• २८ वैशाख २०८२, आइतबार

४२ जनाको स्वास्थ्य परीक्षण गर्दा नौ जनामा क्यान्सर

blog

इलाम नगरपालिका–४ मा आज सञ्चालन गरिएको एकिकृत घुम्ति शिविर । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, वैशाख २७ गते । आफ्ना वडाका नागरिकहरुलाई वडा तहमै सेवा दिने उद्देश्यले इलाम नगरपालिकाले सुुरु गरेको एकीकृत घुम्ति शिविरबाट नौं महिलामा पाठेघर मुखको क्यान्सर पोजेटिभ रहेको पाइएको छ । 

४२ महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा नौ जनामा क्यान्सर पोजेटिभ देखिएको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुुलालले बताउनुभयो । 

 नगरपालिकाले वडा –४ बाट शिविर सुुरु गरेको हो । नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत सुुरु गरिएको शिविरमा नागरिकको निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण, कृषि सेवा अन्तर्गत माटोको नमुना संकलन, मकैमा लाग्ने फौजी किरा नियन्त्रणका लागि जैविक औषधी वितरण, अन्य बालीहरुसम्बन्धी परामर्श, पशुु स्वास्थ्य सेवा परीक्षण, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी परामर्शलगायतका सेवा रहेको प्रवक्ता दुुलालले बताउनुुभयो ।

शिविरमा १२ वर्ष मुनिका बालबालिकाको मुटुुको जाँच, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । अपाङ्ता भएका नागरिकलाई निलो, पहेंलो र रातो रंङको कार्ड वितरण गरिएको थियो । 

शिविर २८ गते नगरपालिका –१० गोदकमा हुुने र २९ गते नगरपालिका–११ सोयाकमा सञ्चालन गरिने बताइएको छ । आजको शिविरमा करिब एक हजार नागरिकले सेवा लिएका थिए । 

शिविरमा १४० जनाको स्वास्थ्य परीक्षण, एकसय पशुुपन्छीको स्वास्थ्य परीक्षण, ९७ जनाले कृषि सेवा, २४ वटा माटो परीक्षण, ९० जनाले आयुुर्वेद सेवा, ७२ जनाले सुरक्षित वैदेशिकसम्बन्धी परामर्श सेवा, अपाङ्गता भएका तीन जना, तीन जना गर्भवती महिलाको भिडियो एक्सरे, बाली उपचारका लागि जैविक विषादी वितरण ७२ जनालाई, ४० वटा पशुुको गोबर परीक्षण गरिएको थियो ।  

इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काको प्रमुख आतिथ्यतामा भएको शिविरमा इलाम अस्पतालका एमडी डा. पुरन्जन थापा र मेडिकल अधिकृत श्रेयस भट्टराईले विषेश स्वास्थ्य सेवा प्रदान गर्नुुभएको थियो ।