• २७ वैशाख २०८२, शनिबार

न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित

blog

गोरखापत्र संस्थान कर्मचारी संघ–२०५२ को शनिबार भएको आठौं अविवेशनबाट धर्मराज न्यौपानेको अध्यक्षतामा निर्वाचित कार्य समिति । तस्बिर : राधा चालिसे

काठमाडौं, वैशाख २७ गते । गोरखापत्र संस्थान कर्मचारी संघ–२०५२ को शनिबार भएको आठौं अधिवेशनले धर्मराज न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मतरुपमा निर्वाचित गरेको छ । 

समितिको वरिष्ठ उपाध्यक्षमा राधा चालिसे, उपाध्यक्ष गीता विश्वास, उपाध्यक्ष (महिला) मा ज्योति खड्का निर्वाचित हुनुभएको छ । 

संघको महासचिवमा राजकुमार गुरुङ, सचिव सरिता राई, कोषाध्यक्ष लालबहादुर कुमाल तथा सदस्यहरूमा इश्वरचन्द्र झा, भगवती कार्की, राजेन्द्रप्रसाद उपाध्याय, ईश्वरी कार्की, प्रतीक पन्त, अनिल तामाङ, बलराम यादव र राजेन्द्र चौधरी निर्वाचित हुनु भएको छ । 

प्रमुख निर्वाचित अधिकृत विक्रमबाबु राईले सो जानकारी दिनु भएको हो । संघका निवर्तमान अध्यक्ष सचु सेनको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रपछि  भएको निर्वाचनमा सर्वसम्मतरुपमा कार्य समिति निर्वाचित भएको घोषणा गरिएको थियो ।   

यो पनि पढ्नुहोस

सरकारी सबै सूचनामा गोरखापत्रको पहुँच होस्