• २७ वैशाख २०८२, शनिबार

सुडानमा हवाई आक्रमण : एउटै परिवारका १४ जनाको मृत्यु

blog

पोर्टो (सुडान), वैशाख २७ गते । सुडानको डार्फर क्षेत्रमा रहेको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् ।

डार्फरको अबु सुक शिविरलाई लक्षित गर्दै गरिएको आक्रमणबारे स्वयंसेवकहरूले जानकारी दिएका छन् । उनीहरूले घटनाको विवरणसहित विज्ञप्ति जारी गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार, डार्फरको राजधानी एल–फासेर नजिकैको यो क्षेत्र अझै पनि अर्धसैनिक बल आरएसएफको नियन्त्रणमा छैन र खाद्य सङ्कटले गम्भीर रूपमा प्रभावित छ ।

डार्फर क्षेत्र अफ्रिकामा द्वन्द्वका कारण विस्थापित भएका लाखौँ मानिसहरूको आश्रयस्थल बनेको छ । पछिल्लो समय नियमित सेनासँगको युद्धमा संलग्न रहेको आरएसएफले यस्ता शिविरहरूलाई निशाना बनाउन थालेको छ ।

अबु सुक शिविर, जो जामजाम शिविर नजिकै रहेको छ, अप्रिलमा आरएसएफले गरेको विनाशकारी आक्रमणपछि खाली भएको थियो। संयुक्त राष्ट्रसङ्घले यस क्षेत्रमा झन्डै १० लाख शरणार्थीहरू रहेको जानकारी दिएको छ ।

यो द्वन्द्व सेना प्रमुख अब्देल फताह अल–बुरहान र पूर्व आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोबिचको शक्ति सङ्घर्षको रूपमा सुरु भएको हो । संयुक्त राष्ट्रसङ्घले यो युद्धलाई विश्वकै सबैभन्दा गम्भीर मानवीय सङ्कटको रूपमा चिनिएको जनाएको छ ।

हाल सेनाले देशको उत्तर, पूर्व र केन्द्रमा नियन्त्रण जमाएको छ भने आरएसएफले पश्चिमी र दक्षिणी क्षेत्रका धेरै भागमा प्रभुत्व जमाएको छ । रासस/एएफपी