• २८ वैशाख २०८२, आइतबार

खुकुरीले घाँटी रेटेर श्रीमतीको हत्या

blog

लीलाराज खड्का 

बिर्तामोड, वैशाख २८ गते ।  झापाको कनकाई नगरपालिका २ सुकेडागीमा श्रीमानले श्रीमतीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।  

शनिवार राती  ११ः२० बजेको समयमा कनकाई नगरपालिका वडा नं. २ सुकेडागी बस्ने वर्ष ३५ को कविराज हेमरनले श्रीमती वर्ष ३४ की पूजा हेमरनको खुकुरीले घाटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय  झापाले जनाएको छ ।

खुकुरी र श्रीमान् कविराज हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवलाई  पोस्टमार्टमको लागि  प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको इलाका प्रहरी कार्यालय खुरुङ्गाले जनाएको  छ ।