सांसदहरूको सुझावअनुसार नीति कार्यक्रम र बजेट तर्जुमा हुन्छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका आधारमा सांसदहरूले दिएका सुझावअनुसार नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टा खुलाउने तयारी
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गर्न निर्देशन दिनुभएको छ।
सगरमाथा क्षेत्रमा पर्ने दिङ्बुचे भ्याली
सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित दिङ्बुचे भ्याली । समुन्द्री सतहबाट चार हजार ४१० मिटरको उचाइमा रहेको बस्ती हुँदै पर्यटक सगरमाथा आधार शिविर पुग्ने गर्छन् ।
रोगबाट बच्न मुखको नियमित परीक्षण
मुख शरीरको प्रवेशद्वार मात्र नभई ऐना पनि हो । मुख स्वास्थ्यको सरसफाइ सम्बन्धी जनचेतना नहुँदा धेरै जटिल स्वास्थ्य समस्या निम्तने चिकित्सक बत्ताउँछन् ।
सुझाव कार्यान्वयन गर्न सरकारलाई अध्यक्षको निर्देशन
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदले दिनुभएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
आयरल्यान्ड र भारतसँग खेल्ने टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा
घरेलु मैदान कीर्तिपुरमा आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति
सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु
चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।
खुम्बुको पर्यटन जोगाउने भरियाहरू
टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरू सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए ।
जङ्गलमा मानव अतिक्रमण बढ्दै, घाँस प्रजातिका वनस्पति मासिँदै
पूर्वी मोरङका राष्ट्रिय बन र सामुदायिक वनमा घाँस प्रजातिका वनस्पतिहरू मासिएका छन् । बनसँग आश्रित बाख्रापालक किसानले साना साना बुट्यान हुर्किन नपाउँदै काटेर लान थालेपछि बनमा घाँस प्रजाति वनस्पतिको बीउ नपाक्ने र नयाँ बिरुवा उम्रिन छोडेपछि घाँस प्रजातिका वनस्पति मासिएका हुन् ।
कच्चा पदार्थको अभावमा कैलालीका १३७ साना उद्योग बन्द
कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।
सार्वजनिक पोखरीमा कुनै संरचना नबनाउन अदालतको आदेश
बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीलाई संरक्षण नगरी अन्य पूर्वाधार निमार्ण गर्न थालेपछि उच्च अदालतले त्यहाँ कुनैपनि संरचना निमार्ण नगर्न तत्काल परमादेश जारी गरेको छ ।
अस्ट्रेलियाको वातावरण अस्वस्थकर
सन् २०२३ मा अस्ट्रेलियाको वातावरण स्वास्थ्यकर नरहेको प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०२३ मा कम वर्षा र खतरामा परेका प्रजातिहरूको सङ्ख्यामा वृद्धिमा पनि गिरावट आएको एक रिपोर्टले जनाएको छ ।
श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
मोरङको बेलबारी १ भेडाटोल बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बुधबार बस्ने समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिको निर्वाचन हुनेछ ।
सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।
दशरथ रङ्गशालाको संरक्षण राखेप आफैँले गर्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको खेलमैदान संरक्षण आफैँले गर्ने भएको छ ।
वृद्धवृद्धा मात्र भएको घरमा आगलागी
खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा आगलागीबाट एउटा घर र मतान जलेर नष्ट भएको छ। मंगलबार दिउँसो करिब ३ बजे घरमा आगलागी हुँदा डुम्रेधारापानी मण्डलीछापका भक्तबहादुर सुनुवारको खरको छाना भएको घर र मतान जलेर नष्ट भएका हुन्।
नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास
सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा उक्त प्रयास अगाडि बढाउने उल्लेख छ ।
सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी प्रबन्ध
सरकारले मुलुकमा दिगो शान्ति स्थापना गर्नका लागि सङ्क्रमणकालीन न्यायको बाँकी कामलाई टुङ्ग्याउन तत्काल कानुनी प्रबन्ध गर्ने भएको छ ।
सत्ता समीकरणले जनतामा आशा जगाउन नसके देश अप्ठ्यारोमा जान्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणले जनतामा नयाँ आशा जगाउन नसके देश अप्ठ्यारोमा जाने बताउनुभएको छ।
‘नयाँ समीकरण मेरो प्रधानमन्त्री पदको कारणले बनेको होइन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पार्नुभएको छ ।
७५ जना असल बुहारी सम्मानित
सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रूपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकामा ती बुहारीहरूलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा
मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् ।