• २४ जेठ २०८२, शनिबार

सप्तरीमा गोली प्रहार गरी एक जनाको हत्या

blog

सुधा देव
भारदह(सप्तरी),जेठ २३ गते ।
सप्तरीमा बिहीबार राति डाँका समूहले गोली प्रहरी गरी एक जनाको हत्या गरेको छ । सप्तरीको सुरूङ्गा नगरपालिका– ८ मल्हनवाका ५६ वर्षीय कान्तालाल चौधरीको गोली हानी डाँका समूहले हत्या गरेका हुन् ।

वडा अध्यक्ष श्यामदेव साहले राति पाँच/छ जनाको समूहमा घरभित्र पसेका हतियारधारी समूहले चौधरीलाई धारिलो हतियार र गोली प्रहार गरी हत्या गरेका जानकारी दिनुभयो । साथै कान्तालालका ४० वर्षीय भाई रामकान्त घाइते हुनुभएको छ । जिल्ला प्रहरी कर्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार घाइते रामकान्तको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा एउटा गोलीको खोखा र तीनवटा गोली समेत बरामद भएको जानकारी उहाँले दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।