• २ फागुन २०८२, शनिबार

अनुभवी नेतृत्वले मात्र मुलुकलाई निकास दिन सक्छ : उपसभापति शर्मा

blog

नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्मा कार्यकर्ता भेटघाट पश्चात सम्बोधन गर्नुहुँदै । तस्विबर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), फागुन २ गते ।
नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले मुलुकलाई अनुभवी र सक्षम नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । जेनजी आन्दोलन पश्चात मुलुक हुन लागेको निर्वाचनमा हारजितभन्दा पनि देशलाई विसम परिस्थितिबाट निकाल्न सक्ने नेतृत्वको खाँचो रहेको बताउनुभएको हो ।

तानसेनबाट तनहुँ जाने क्रममा शुक्रबार साँझ रामपुरमा कायकर्ता भेटघाट गर्दै उहाँले भन्नुभयो, “निर्वाचनमा कस्ले जित्ने भन्ने कुरा दोस्रो कुरा हो । मुख्य कुरा यो निर्वाचन पछि विसम परिस्थितिमा रहेको देशलाई कसरी गाँस्ने भन्ने हो ।” ८४ मा हुने निर्वाचन  ८२ मा हुन गइरहेको बताउँदै शर्माले नेपाली नागरिकका गुनासालाई कसरी सम्बोधन गर्न सक्छौं भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको रुपमा अघि सारेको बताउनुभयो । देशको वर्तमान सङ्कट र नागरिकका गुनासो समाधानका लागि कांग्रेसको अनुभव र जिम्मेवारीको खाँचो रहेको बताउनुभयो । देशको नेतृत्व गर्न चाहाने पार्टी र उम्मेद्वारहरु प्रतिलक्ष्यित गर्दै एक प्रसंगमा उहाँले भन्नुभयो, “फेवा ताल घुम्न जाँदै गर्दा जान्ने नाविक जो हुन्छ । उसले नौका कुदाउँदै जाँदा खोइत दाई एक पटक म पनि चलाउँछु भन्दै गर्दा एक पटक कुदाउनु हुन्छ । सिक्दा सिक्दै एक छिनमा नौका खियाउन आउँछ । खियाउँदा खियाउँदै अलि ठुलो आँधी आयो, हुरी आयो भने के हुन्छ ?” प्रश्न गर्दै उहाँले भन्नुभयो, “अहिले देशमा धेरै जना म नौका खियाउन जान्छु भन्नेहरु थुप्रै हुनुहुन्छ । थुप्रै दल, पार्टी र उम्मेदवारहरु हुनुहुन्छ । तर भदौ २३ र २४ पछि जे आँधीहुरी आको छ । यो आँधीहुरी भविष्यमा फेरी आउन नदिनलाई नौका तर्नका लागि अनुभवी चालक नाविक चाहिन्छ । त्यो नेपाली कांग्रेस मात्र हो ।”

वर्तमान परिवेशमा सबैसँग समन्वय गरेर जानु आवश्यक रहेको बताउनुभयो । जेनजी पुस्तासँगै अल्फाहरुको भविष्यका लागि पनि ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । नयाँ र पुराना दलको भाष्य सृजना भइरहेको सन्दर्भमा उहाँले जेनजीको आन्दोलन पछि नयाँ दृष्टिकोण र नयाँ नेतृत्वका साथ आएको कांग्रेस नै वर्तमानको नयाँ दल रहेको बताउनुभयो । “प्रश्न नयाँ र पुरानाको होइन । प्रश्न अनुभवको सँग छ ? कस्ले जिम्मेवार पूर्वक देशलाई हाँक्न सक्छ ? पुरानो भन्ने वित्तिकै खराब भन्ने हुँदैन । नयाँ भन्ने वित्तिकै सबै सुन्दर र राम्रो हुन्छ भन्ने हुँदैन । तर नयाँ नै भनेर खोज्ने हो भभने पनि पनि जेनजीको आन्दोलन पछि नयाँ दृष्टिकोण, एक महिना अगाडी ८० वर्ष माथिको नेतृत्वमा रहेको कांग्रेस आज ५० वर्ष मुनीको युवकको नेतृत्वमा नयाँ भएर आएको छ ।” उहाँले भन्नुभयो ।  

अन्य दलले बितेको समयको कमजोरीको जिम्मा नलिए पनि कांग्रेस विगतमा देश जे कमजोरी भयो सबै कुराको दोष हामी लिन तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कमजोरीको दोष लिँदै गर्दा भएका कुरा पनि हेर्नुहोस् । राम्रो कुराको जस पनि लिन्छौं ।” अन्य नयाँ व्यक्तिलाई संसदमा अवसर दिनका यस पटक पूर्व उद्घोष अनुसार नै टिकट नलिएको स्पष्ट पार्नुभयो । पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दिप रानालाई विजयी गराई संसदमा जनताको आवाज पु¥याउन कार्यकर्ताहरुलाई आ–आफ्नो वडामा खटेर काम गर्न आग्रह गर्नुभयो । चर्चा हल्लाले मात्र परिणम प्राप्त नहुने भन्दै सल्लाह र समन्वयले मात्र नतिजा प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।