• २ फागुन २०८२, शनिबार

गाउँपालिकामा प्रथम साहित्यिक महोत्सव

blog

महोत्सवको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष यादव । तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २ गते । पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला संस्कृति र साहित्यको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२ शनिबार जानकी गाउँपालिकामा सुरु भएको छ।

नेपाल र भारतका पर्यटन व्यवसायी र वरिष्ठ साहित्यकारको सहभागिता रहेको सो महोत्सवको उदघाटन जानकी गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादवले गर्नुभयो। जानकी गाउँपालिका र भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजनामा सञ्चालन गरिएको सो महोत्सवमा सांस्कृतिक कार्यक्रम, स्रष्टा सम्मान, मुशायरा, कवि सम्मेलनका साथै पर्यटन प्रवर्द्धनको वर्तमान अवस्था र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरिने भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताउनुभयो। 

उहाँले जानकी पर्यटन प्रवर्द्धन : वर्तमान अवस्था र सम्भावना बिषयमा वरिष्ठ साहित्यकार डा. राजकुमार थारु र ईश्वरीप्रसाद रिजालले प्रस्तुत गर्नुभएको बताउनुभयो । कार्यक्रममा नेपाल र भारतका गरी सय जनाभन्दा बढी साहित्यकारको सहभागिता रहेको छ।