गुल्मीमा करारका कर्मचारी हटाउँनै सकस
गुल्मीमा स्वीकृत दरबन्दीबाहेक राखेका कर्मचारी हटाउँनै स्थानीय तहलाई सकस परेको छ । विभिन्न आस्थामा राखिएका कर्मचारीहरुलाई हटाउनका लागि सकस देखिएको छ ।
‘थर एउटै घर एउटै’ सार्वजनिक
गायक तारा पौडेल श्रेष्ठको ‘थर एउटै घर एउटै’ सार्वजनिक भएको छ । ‘तारा पौडेल’ युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । गीतले जातीयता तथा एउटै घरको भावनालाई सरल र मार्मिक तरिकाले प्रस्तुत गरेको छ ।
सारङ्गीको धुनसँगै दुई दशकको यात्रा
हातमा सारङ्गी, मनमा असङ्ख्य कथाहरु बोकेर ४२ वर्षीय विष्णु गन्धर्व दई दशकभन्दा बढी समयदेखि गाउँ–शहरमा डुल्दै विरहका कथाहरु गीत र धुनमा सुनाउँदै आउनुभएको छ ।
पूर्वाधारमा लगानी गर्न आतुर छौँ
योगदानमा आाधारित सामाजिक सुरक्षा कोषको आयोजनामा आठौँ सामाजिक सुरक्षा दिवस बिहीबार मनाइँदै छ ।
स्टार्टअप कर्जा माग्ने दोब्बर बढे
स्टार्टअप उद्यम कर्जामा उद्यमीको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को स्टार्टअप उद्यम कर्जाका लागि १० हजार २४४ उद्योगीको आवेदन परेको औद्योगिक व्यवसाय प्रतिष्ठानले जनाएको छ ।
सल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित
सल्यानको शारदा नगरपालिकामा एक सातासम्म सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट सात सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् ।
थपिएको ऋणभन्दा भुक्तानी धेरै
चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना (साउनदेखि कात्तिकसम्म) मा थपिएको सार्वजनिक ऋणभन्दा सरकारले तिरेको साँवाब्याजको रकम धेरै हुन पुगेको छ । कात्तिकसम्म सरकारले एक खर्ब ३८ अर्ब ७५ करोड ऋण लिएकोमा एक खर्ब ५० अर्ब ८८ करोड रुपियाँ ऋणबापतको साँवाब्याज भुक्तानी गरेको छ ।
एनपिएलः आज दुई खेल हुँदै
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ ।
भैरहवा सेजमा जग्गाको भाडा घट्यो
सरकारले विशेष आर्थिक क्षेत्र (सेज) भित्रको जग्गा भाडादर प्रतिवर्गमिटर २० रुपियाँबाट घटाएर पाँच रुपियाँ मात्र कायम गरेपछि भैरहवा सेजका उद्योगी उत्साहित भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयपछि सेजभित्रको लगानी वातावरण थप सहज हुने उद्योगीको अपेक्षा छ ।
उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालन
आठ महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । विगतमा पटक पटक बन्द हुँदै र सञ्चालनमा आउँदै गरेको यो उद्योग पछिल्लो समय आठ महिनादेखि पूर्ण रूपले बन्द थियो ।
‘निर्वाचन पहिलो प्राथमिकता’
नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको पहिलो प्राथमिकता भएको स्पष्ट पार्नुभएको छ ।
सट्टेबाजीमाथि सूक्ष्म निगरानी
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विदेशी चर्चित खेलाडीसमेत खेलाएर नेपाली क्रिकेट क्लब प्रतिस्पर्धामा उत्रिँदा क्रिकेटप्रेमी रमाइरहेका छन् तर यो प्रतिस्पर्धालाई अवैध कमाइको अवसर बनाउन खोज्नेको धन्दाले नियामक र नियन्त्रक निकायको टाउको दुखाएको छ ।
मिसिलको आगजनी फैसलाको अभिलेखमा
जेनजी आन्दोलनका क्रममा अदालतका मिसिलमा पुगेको क्षति फैसलामा अभिलेख राख्ने क्रम सुरु भएको छ । भदौ २४ गते भएको आगजनी र तोडफोडका क्रममा नष्ट भएका मिसिलको सक्कल अभिलेख नभेटिएको जानकारीसहित मुद्दाको पूर्णपाठमा लेख्ने व्यवस्था गरिएको हो । नष्ट भएका मिसिलको फैसलाको पूर्णपाठ तयार गर्दा सो बेहोरा जनाउने गरी विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरणसम्बन्धी निर्देशिकाले व्यवस्था गरेको थियो । अदालतले अहिले तयार पारेको फैसलामा त्यस्तो बेहोरा राखिएको छ ।
एमसिसी अन्तर्गत प्रसारण लाइन निर्माण सुरु
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत् प्रसारण लाइन निर्माण सुरु भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा बुधबार निर्माणको शुभारम्भ गर्नुभयो ।
सातौँ सन्तानको न्वारन
कोशीटप्पु वन्यजन्तु आरक्षको पश्चिम भाकलपुर पोस्टमा ११ दिनअघि जन्मिएको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको छ । आरक्षको गस्ती गर्न पालनपोषण गरी पोस्टमा राखिएकी शोभाकलीबाट सातौँ सन्तानका रूपमा जन्मेको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको हो । आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवसहित नेपाली सेनाका अधिकृत तथा कर्मचारीहरूको बाक्लो उपस्थितिमा न्वारन गरिएको हो ।
निर्वाचनमा होमिँदै दल र जेनजी
भदौ २३ र २४ गतेको विद्रोहको जगमा बनेको सरकारले घोषणा गरेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ राजनीतिक दलहरू अग्रसर हुँदै गएका छन् । विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसहित ८० वटा दल निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता र दलहरूभित्र आन्तरिक र अन्तरदलीय ध्रुवीकरण व्यापक भएसँगै निर्वाचनको माहोल देखिन थालेको हो ।
बकैया ५ र ६ जोड्ने पक्की पुल शिलान्यास
पूर्वी मकवानपुरको बकैया गाउँपालिका –५ र ६ जोड्ने कर्मचुली–जुइना सुकौरा खोलामा निर्माण हुने पक्की पुलको बुधबार एक समारोहबिच शिलान्यास गरिएको छ ।
त्रिविका सह–प्राध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सह–प्राध्यापक डिल्लीराम प्रसाईसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
पाण्डेको अध्यक्षतामा एनसीएनसी गठन
ददिन पाण्डेको अध्यक्षतामा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) को मंगलवार नयाँ कार्यसमिति गठन भएको छ ।
विशेष महाधिवेशन पक्षधरको सभा : ‘साथीहरूको आग्रहलाई लल्कार्न पाइँदैन’
नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको सभा आज यहाँ सम्पन्न भएको छ ।
नेपाल इन्डोनेसियासँग पराजित
योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा बुधबार भएको खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोलले पराजित भयो ।
बजारबाट गाउँ फर्किएर सुन्तला खेतीमा योगेन्द्रमान शेरचन
एकदशक भन्दा बढी बेनी बजारमा बसोबास गर्दै आउनुभएका मंगला गाउँपालिका ४ बरंजाका योगेन्द्रमान शेरचन गाउँ फर्किएर व्यवसायिक सुन्तला खेती सुरु गर्नुभएको छ।
दल दर्ताको अवधि मङ्सिर १४ गतेसम्म थपियो : एक सय ६ दल दर्ता
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने अवधि मङ्सिर १४ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।
एनपिएल : किङ्सलाई राइनोजको झट्का
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बुधबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो ।