यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
एकै सिजनमै ३० लाखको काँक्रा बिक्री
टोपलाल अर्यालरेसुङ्गा, वैशाख २८ गते । स्वदेशमा केही नदेखेर काम खोज्न दैनिक सयौँ युवा विदेश पसिरहेका छन् । गाउँका उर्वर खेतबारी झाडी बनाउँदै युरोप र खाडीकाका सपना देख्ने प्रवृत्ति बढ्दै गएका बेला छत्रकोट गाउँपालिका–५ खज्र्याङ्गका ४० वर्षीय विष्णु भण्डारीलाई कहिल्यै परदेश मोह जागेन । बिहान सबेरै उठेदेखि रात नपरेसम्म कृषि कर्ममै दिन बित्छ । तरकारीको गोडमेल र मलजल तथा टिप्ने, प्याकिङ गरेर गन्तव्यमा पुर्याउने भण्डारीको दैनिकी हो । भण्डारी दम्पती, बाबुआमा र भाइ पनि सधैँ काममै व्यस्त हुनुहुन्छ । उहाँका तीन भाईनै गाउँमा कृषि गर्नुहुन्छ । सुरुमा कुखुरा पालनसँगै मासु व्यवसाय गर्नुभएका भण्डारी अहिले काँक्रा उत्पादकको रूपमा परिचित हुनुहुन्छ । उहाँले कृषिमा १० वर्ष बिताउनुभयो । कृषि पढ्नु भएन, परेरै सबै काम आफै गर्नुभएको छ । आफ्नै सिँचाइ र जग्गा भएकाले काममा सहज छ । बेमौसमी काँक्रा उत्पादन भएकाले मूल्य पनि राम्रो छ । उहाँले गत वर्ष १० लाख रुपियाँका काँक्रा बिक्री गर्नुभएको थियो । अहिले गत वर्षभन्दा तीन गुणा बढी काँक्रा रोपेकाले कम्तीमा ३० लाख रुपियाँ कमाई हुने दाबी भण्डारीको छ । गत वर्ष दुई हजार रोप्नु भएका भण्डारीकोमा अहिले दश हजार काँक्राका बोटहरू रहेका छन् । धेरैले टनेलमा काँक्रा उत्पादन गरे पनि भण्डारीले खुल्ला जमिनमै काँक्राको राम्रो उत्पादन गर्नुभएको छ । “बोट नै दश हजार छन् । राम्रो उत्पादन र मूल्य भएकाले ३० लाख ढुक्कले कमाउँछु,”उहाँले भन्नुभयो,“कृषिमै रमाउन थालेका दशक भए ।” काँक्रा प्रति किलो सय रुपियाँमा फर्मबाटै बिक्री भइरहेको छ । पाँच÷छ जातमा काँक्राको उत्पादन फर्ममा भइरहेको छ । काँक्रा बाहेक भण्डारीकोमा लौका, घिरौँला, खर्बुजा, फर्सी लगायतका तरकारी पनि छन् । फल्न थालेकाले तीन लाखको लौका पनि बिक्री हुने भण्डारीले बताउनुभयो । पूर्णिमा कृषि फर्म मार्फत करिब ५० लाख रुपियाँ कृषि र कुखुरा पालनमा लगानी भण्डारीले गर्नुभएको छ । त्यो मात्रै नभएर दुई वटा पोखरीमा माछा छन् । तीन÷चार क्विन्टल माछा निकाल्ने अवस्थामा रहेको भण्डारीले बताउनुभयो । उहाँले सुरुमा कुखुरा पालनसहित मासुको व्यवसाय गर्नुभएको थियो । अहिले कुखुरा घटाएर तरकारी बढाउँदै लैजानु भएको भण्डारीकोमा अझै एक हजार बोइलर कुखुरा छन् । धेरै किसान उत्पादनले बजार र मूल्य नपाएर विस्थापित भएका छन् । तर, भण्डारीको काँक्राले राम्रो बजार र मूल्य पाएको छ । “उत्पादन बेमौसममा गरे बजार र मूल्य पर्छ । मेरो उत्पादन धेरै फर्मबाटै बिक्ने गर्छ,”उहाँले भन्नुभयो,“सिजनकै बेला सबैले एउटै गरेर डुबेँ भन्ने गरेका छन् ।” कृषि कर्मबाट भण्डारी र परिवार मात्रै सन्तुष्ट छैन । उहाँको फर्ममा दैनिक चार जनालाई रोजगारी मिलेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
सीमा क्षेत्रमा उच्च सतर्कता
विश्व मानव समाजमा कतिपय घटना मानिसले नचाहेर पनि विकसित हुन्छन् ।
संस्था सबलीकरणको अपरिहार्यता
नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) को केन्द्रीय कार्यालय पुस महिनाको आधाआधी हुनुअघिदेखि नै बन्द छ ।
बालगृहको संरक्षणमा राखिने बालबालिका
वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकाको संरक्षणका लागि स्थापना गरिएका गृह नै बालगृह हुन् ।
डिजिटल विश्वको सुरक्षा चिन्ता
मानव सभ्यताको क्रमसँगै ढुङ्गे युगलाई धातुका औजारले, औजारलाई मेसिनले र मेसिनलाई सूचना प्रविधिले विस्थापित ग¥यो
चेतना, अधिकार र महिला
चेतना अधिकारको द्योतक हो । अधिकार निष्प्रभावी बन्नु भनेको चेतनाको स्तरमा बढोत्तरी नहुनु भनेर बुझ्दा थप प्रभावकारी हुन्छ । अधिकार युगसापेक्ष बन्नु स्वाभाविक हो ।
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, वैशाख २८ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा तोकेको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
मजदुरको पारिवारिक सुरक्षा
नेपालबाट अहिले दैनिक दुई हजारभन्दा बढी श्रम गर्ने जनशक्ति शिक्षा तथा रोजगारीको नाममा विदेश पलायन भइरहेका छन् ।
नयाँघरेलाई पुरस्कार
जीवन स्मृति प्रतिष्ठान झापाले जीवन स्मृति पुरस्कारका लागि प्रतिभा छनोट गरेको छ । प्रतिभा छनोट समितिको सिफारिसमा कार्यसमितिले जीवन स्मृति पुरस्कार २०७८ का लागि स्रष्टा लीला उदासी २०७९ पुरस्कार मदन पुरस्कार विजेता नियात्राकार युवराज नयाँघरेलाई प्रदान गर्ने भएको छ ।
रुरुक्षेत्रमा ‘शालिग्राम महोत्सव’
प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव सुरु भएको छ । रुरुक्षेत्रधाममा आयोजित प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव २०८२ को एक समारोहका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो ।
नौमती र पन्चैबाजा सिक्दै महिला
भनिन्छ पढ्न र सिक्नलाई उमेरले छेक्दैन । जाँगर र जोस भए आँटेको जस्तो पनि काम गर्न सकिन्छ । बाँके खजुरा–२, सैनिकका मगर समुदायका ३० वर्षदेखि ६० वर्षसम्मका महिला यतिबेला गाउँमा नौमती र पन्चैबाजा सिकेर यसको संरक्षणसहित व्यावसायिकतातर्फ उन्मुख हुन थालेका छन् । लायन्स क्लबको आर्थिक सहयोगमा उनीहरूले पन्चैबाजा सिकेर व्यावसायिक रूप दिन थालेका हुन् ।
क्रूरतापूर्वक श्रीमतीको हत्या
लीलाराज खड्का बिर्तामोड, वैशाख २८ गते । झापाको कनकाई नगरपालिका २ सुकेडागीमा श्रीमानले श्रीमतीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । शनिवार राती ११ः२० बजेको समयमा कनकाई नगरपालिका वडा नं. २ सुकेडागी बस्ने वर्ष ३५ को कविराज हेमरनले श्रीमती वर्ष ३४ की पूजा हेमरनको खुकुरीले घाटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।खुकुरी र श्रीमान् कविराज हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको इलाका प्रहरी कार्यालय खुरुङ्गाले जनाएको छ ।
मौरीसहितका घार वितरण
यहाँका मौरीपालन किसानलाई मौरीसहितका घार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटले मौरीको मह उत्पादन क्षेत्रका किसानलाई मौरीसहितका दुई सय घार वितरण गरिएको हो ।
‘निर्माणमैत्री कानुन बनेनन्’
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माणमैत्री ऐन कानुन नबन्दा निर्माण व्यवसायी बर्सौंदेखि समस्यामा पर्दै आएको बताउनुभएको छ ।
आजको मौसमः पहाडी भू भागमा आंशिक बदली हुने
काठमाडौँ, वैशाख २८ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गणडकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बज्रमादी जलविद्युतकाे वित्तीय व्यवस्थापन सम्पन्न
बज्र इनर्जी भेन्चर्स प्रालिले प्रवर्धन गरेको २४.८ मेगावाटको बज्र मादी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । शुक्रबार एनएमबी बैङ्क लिमिटेडको नेतृत्वमा कृषि विकास बैङ्क लिमिटेडसहित तीन अर्ब ७४ करोड पाँच लाख रुपियाँ बराबरको ऋण लगानी सुनिश्चित गरिएको छ ।
हराउँदै रैथाने मकै
बजारमा सहजै पाइने उन्नत बिउ र घरमा बिउ राख्दा हुने झन्झटले रैथाने मकैको बिउ हराउँदै गएको छ । किसानले पुराना बालीको बिउ जोगाउने चलन हराउँदै जाँदा उन्नत (हाइब्रिड) को प्रयोग बढ्दै गएको हो ।
भैरहवा सेजबाट सतहत्तर करोडको निर्यात
भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) बाट चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामै झन्डै ७७ करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । सेजमा स्थापना भएका उद्योगले उत्पादन बढाएसँगै निर्यातमा पनि उल्लेख्य प्रगति भएको हो ।
‘बजेटका समस्या सुल्झाउन यस पटक हस्तक्षेपकारी नीति’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन योजना तथा कार्यक्रममा व्यापक हेरफेर गरिने बनाउनुभएको छ ।
कृषिमा दश प्रतिशत बजेट माग
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कृषि तथा पशुपक्षी विकास विभागले कुल बजेटको कम्तीमा १० प्रतिशत कृषि क्षेत्रमा विनियोजन गर्नुपर्ने माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
सरकारी जग्गाबारे निवेदनको चाङ
स्थानीय तहलाई सरकारी जग्गा उपयोगको हक हस्तान्तरणका लागि कानुनी जटिलता फुकाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदनको चाङ लागेको छ ।