• २७ वैशाख २०८२, शनिबार

युथ टेबलटेनिसमा पदक विजेता सम्मानित

blog

सम्माननित भएपछि पदक विजेता खेलाडी ।

काठमाडौँ, वैशाख २७ गते । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले शनिबार दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्ने आफ्ना पाँच खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

अखिल नेपाल टेबलटेनिस सङ्घका अध्यक्ष विजेन्द्र हमाल, उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र सुमन खड्गी, महासचिव कुबेरप्रकास सिंह तथा राष्ट्रिय टेबलटेनिस टिमका प्रमुख प्रशिक्षक मोहनदास बासुकलाले स्ट्याग एकेडेमीका पदक विजेता खेलाडीहरूलाई सम्मानित गर्नुभयो । 

सबै खेलाडीलाई जनही दस हजार रुपियाँ, मायाको चिनो र प्रमाणपत्रसहत सम्मान गएिको हो । स्ट्याग च्याम्पियन्स नौ पटक लगातार राष्ट्रिय टेबलटेनिस च्याम्पियन बनेकी नविता श्रेष्ठ र प्रशिक्षक राकेश महर्जनले खोलेको टेबलटेनिस एकेडेमी हो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा गत वैशाख ११ देखि १४ गतेसम्म भएको प्रतियोगतामा नेपालले एक स्वर्ण, ६ रजत र ५ कांस्यसहित १२ पदक जितेको थियो । 

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले यु–१९ खेलाडीद्वय गनञ्जय दाहाल र प्रवेश बस्नेत तथा यु–१५ उमेर समूहमा पदक जित्ने शुभश्री श्रेष्ठ, प्राज्ना महर्जन र सुरम्या श्रेष्ठलाई सम्मान गरेको हो ।

दक्षिण एसियाली युथ टेबलटेनिसमा गनन्जयले यु–१९ ब्वाइज टिममा स्वर्ण, यु–१९ ब्वाइज डबल्स्मा रजत तथा यु–१९ ब्वाइज एक र यु–१९ मिक्स डबल्समा कांश्य पदक जितेका थिए । यसैगरी प्रवेशले यु–१९ ब्वाइज टिममा स्वर्ण र यु–१९ ब्वाइज डबल्समा रजत पदक हासिल गर्नुभयो । 

शुभश्रीले यु–१५ गल्र्स डबल्स्मा रजत र यु–१५ गल्र्स एकल र यु–१५ गल्र्स टिममा कांश्य पदक नेपाललाई दिलाउनुभयो । प्राज्नाले यु–१५ गल्र्स डबल्स्मा रजत र यु–१५ गल्र्स टिममा कांश्य तथा सुरम्याले यु–१५ गल्स टिममा काश्य पदक जित्नुभएको हो ।

गनन्जय र प्रवेश यु–१९ को ब्वाइज टिम इभेन्टमा पहिलो भएर उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसका लागि छनोट पनि हुनुभएको छ ।