• २ फागुन २०८२, शनिबार

गजल

blog

सुन्दा त लागिरहेछ है यो तिम्रो आफ्नै पो कथा जस्तो

सुनायौ कि बनाएर मलाई कोही अरूकै व्यथा जस्तो


सहज देख्तिनँ म त चलाउन हाम्रो घरगृहस्थी पनि

बानीबेहोरा हेर्दा जो छ तिम्रो एकदमै बच्चा जस्तो


कसरी स्विकारूँ म अब तिम्रो यो प्रेमप्रस्ताव फेरि

विगत कोट्याउँदा दिन्छौ जवाफ केही न’भा जस्तो


छोड्न पनि सक्तिनँ म सधैँका लागि यो साथ तिम्रो

सम्मोहक लागिरहन्छ रूप तिम्रो मलाई नसा जस्तो ।