सरकारी जग्गाबारे निवेदनको चाङ
स्थानीय तहलाई सरकारी जग्गा उपयोगको हक हस्तान्तरणका लागि कानुनी जटिलता फुकाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदनको चाङ लागेको छ ।
सीमामा उच्च सतर्कता
भारत र पाकिस्तानबिच बढेको द्वन्द्वको असर पूर्वी नेपालको सीमानाकामा समेत देखिन थालेको छ । विशेष गरी कोशी प्रदेशका नेपाल–भारत सीमा जोडिएका इलाम, झापा, मोरङ र सुनसरी जिल्लाको ठुला तथा साना नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
दूतावाससँग छैन नेपालीको तथ्याङ्क
जम्मु काश्मीर, पन्जाब, राजस्थान, गुजरात र हिमाञ्चल प्रदेशमा कार्यरत नेपालीको वास्तविक सङ्ख्या सरकारी निकायसँगै छैन । भारतका यी पाँच राज्यमा हजारौँ नेपाली कार्यरत रहे पनि उनीहरूको अवस्थाबारे दिल्लीस्थित नेपाली राजदूतावास नै अनभिज्ञ रहेको छ ।
हडतालको क्षति बिदामा पूर्ति गर्न निर्देशन
शैक्षिक हडतालका क्रममा पठनपाठनमा परेको क्षति हिउँदे वा बर्खे बिदामा पूर्ति गर्न नेपाल शिक्षक महासङ्घले शिक्षक तथा कर्मचारीलाई अनुरोध गरेको छ । महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षक/विद्यालयलाई यस्तो अनुरोध गरेको हो ।
भारत र पाकिस्तानबिच युद्धविराम
भारत–पाकिस्तानबिच ठुलो लडाइँको सम्भावना टरेको छ । अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तानले युद्धविराममा सहमति गरेपछि दुई देशबिच पूर्ण युद्धको खतरा तत्कालका लागि अन्त्य भएको हो ।
मेलम्ची पानी चक्रपथबाहिर पनि
काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको पानी उपलब्ध गराउने घोषणासँगै काठमाडौँ उपत्यकाको चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको छ ।
४२ जनाको स्वास्थ्य परीक्षण गर्दा नौ जनामा क्यान्सर
आफ्ना वडाका नागरिकहरुलाई वडा तहमै सेवा दिने उद्देश्यले इलाम नगरपालिकाले सुुरु गरेको एकीकृत घुम्ति शिविरबाट नौं महिलामा पाठेघर मुखको क्यान्सर पोजेटिभ रहेको पाइएको छ ।
राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्षमा बुढाथोकी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिको तेस्रो केन्द्रीय अधिवेशनले सार्वजनिक सेवा प्रसारण नेपालमा कार्यरत तिलकजंग बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
‘स्पार्क एडेभेञ्चर’: राजेश हमालदेखि विजय लामासम्म सहभागी
ओखलढुङ्गा र सोलुखुम्बुको पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्न ‘स्पार्क एडेभेञ्चर’ सञ्चालन गरिएको छ । पर्यटन प्रबर्धन गर्न उद्देश्यले ‘स्पार्क कार’को आयोजनामा ‘तेस्रो स्पार्क एड्भेञ्चर’ गरिएको हो ।
गीत बजाएको आरोपमा १४ जना पक्राउ
अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित वाद्यवादन र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ।
मोटर साइकल दुर्घटनामा दाजुभाइको मृत्यु
नवलपुरको कावासोतीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कावासोती–१ लोकाह खोला नजिकै भएको दुर्घटनाम कावसोती–११ शान्ति टोलका २२ वर्षीय ईश्वर दर्लामी र १९ वर्षीय सागर दर्लामीको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो। मृतक दाजुभाइ हुन्।
भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत
भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन्।दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा सबै सैन्य कारबाही रोक्न सहमत भएको पुष्टि गरेका छन् ।
शान्तिको कामना गर्दै तीन दिन बुद्ध जयन्ती मनाइँदै
शान्तिका नायकका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आइतबारदेखि रुपन्देही जिल्लाको लुम्बिनीमा मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइने गरेकोमा यस वर्ष तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने तयारी छ ।
न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित
गोरखापत्र संस्थान कर्मचारी संघ–२०५२ को शनिबार भएको आठौं अधिवेशनले धर्मराज न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मतरुपमा निर्वाचित गरेको छ ।
निर्माण मैत्री ऐन कानुन नबन्दा व्यवसायी समस्यामाः सिंह
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माणमैत्री ऐन कानुन नबन्दा निर्माण व्यवसायी वर्षौदेखि समस्यामा पर्दै आएको बताउनुभएको छ।
बाँस खेतीबाट मनग्य आम्दानी गर्दै कृषक
दाङका किसानहरु वाँसखेतीबाट मनग्य आम्दानी लिन सफल भएका छन् । पछिल्लो समय बाँसको अभाव भइरहेका बेला सौरीकुलाका किसानहरु बाँस खेतीबाट आम्दानी लिनुभएको हो ।
वन क्षेत्रबाट रातको समयमा अवैध उत्खनन, तीन जना पक्राउ
धनुषाको मिथिला नगरपालिका-५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट रातिको समयमा अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय धनुषाले तीनवटा ट्याक्टरसहित तीन जनालाई पक्राउ गरेको छ।
तिलिचो ताल जाने पर्यटकलाई आश्रयस्थल
मुस्ताङबाट सबैभन्दा छिटो पुगिने संसारकै अग्लो स्थानमा रहेको आकर्षक पर्यटकीय गन्तव्य तिलिचो ताल जाने पर्यटकलाई लक्षित गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमले आश्रयस्थल निर्माण गरेको छ ।
हामी कसैको बैसाखी बन्दैनौं : प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी अब कुनै दलको बैसाखी नबन्ने निष्कर्षमा पुगेको उद्घोष गर्नुभएको छ।
वन्यजन्तुका लागि कृत्रिम पोखरी निर्माण
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुइस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहको जङ्गल क्षेत्रमा वन्यजन्तुका निम्ति पानी पिउने व्यवस्थाका लागि कृत्रिम पोखरी निर्माण गरिएको छ ।
युथ टेबलटेनिसमा पदक विजेता सम्मानित
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले शनिबार दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्ने आफ्ना पाँच खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
विश्वकप लिग–२ : नेपाली टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको लागि नेपाली टोलीको घोषणा गरेको छ ।
सुडानमा हवाई आक्रमण : एउटै परिवारका १४ जनाको मृत्यु
सुडानको डार्फर क्षेत्रमा रहेको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् ।
रूपेशलाई कोप चेस उपाधि
दोस्रो कोप ओपन र्यापिड रेटिङ चेस प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जित्नुभएको छ ।