित्रिने गरेको छ । पालिकाभित्र दैनिक साढे छ हजार लिटर दुध सङ्कलन भई बिक्री हुँदै आएको र सोहीमार्फत मासिक त्यतिको रकम गाउँमै भित्रिने गरेको हो ।
किसानलाई कृषि सिकाउँदै कृषक पाठशाला
कृषि ज्ञान केन्द्र सुनसरीले कृषकलाई व्यावसायिक र दक्ष कृषक बनाउन कृषि पाठशाला सञ्चालन गर्दै आएको छ । जिल्लाका विभिन्न स्थानमा कृषक पाठशाला सञ्चालन गरेर कृषकलाई दक्ष र व्यावसायिक बनाउन थालिएको हो । किसानकै खेतबारीमा किसानलाई नै अग्रसर बनाएर बाली उत्पादन अवधिभर सामूहिक रूपमा सिकाइने कृषक पाठशाला किसानमाझ प्रभावकारी बन्दै गएको छ ।
प्रचारप्रसारमा सभ्य र सन्तुलित शैली : नेपाली कांग्रेस
नेपाली कांग्रेसले नागरिक र मतदातामाझ सभ्य, सुसंस्कृत र सन्तुलित शैलीलाई केन्द्रमा राखेर निर्वाचन प्रचारप्रसार गरिरहेको प्रस्ट पारेको छ । प्रवक्ता देवराज चालिसेले शनिबार विज्ञप्तिमार्फत चरम प्रियतावादबाट वशीभूत भएर शान्तिप्रिय जनताको मन भाँड्ने कार्य कांग्रेसबाट सम्भव नभएको प्रस्ट पार्नुभएको हो ।
नागरिकको अपेक्षा पूरा गर्न जिम्मेवार पत्रकारिता
आमसञ्चारका माध्यमबाट नागरिकले सही सूचना र जानकारी अपेक्षा गरे पनि समकालीन मिडिया अभ्यास अलि फरक रहेको अनुभव व्यक्त गरिएको छ । नागरिकले आफू सरोकारको सामग्री मिडियामा खोज्ने तर त्यस्तो सामग्री कमै मात्र पाइने गरेकाले जिम्मेवार पत्रकारिताको माध्यमबाट मात्र नागरिकको अपेक्षा पूरा हुन सक्ने निष्कर्ष निकालिएको छ ।
‘नीतिगत विमर्श हुनै पर्छ’
बौद्धिक एवं प्रबुद्ध क्षेत्रले राजनीतिक दलका नीति र देश निर्माण, रूपान्तरणको कार्यदिशामा प्रश्न उठाउँदै गर्दा राजनीतिक दलका नेताहरूले नीतिमाथि बहस गर्ने प्रस्ट पारेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार क्रममा ‘प्रधानमन्त्री को बन्ने’ भन्ने बहस सामाजिक सञ्जालको केन्द्रमा रहँदा दलका नेताले नेतृत्व निर्वाचनपछि तय हुने भएकाले अहिले नीतिमै विमर्श केन्द्रित हुनुपर्ने र गर्ने प्रस्ट पारेका हुन् ।
नेपालमा सूचना र प्रविधि : पछिल्लो दशक स्वर्णिम युग
पछिल्लो एक दशकको अवधिमा सूचना र प्रविधिमा नेपालीको पहुँच उल्लेख्य मात्रामा वृद्वि भएको छ । सूचना र प्रविधिको उच्चतम प्रयोग, व्यक्तिगत सरसफाइ, सामुदायिक र व्यक्तिगत स्वास्थ्यमा नागरिक सचेत हुँदै उच्च मानवीय जीवनयापन गर्नेतर्फ अग्रसर भएको पनि पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको बहुसूचक सर्वेक्षणबाट प्राप्त नतिजामा त्यस्तो तथ्याङ्क देखिएको हो । यसले मानवीय र क्षमता विकासमा नेपाली नागरिक व्रmमिक रूपमा उच्च तहमा पुग्दै गएको स्पष्ट हुँदै गएको छ ।
सामुदायिक विद्यालयमा ‘साना डाक्टर’
स्कुले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । यस कार्यक्रमबाट विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्यदूतका रूपमा विकास गरिने बताइएको छ । महानगरका अनुसार विद्यार्थी स्वयम्, उसको परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने लक्ष्य कार्यक्रमको छ ।
दलित अधिकार विधेयक : महिनाभित्रै मसौदा
संवैधानिक व्यवस्थाबमोजिमका अधिकार सुनिश्चित गर्ने कानुन नहुँदा दलित समुदाय आफ्नो अधिकारबाट वञ्चित भएका छन् । संविधान जारी भएको करिब एक दशक बितेको छ । संविधानमा सुनिश्चित मौलिक हक कार्यान्वयनका लागि कतिपय कानुन बने, कतिपय अझै बनेका छैनन् । नबनेका कानुन अन्तर्गत दलितको हकलाई समेट्ने विषय पनि छन् । कानुन अभावमा संविधानले सुनिश्चित गरेको विशेष व्यवस्था कार्यान्वयन गर्न नसक्ने अवस्था आएपछि सरकारले अबको एक महिनाभित्र दलितको हक सुनिश्चित हुने कानुनको मसौदा तयार गरी विधेयकको रूप दिने तयारी गरेको छ । मौलिक हक कार्यान्वयनका लागि समेत कानुन आवश्यकता ध्यानमा राखेर सरकारले दलितको अधिकार सुनिश्चित हुने कानुनको मसौदा तयार गर्न लागेको हो ।
मतपत्र छपाइ अन्तिम चरणमा
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । अहिलेकै गतिमा मतपत्र छपाइ निरन्तर रहेमा आइतबार साँझसम्ममा मतपत्र छपाइ सकिने मतपत्र छापिरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।
वीरता र गौरवका अनेक गाथा
सार्वभौम सत्ताको रक्षा, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारी । आगलागी होस् या बाढी, हुरी चलोस् वा खडेरी, विपत्ति, सङ्कट वा जुनसुकै दुर्घटना सुखदुःखको साथी नेपाली सेना ।