• २४ जेठ २०८२, शनिबार

अस्ट्रेलियाको न्यूनतम ज्याला ३.५ प्रतिशतले बढ्ने

blog

तस्बिर स् सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

अस्ट्रेलिया, जेठ २३ गते । औद्योगिक सम्बन्ध न्यायाधिकरणको वार्षिक समीक्षापछि अस्ट्रेलियाको न्यूनतम ज्याला ३.५ प्रतिशतले बढ्ने घोषणा गरिएको छ ।

फेयर वर्क कमिसनले मङ्गलबार घोषणा गरे अनुसार जुलाई १ देखि राष्ट्रिय न्यूनतम ज्याला प्रतिघण्टा २४.१ अस्ट्रेलियाली डलर (१५.६ अमेरिकी डलर) बाट बढेर २४.९५ अस्ट्रेलियाली डलर (१६.१ अमेरिकी डलर) प्रतिघण्टा वा पूर्ण–समय ३८ घण्टा कार्य हप्ताको आधारमा प्रति हप्ता ९४८ अस्ट्रेलियाली डलर (६१४ अमेरिकी डलर) हुने छ ।

एफडब्ल्युसीले सरकार, रोजगारदाता र युनियनहरूसँगको परामर्शको आधारमा गरिएको यो निर्णयले २६ लाखभन्दा बढी अस्ट्रेलियाली कामदारहरूलाई असर गर्ने बताएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल