• २९ वैशाख २०८२, सोमबार

ट्याक्टरमा ठोकिदा रिमालको मृत्यु

blog

चाँदनी आचार्य

घोडाघोडी(कैलाली) वैशाख २८ गते । कैलालीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लम्की बहुमुखी क्याम्पस नजिक गए राती मोटर साइकल दुर्घटना भएको थियो । 

बल्चौरबाट लम्की  फर्किँदै गरेका सोही ठेगाना भएका लक्ष्मीप्रसाद रिमालको निधन भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।  से ७ प ३२२३ नम्बरको मोटरसाइकल सवार रहेका रिमाल रोकिराखेको से १ त ९६२३ नम्बरको ट्याक्टरमा ठोक्किए गम्भीर घाइते भएपछि स्थानीय अस्पताल लगिएको थियो ।

गयरातीनै रिमालको लालरत्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रिमाल कैलाशधाम तीर्थस्थल लम्कीका संस्थापक अध्यक्ष रहेको जनाइएको छ ।