विशेष महाधिवेशनको ‘ब्याक गियर’ लाग्दैन : महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया ‘ब्याक गियर’ नलाग्ने स्पष्ट गर्नुभएको छ।
मुख्यसचिव एकनारायण अर्यालको बिदाइ
प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण बुधबारबाट अवकाश पाउन लाग्नुभएका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई बिदाइ गर्नुभएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि ८० दल दर्ता
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मङ्गलबारसम्म ८० वटा राजनीतिक दलले दल दर्ताको निवेदन पेस गरेका छन् । आयोगमा सोमबारसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका थिए ।
गाउँको शोभा बढाउँदै परम्परागत घर
म्याग्दीको मंगला गाउँपालिका –४ स्थित अर्भल्याङमा मौलिक शैलीको परम्परागत घरले गाउँको शोभा बढाएको छ । बरंजा गाउँमा अहिले पनि मौलिक सीप र कलाबाट निर्माण गरिएका परम्परागत घर रहेका छन् । यहाँका स्थानीयहरुले मौलिकता झल्किने परम्परागत घरहरुको जगेर्ना गरेका छन् ।
एनपिएल : काठमान्डुको दोस्रो जित, लुम्बिनी २२ रनले पराजित
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २९ रनले हरायो ।
विवाहपञ्चमी महोत्सव : स्वयंवर सम्पन्न, राति वैवाहिक कार्यक्रम
जनकपुरधाममा सात दिवसिय सिता राम विवाहपञ्चमी महोत्सव उल्लासका साथ मनाइदै छ।
डीआईजीपी रनिङ फुटबल प्रतियोगिता हुने
धरान उपमहानगरमा रहेको नेपाल प्रहरी विद्यालयले सातौं कोशी प्रदेश अन्तरविद्यालय डीआईजीपी रनिङ फुटबल प्रतियोगिता –२०८२ आगामी पुस ९ गतेदेखि गर्ने भएको छ ।
एसिसी यु–१९ प्रिमियर कप : नेपालको विजयी सुरुवात
नेपालले युएईमा जारी एसिसी यु–१९ प्रिमियर कपमा विजयी सुरुवात छ । अजमानस्थित करवान ग्रुप मैदानमा मङ्गलबार भएको खेलमा नेपालले साउदी अरबियालाई आठ विकेटले हरायो ।
गाउँपालिका अध्यक्षद्वारा पोशाक सहयोग
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका –४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा अध्ययनरत २३ जना विद्यार्थीलाई पोशाक बितरण गरिएको छ ।
हराएको मोटरसाइकल सम्बन्धित धनीलाई
ताप्लेजुङमा हराएको मोटरसाइकल फेलापारि सम्बन्धित धनीलाई बुझाइएको छ । कात्तिक २८ गते फुङलिङ नगरपालिका –५ भानु बसपार्कनजिक रहेको खोल्सीबाट हराएको बाइक फेलापारि सम्बन्धित धनीलाई बुझाइएको हो ।
जेनजी रुपन्देही नेपालका युवासँग गृहमन्त्रीको भेट
गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देही जेनज़ी नेपाल समूहका केही युवालाई मङ्गलबार भेटेर उनीहरुले बुझाएका ज्ञापन पत्र बुझ्नु भएको छ।
सर्दीमा भेटिएको बम सेनाद्वारा डिस्पोज
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –३ सर्दीमा बम भेटिएको छ । मंगलबार सर्दी हिरौटेबाट पहेँलटाँडी जाने कच्ची बाटोको छेउमा ग्रिनेट बम भेटिएको नवलपुर प्रहरीले जनाएको छ ।
बाँसबाट एकदेखि दुई तले आवासीय भवन निर्माण गर्न सकिने
सङ्घीय सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले हालै सो मार्गदर्शन स्वीकृत गर्नुभएको हो ।
१९ भारतीयसहित दुई सय ३३ कैदीबन्दी अझै फरार
जेनजी आन्दोलनको क्रममा कैलाली कारागारबाट भागेको १९ भारतीयसहित २३७ कैदीबन्दी अझै पक्राउ पर्न सकेका छैनन् ।
बाल सुधारगृहका ४० बालबन्दी अझै फरार
जेनजी आन्दोलनको क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३८ जनालाई पक्राउ गरिएको छ । ४० जना अझै फरार छन् ।
चाङ्गाको पाटनमा चरन क्षेत्रमा भेडाका बथान
म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पर्यटकीयस्थल चाङ्गाको पाटनमा चरन क्षेत्रमा रहेका भेडाका बथान र पृष्ठभूमिमा देखिएको हिमशृङ्खला ।
११ औं उद्योग दिवसमा उत्कृष्ट उद्यमी सम्मानित
११ औं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, गुल्मीले कृषि र पशुपालनमार्फत आयआर्जन गर्ने जिल्लाका उत्कृष्ट उद्यमीलाई पुरस्कृत तथा सम्मान गरेको छ ।
बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, सिमबजार नजिक भेरी काेरिडोरमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बडिगाडमा पुरुषको शव फेला
बागलुङको बडिगाडमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको बडिगाड गाउँपालिका–५, खौलारास्थित दाँगखोलामा शव फेला परेको हो । शवको पहिचान भने नभएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले जानकारी दिनुभयो।
दाङमा यस वर्ष धानको उत्पादन बढ्यो
दाङमा यस वर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको हो ।
एनपिएल : काठमान्डुद्वारा लुम्बिनीलाई १५८ रनको लक्ष्य
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५७ रन बनायो ।
‘उद्योग जोगाउन तीनै तहका सरकार सक्रिय हुनुपर्ने’
देशमा साना तथा घरेलु उद्योगलाई जोगाउन आवश्यक नीतिगत सहजीकरण नहुँदा उद्योग कमजोर बन्दै गएको भन्दै उद्योगी, व्यवसायी र सरकारी सरोकारवालाले अब तीनै तहका सरकारले समन्वय गरेर उद्यममैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
दाङमा १४ हजारभन्दा बढी मतदाता थपिए
दाङमा १४ हजार बढी मतदाथा थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको कार्यक्रम अवधिमा कार्यालयमा उपस्थित र अनलाइनमार्फत उक्त सङ्ख्यामा नामावली दर्ता भएका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिनुभयो ।
पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा
गुल्मीको पर्यटकीय क्षेत्रका रूपमा चिनिने विचित्र गुफा यतिबेला पर्यटकको पर्खाइमा छ । सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि मुख्य आकर्षक गन्तव्यस्थल मानिन्छ ।