जापानमा चामलको मूल्य बढ्यो
काठमाडौँ, वैशाख २८ गते । कृषि मन्त्रालयकाअनुसार अप्रिल २७ सम्मको हप्तामा जापानको प्रति ५ किलो चामलको मूल्य चार हजार २ सय ३३ येन (लगभग ३० अमेरिकी डलर) को रेकर्डमा पुगेको छ । जुन लगातार १७ औं हप्ताको लागि उच्चतम स्तरमा पुगेको हो । एक वर्ष अघिको भन्दा दोब्बर भन्दा बढी रहेको छ । अप्रिल २१ र २७ को बिचमा देशभरका लगभग १ हजार सुपरमार्केटहरूमा बेचिएको ५ किलो चामलको औसत मूल्य अघिल्लो हप्ताको तुलनामा १३ येनले बढेको छ । जुन मार्च २०२२ मा तथ्याङ्क सङ्कलन सुरु भए देखिको उच्चतम स्तर हो । आपूर्ति स्थिर गर्न जापान सरकारले मार्चमा दुई चरणको लिलामी पछि क्रमशः दुई लाख १२ हजार १ सय ३२ टन भण्डारण गरिएको चामल जारी गर्दै आएको छ । मार्चमा सरकारले भण्डारण गरेको हजारौँ टन चामल लिलामी मार्फत जारी गरिएको भए पनि सुपर मार्केटको शेल्फमा थोरै मात्र चामल पुगेको छ । जसले गर्दा प्रमुख चामलको खुद्रा मूल्य निरन्तर उच्च रहेको स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेको छ । सिन्ह्वाको सहयोगमा
न्यायको पर्खाइमा द्वन्द्वपीडित महिला
नेपालमा २०६३ सालमा विस्तृत शान्ति सम्झौता भएपछि शान्ति प्रक्रियाले नयाँ चरणमा प्रवेश गरेको थियो । सम्झौताको १८ वर्ष बितिसक्दा पनि द्वन्द्वकालमा महिलामाथि भएका हिंसा, बलात्कार, जबरजस्ती विवाह, बेपत्ता पारिएका परिवारका पीडित तथा अन्य पीडित महिलाका मुद्दा अझै पूर्ण रूपमा सम्बोधन हुन सकेको छैन । सङ्क्रमणकालीन न्यायको प्रक्रियामा महिलाका पीडा प्राथमिकतामा नपरेको गुनासो गर्ने गरेको छ ।
अस्पताल भवन चार वर्षदेखि अलपत्र
राजन रावतहुम्ला, वैशाख २८ गते । २०७५ सालमा देशभर एकसाथ शिलान्यास गरिएका मध्यको एक सर्केगार्ड गाउँपालिका केन्द्रमा निर्माण गर्न लागिएको अस्पताल भवनको निर्माण कार्य चार वर्षमा पनि पूरा हुन सकेको छैन । अस्पताल भवन निर्माणको जिम्मा पाएका निर्माण कम्पनीको लापरबाहीको कारण भवन निर्माणमा ढिलाइ भएको हो । सम्झौता भएको दुई वर्षपछि मात्र अस्पताल भवनको निर्माण कार्य सुरु भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णकेशर आचार्यले बताउनुभयो । उहाँले २०७८ साल जेठ महिनामा केएस कन्स्ट्रक्सनसँग गाउँपालिकाले उक्त अस्पताल भवनको सम्झौता भएको बताउनुभयो । उक्त भवनको निर्माण कार्य सम्पन्न गर्ने अवधि २०८३ साल साउन महिनासम्म रहेको छ । भवन निर्माणका लागि यति लामो अवधि राख्नु नै निर्माण कम्पनीले लापरबाही गर्ने बाटो रहेको उहाँले बताउनुभयो । त्यति बेला असी लाख रुपियाँ पेस्की लिने काम मात्र भए पनि काम सुरु भएको उहाँले बताउनुभयो । काम सुरु नगरेपछि निर्माण कम्पनीलाई कार्यालयमा बोलाएर ठेक्का रद्द गर्नेसम्मको कुरा उठाएपछि निर्माण कम्पनीले तत्काल काम सुरु गर्ने र समय मै सम्पन्न गर्ने कागज गरेपछि काम निर्माण कार्य अगाडि बढेको हो । कार्यालयको ताकेता पछि २०८० सालमा निर्माण कम्पनीले काम बल्ल सुरु गरेको थियो । बाह्र कोठे दुई तले भवन तल्लो तलाको संरचना अहिले पनि अधुरो अवस्थामा रहेको छ । पहिले लगेको पेस्की रकम फर्छ्यौट गरेर हाल निर्माण गरिएको कामको पनि बिल उठाएर सङ्घीय सरकारसँग दुई करोड एक लाख माग गरेर त्यो रकम पनि गाउँपालिकामा आई पुगेकोले अब निर्माण कम्पनीलाई भुक्तानी दिने तयारीमा गाउँपालिका रहेको छ । यो संरचना निर्माण कम्पनीले गत वर्ष असारमा निर्माण गरेको हो । उक्त रकम भुक्तानी दिएपछि भवनको बाँकी काम सुरु हुने र निर्माण कम्पनीले गरेको कामका आधारमा बाँकी भुक्तानीका लागि बजेट माग गरिने छ । भवनको हालसम्म पैँतीस प्रतिशत भौतिक प्रगति देखिएको छ ।
सडकमा मकैको बिस्कुन
कृषिमा अर्ध यान्त्रिकीकरण हुँदा दक्षिणी मोरङका मकै उत्पादक किसान यतिबेला चिन्तामा छन् ।
आठ वर्षपछि बन्यो पुल
उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणले आठ वर्षपछि गति लिएको छ । प्राविधिक समस्याका कारण लामो समयसम्म निर्माण अलपत्र हुँदै आएको दुई जिल्ला जोड्ने मोटरेबल पक्की पुलको कामले अहिले गति लिएको हो ।
ट्याक्टरमा ठोकिदा रिमालको मृत्यु
चाँदनी आचार्यघोडाघोडी(कैलाली) वैशाख २८ गते । कैलालीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लम्की बहुमुखी क्याम्पस नजिक गए राती मोटर साइकल दुर्घटना भएको थियो । बल्चौरबाट लम्की फर्किँदै गरेका सोही ठेगाना भएका लक्ष्मीप्रसाद रिमालको निधन भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । से ७ प ३२२३ नम्बरको मोटरसाइकल सवार रहेका रिमाल रोकिराखेको से १ त ९६२३ नम्बरको ट्याक्टरमा ठोक्किए गम्भीर घाइते भएपछि स्थानीय अस्पताल लगिएको थियो ।गयरातीनै रिमालको लालरत्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रिमाल कैलाशधाम तीर्थस्थल लम्कीका संस्थापक अध्यक्ष रहेको जनाइएको छ ।
कर्णाली छोरी सम्मेलन सुरु
छोरीलाई आफ्नो अधिकारमा सचेत, सबल, सक्षम तथा आत्मनिर्भर बनाउन शनिबारदेखि सुर्खेतमा कर्णाली छोरी सम्मेलन सुरु भएको छ । सामाजिक विकास मन्त्रालय र श्री ज्योति फाउन्डेसनको आयोजनामा सोमबारसम्म सञ्चालन हुने छोरी सम्मेलनले कर्णालीका छोरीको चेतना जागृत गर्ने र स्वप्निल बन्न सिकाउने सामाजिक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।
साठी वर्ष माथिकालाई सार्वजनिक काममा रोक
उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँमा ६० वर्ष उमेर काटेका स्थानीयलाई सार्वजनिक काममा संलग्न हुनबाट रोक लगाएको छ ।
विद्यालयमा ‘ई लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर
भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘ई लर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक उपकरण जडान गरिएको छ ।
रोकियो टर्मिनल भवनको निर्माण
भरतपुर विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनको निर्माण रोकिएको छ । भवनको छानोको डिजाइन परिवर्तन गरिएपछि चार महिनादेखि निर्माण कार्य रोकिएको हो । आधुनिक सुविधासम्पन्न हुने भवनमा सुरुको डिजाइनको छाना परिवर्तन भएर नयाँ बनाइएको निर्माण गर्दै गरेको क्षमादेवी कन्स्ट्रक्सन सोलुसन प्रालिका इन्जिनियर सुनील साहले जानकारी दिनुभयो ।
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित
सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहले जथाभाबी फोहोर फाल्ने गरेका छन् । यहाँका १२ वटा स्थानीय पालिकाको फोहोर व्यवस्थापन गर्ने निश्चित स्थानको अभावमा सधैँ दुर्गन्ध फैलिने गरेको छ ।
देउराली पाण्डव पार्क निर्माण सुरु
दोलखाको भीमेश्वर नगरपालिका–४ स्थित जिलु सामुदायिक वन क्षेत्रको ७५ रोपनी जग्गामा देउराली पाण्डव पार्क निर्माण सुरु भएको छ । गुरुयोजनामा उल्लेख भएकामध्ये बागमती प्रदेशको करिब एक करोड रुपियाँको लगानीमा केही संरचना निर्माण भएका देउराली पाण्डव पार्क निर्माण उपभोक्ता समिति अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
विद्यार्थी विहीन विद्यालयमा तीन शिक्षक कार्यरत
कोकिला भण्डारी धनकुटा, वैशाख २८ गते । सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गए पनि अभिभावक र शिक्षकहरू बालबालिकालाई विद्यालय भर्ना गराउन कुनै पनि सक्रियता गरेको देखिँदैन । यो हाम्रो गाउँघरका विद्यालयहरूको तितो यथार्थ बनेको छ । यस्तै उदाहरण बनेको छ धनकुटा नगरपालिका वडा नं. ६ आत्मारामा रहेको आत्मारा प्राथमिक विद्यालय । यहाँ कागजी रूपमा सात जना विद्यार्थी भए पनि विद्यालयमा भने शून्य विद्यार्थी रहेका छन् । विद्यालयमा तीन जना शिक्षक कार्यरत रहेका छन् तर बालबालिकालाई विद्यालयमा भर्ना गराउन भने उहाँहरूको भूमिका शून्य भएकाले विद्यालयको हालत यस्तो भएको स्थानीय माधवप्रसाद पोख्रेल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ गाउँका बालबालिकालाई विद्यालयसम्म ल्याउन शिक्षकले योजना नै बनाउनु पर्ने हुन्छ । विद्यार्थी नहुँदा विद्यालय क्षेत्र जङ्गल जस्तै बनेको छ । विद्यालय वरिपरि सिरु काँस फुलेर सेतै देखिएको छ भने घाँसले घेरिएको छ । बस्ती नजिकै भए पनि अभिभावक सो विद्यालयमा जानै पनि डराउँछन् । मजदुरका छोराछोरी भएकाले हम्मेसि विद्यार्थी नआउने प्रधानाध्यापक विनय राईको तर्क छ । तर विद्यार्थीको सङ्ख्या वृद्धिमा उहाँको योजना शून्य छ ।विद्यार्थी नभए पनि पछिल्लो एक वर्षमा सो विद्यालयका प्रधानाध्यापकसहितका तीन जना कर्मचारीले ९ लाख १९ हजार ९ सय १४ रुपैयाँ खर्च भइसकेको छ । अहिले पालिकाभित्रका विद्यालयहरूको सम्पूर्ण रेखदेख, अनुगमन र शिक्षक दरबन्दी मिलानसम्मको अधिकार स्थानीय सरकारलाई छ । स्थानीय सरकार भने बेखबर जस्तै छ । विद्यालयको अनुगमन समेत नगरेपछि यस्तो किन भएको भन्ने प्रश्नमा धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल अव चासो देखाउने बताउनु हुन्छ । उहाँले अघिल्ला बर्सहरूमा अनुगमनमा जाँदा १० देखि १२ वटा विद्यालयमा विद्यार्थी विहीन भेटिएको समेत बताउनु भयो ।त्यसो त सदरमुकाम भित्रैका अन्य सामुदायिक विद्यालयका अवस्थामा पनि उस्तै छ । धनकुटा सदरमुकामको टेकुनाला, याक्ते प्राथमिक विद्यालय, सिंहदेवी आधारभूत विद्यालय धनपा ६, खाल्डे लगायतका प्राथमिक विद्यालयहरूमा पनि विद्यार्थी न्यून छन् । अन्य विद्यालय सँग मर्ज गरिदिए सहज हुने उक्त आत्मारा प्राथमिक विद्यालयका प्रधानाध्यापक विनय राइले बताउनु भयो ।उहाँका अनुसार एक कक्षाामा ३ जना कहिलेकाहीँ मात्र आउने गरेको, कक्षा १ मा २ जना आउँदै गरेकोमा हाल छैन, कक्षा २ मा तीन जना आउँदै गरेकोमा हाल एक जना आउने कहिले नआउने, कक्षा तीनमा दुई जना कहिले काहीँ एक जना आउने गरेको भनिए पनि विद्यालयमा गएर हेर्दा विद्यार्थी विहीन देखिएको छ ।
‘आमसञ्चार नीति छिट्टै’
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले मसौदाका रूपमा रहेको आमसञ्चार नीतिलाई संसद्बाट छिट्टै पास गर्ने बताउनुभएको छ ।
नेपाल–भारत सीमामा चेकजाँच कडाइ
दक्षिण एसियाका दुई शक्तिशाली राष्ट्र भारत र पाकिस्तानबिच तनाव बढेका बेला कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।
‘आमनागरिकको पहुँचमा रहेर काम गरेका छौँ’
पोखरा गण्डकी प्रदेशको राजधानी मात्र नभई मुलुकको प्रमुख पर्यटकीय स्थल पनि हो ।
पर्यटन व्यवसायमा उत्साह
लामो प्रतीक्षापछि निर्माण भएको पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सुरु भएपछि पोखरेली जनतामा पोखराबाटै अन्तर्राष्ट्रिय उडान हुने आशा पलाएको छ ।
जलविद्युतमा समृद्ध गण्डकी
जलस्रोतका क्षेत्रमा गण्डकी प्रदेश निकै सम्पन्न भएका कारण आर्थिक विकास र समृद्धिको आधार जलस्रोतलाई मान्न सकिन्छ ।
त्रिवेणी–कोरला त्रिदेशीय नाका
मुलुक प्रादेशिक संरचनामा जाने क्रममा नवलपरासीको दाउन्नेदेखि पूर्वको भूभाग गण्डकी प्रदेशमा परेको थियो ।
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो ।
कोइला बोकेको ट्रक पल्टेर मुग्लिन सडक अवरुद्ध
मुग्लिन नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोलानजिक कोइला बोकेको ट्रक सडकमा पल्टिदा राजमार्ग अवरुद्ध भएको छ ।
समृद्धिको आधार पर्यटन
तराईको नवलपुरको त्रिवेणी सुस्तादेखि हिमालको धवलागिरि हिमाल (८१६७ मिटर) सम्म फैलिएको गण्डकी प्रदेश प्राकृतिक विविधतापूर्ण छ । साबिक धवलागिरि अञ्चलका चार जिल्ला, गण्डकी अञ्चलका छ जिल्ला र लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्तापूर्वको क्षेत्र समेटेर बनेको प्रदेशको समृद्धिको मुख्य आधार नै पर्यटन हो । ऊर्जा, कृषि, उद्योग र व्यवसायका सम्भावना पनि यो प्रदेशमा छन् । पर्यटनको राजधानी सहर पोखरा महानगर प्रदेशको राजधानी सहरसमेत हो । राष्ट्रिय जनगणना २०७८ बमोजिम यो प्र
‘टिपर’ दुुर्घटनामा चालकको मृत्यु
मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्याएका छन् ।