• २ फागुन २०८२, शनिबार

धनुषामा कार्यसम्पादन मूल्याङ्कनमा जनकपुरधाम पहिलो, धनौजी अन्तिम

blog

जनकपुरधाम उपमहानगरपालिका । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन २ गते ।
मधेश प्रदेशको राजधानीसमेत रहेको धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा जनकपुरधाम उपमहानगरपालिका प्रथम भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत बिहीबार सार्वजनिक गरेको स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनको नतिजाअनुसार जिल्लाको एक मात्र उपमहानगरपालिका जनकपुरधामले ५१ दशमलव ५८ अङ्क प्राप्त गर्दै प्रथम भएको हो ।

यस्तै कार्यसम्पादनमा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकाले ४९ दशमलव २ अङ्क प्राप्त गरी जिल्लामा दोस्रो र स्थान हासिल गरेको छ ।

यसैगरी, जिल्लाको ११ वटा नगरपालिकामध्ये गणेशमान चारनाथ नगरपालिकाले ४७ दशमलव ९० अङ्क प्राप्त गरेको छ । विदेह नगरपालिकाले ४६ दशमलव २७ अङ्क, शहीदनगर नगरपालिका ४२ दशमलव २५ अङ्क, क्षिरेश्वरनाथ नगरपालिकाले ३९ दशमलव ८५ अङ्क, धनुषाधाम नगरपालिकाले ३९ दशमलव २२ अङ्क, कमला नगरपालिकाले ३८ दशमलव ७४ अङ्क, मिथिला बिहारी नगरपालिकाले ३८ दशमलव १५ अङ्क, मिथिला नगरपालिकाले ३७ दशमलव ४५, हंसपुर नगरपालिका ३५ दशमलव ७६, नगराइन नगरपालिकाले ३५ अङ्क प्राप्त गरेको छ भने सबैला नगरपालिका ३४ अङ्क प्राप्त गरेको छ ।

यसैगरी, जिल्लाका ६ गाउँपालिकामध्ये लक्ष्मीनियाँ अग्रस्थानमा रहँदा जनकनन्दिनी गाउँपालिकाले ४५ दशमलव ९३ अङ्क, बटेश्वर गाउँपालिकाले ४७ दशमलव ८८ अङ्क, मुखियापट्टी मुसहरनिया गाउँपालिकाले ४५ अङ्क प्राप्त गरेको छ । औरही गाउँपालिकाले ४० दशमलव ३४ अङ्क प्राप्त गरेको कार्यसम्पादन मूल्याङ्कनकामा देखिएको छ भने आयोगको कार्यसमपादन मूल्याङ्कनमा धनुषाको स्थानीय तहमध्ये सबैभन्दा कमजोर कार्यसम्पादन धनौजी गाउँपालिकाको देखिएको छ भने जिल्लाको धनौजी गाउँपालिकाले ३२ दशमलव ८१ अङ्क प्राप्त गर्दै अन्तिम स्थान पाएको छ ।

आयोगले स्थानीय तहहरूको कार्यसम्पादन तथा मूल्याङ्कनका सूचकका आधारमा अङ्क निर्धारण गरी नतिजा सार्वजनिक गरेको हो ।