शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राधा लुइटेल
फिदिम, फागुन ९ गते । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथर जिल्लामा मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरका अनुसार प्रत्यक्षतर्फ एक लाख ५४ हजार थान र समानुपातिकतर्फ एक लाख ६२ हजार थान मतपत्र आइपुगेको हो ।
नेपाली सेनाको सहयोगमा ल्याइएका मतपत्र मिलाउने काम सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिनुभयो । उहाँका अनुसार सबै मतपत्र रुजु गरेर तयारी अवस्थामा राखिने छ ।
यस निर्वाचनमा पाँचथरमा कुल एक लाख ४३ हजार ४०८ मतदाता रहेका छन् । जिल्लामा विभिन्न १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन कार्यालयका अनुसार जिल्लाका १०२ मतदान स्थलमा १७६ मतदान केन्द्र निर्धारण गरिएको छ ।