काठमाडौँ, फागुन २ गते । प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । यसको मुख्य उद्देश्य भनेको प्रेमी र प्रेमिकाले आफ्नो प्रेमभाव आपसमा दर्साउनु हो । कसैले कार्डको माध्यमबाट आफ्नो प्रेम व्यक्त गर्छन् भने कसैले फूलको । प्रेम गर्न कुनै दिवस आउनु पर्दैन तर आजकल युवादेखि वृद्धसम्मका लागि ‘भ्यालेन्टाइन डे’ प्रेमको महाउत्सव जस्तो बन्न थालेको छ । फेब्रुुअरी ७ देखि १४ दिनसम्मको अवधिलाई प्रेम सप्ताहका रूपमा मनाइन्छ । फेब्रुुअरी ७ ‘रोज डे’ फेब्रुुअरी ८ ‘प्रपोज डे’, फेब्रुुअरी ९ ‘चकलेट डे’, फेब्रुुअरी १० ‘टेडी डे’, फेब्रुुअरी ११ ‘प्रमिस डे’ फेब्रुुअरी १२ ‘किस डे’, फेब्रुुअरी १३ ‘हग डे’ र फेब्रुुअरी १४ ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस । विशेष गरी युवावर्गले यसलाई उत्सव वा पर्वकै रूपमा मनाउने गरेका छन् । यस दिन प्रेमीप्रेमिकाले एकअर्कालाई विभिन्न उपहार दिएर माया दर्साउने र आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्तावसमेत राख्ने प्रचलन छ ।
रङ्गकर्मी अशेष मल्लका अनुसार “मलाई यो भनेको बनावटी जस्तो लाग्छ । प्रेम दिवस भनेको १४ फेब्रअरीमै मनाउनु पर्छ भन्ने छैन । माया गर्न र गुलाफको फूल दिनका लागि कुनै समय चाहिँदैन ।” उहाँले भन्नुभयो, “विशेष गरी प्रेम जोडी, नवदम्पती र प्रेम सम्बन्धमा भएका प्रेमीप्रेमिकाका लागि यो दिवसको आफ्नै महìव छ । “प्रेम दिवसले युवकयुवतीलाई उत्साह दिएको छ र यसलाई विगतका दिनलाई सम्झँदै मनाउनु पर्छ,” उहाँले थप्नुभयो, “प्रेम दिवस मनाउनु नराम्रो कुरा होइन, प्रेम त्यो एक दिनका लागि मात्र नभएर जुगौँजुग उत्तिकै स्नेही रहनु पर्छ ।”
प्रेम दिवसलाई महìवका साथ नमनाए पनि अहिले विश्वभर नै एकअर्काप्रति रिस, राग, द्वेष, घृणा र घमण्ड फैलिरहेका बेला माया साटासाट गर्न पाउनु र सबैमा माया फैलियोस् भन्न पाउनु एकदमै सकारात्मक कुरा भएको नायिका केकी अधिकारीले बताउनुभयो । उहाँका अनुसार “माया सबैले पाउँदैनन्, यसका लागि पनि बहाना खोज्नु पर्छ । आफूलाई माया गर्ने व्यक्तिलाई विशेष महìवका साथ माया महसुस गराउनु र तिम्रो उपस्थितिले मेरो जीवनमा फरक परेको छ भनेर भन्न सक्ने कुनै पनि मौका गुमाउनु हुँदैन ।”
गायिका अनुष्का पाठक भन्नुहुन्छ, देखावटी प्रेमभन्दा पनि संस्कारी प्रेमसँगै अगाडि बढ्दा राम्रो हुन्छ । प्रेम दिवस मनाइनु नराम्रो कुरा होइन । मेरा लागि हरेक दिन प्रेम दिवस हुन्छ ।” उहाँले थप्नुभयो, एकअर्काको सम्मान गर्नु र खुसी देख्नु नै प्रेम हो । प्रेमको नाममा देखावटी र छलकपट गर्नुहुँदैन । देखसिखीले नै विकृति निम्त्याउँछ ।”
यस्तै गायक युवराज चौलागाईंको भनाइ भने केही भिन्न छ । उहाँका अनुसार प्रेम दिवस हाम्रो संस्कृतिभित्र नपरेर पनि सबै पर्वको उत्तिकै सम्मान गर्नु पर्छ । प्रेम गर्न यही दिन नै कुर्नु पर्छ भन्ने छैन । मन, विचार र भावना शुद्ध भयो भने सधैँ प्रेम दिवस हुन्छ ।” उहाँले भन्नुभयो, “प्रेम पाउनलाई प्रेम दिन पनि सक्नु पर्छ । प्रेमले नै सम्बन्ध मिठो बनाउँछ । म आध्यात्मिक मान्छे हुँ, मेरो प्रेम जसले पाउनु हुन्छ सफा र शुद्ध पाउनुहुन्छ ।”
उपहार दिने चलनमा कमी
एसएमएस, मोबाइलबाट ‘आई लभ यु’ अथवा ‘बधाई छ है’ भन्नुको साटो पसलमा गएर गिफ्ट र कार्ड किनेर दिने झन्झट किन बेहोर्ने भन्नुहुन्छ जोरबाटीस्थित प्ले स्टेसन कार्ड सेन्टरका सञ्चालक होमराज शर्मा । उहाँका अनुसार “एसएमएसबाट प्रेमको सन्देश दिने चलन, गिफ्ट, गुलाफ र कार्डको प्रयोगमा धेरै नै कमी आएको छ ।”
नयाँ बानेश्वर क्लासिक सेलेक्सनका राम अधिकारीका अनुसार “पहिले जस्तो खासै रौनक छैन । कुनै समय भ्यालेन्टाइन आउन एक हप्ताअघिदेखि नै युवकयुवतीको भिडभाड लाग्ने गथ्र्यो तर अहिले त्यस्तो अवस्था छैन ।” ‘भ्यालेन्टाइन डे’ का कार्ड र गिफ्टमा हल्काफुल्का मात्र व्यापार हुन्छ । अहिले इन्टरनेट र इमेल जस्तो प्रविधिको जमाना आएको हुँदा कार्ड र गिफ्ट दिने कुराको खासै महìव नभएको अधिकारीले बताउनुभयो । भेरोनिका, हलमार्क, आरचिस, एक्सप्रेसन, जुब्ली जस्ता ब्रान्डका कार्डले काठमाडाँैको बजार तताएको छ ।
भ्यालेन्टाइनको इतिहास केलाउँदा यसको सुरुवात क्याथोलिक सभ्यताबाट नै भएको हो भन्ने बुझिन्छ । सेन्ट भ्यालेन्टाइन भन्ने व्यक्तिको सम्झनास्वरूप यसलाई एउटा चाडका रूपमा मनाउन थालिएको हो । फेब्रुअरी १४ मा हरेक वर्ष मनाउँदै आएको यो मायाको पर्वले धेरैको सम्बन्ध गाँस्ने काम गर्छ । यो चाड विशेष गरेर युवकयुवतीका लागि मात्र नभएर यसलाई मनाउन भने धेरैले पर्खेर बसेका हुन्छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रूपले मनाउने गरिएको छ ।