हिमालको काखमा याक
सगरमाथा क्षेत्रको हिमालको काखमा रहेको याक । सगरमाथा क्षेत्रमा सामाग्री ढुवानीका लागि याक भरपर्दो मानिन्छ ।
अख्तियार कार्यालय सुर्खेतमा उजुरीका चाङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको छ ।
अस्ट्रेलियाका कोषाध्यक्षद्वारा सरकारी राजश्व घट्ने चेतावनी
अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले कमोडिटीको मूल्यमा गिरावट र बेरोजगारीमा वृद्धिले अस्ट्रेलियाको आगामी सङ्घीय बजेटमा राजश्व प्रक्षेपणमा नकारात्मक असर पार्ने चेतावनी दिनुभएको छ ।
बहुमुखी साहित्यकार ताना शर्मा
तारानाथ शर्मा बहुमुखी प्रतिभासम्पन्न साहित्यकार हुनुहुन्थ्यो । उहाँको जन्म इलामको बरबोटेमा १९११ असार ९ गते भएको थियो । उहाँ साहित्यको विभिन्न विधामा आफ्नो लेखन प्रतिभाको प्रदर्शन गर्न पारङ्गत हुनुहुन्थ्यो । कथा, उपन्यास, निबन्ध, नि
मिथिला मध्यमा परिक्रमा
सभ्यता, संस्कृति र भाषा मानव समुदायको पहिचान हो । मिथिला हाम्रो सभ्यता र संस्कृति हो भनेर गर्वका साथ भनिन्छ । मिथिला क्षेत्रको प्रमुख भाषा मैथिली हो र यो भाषा बोल्ने मानिस मैथिल हुन् । मिथिला र यसको राजधानी जनकपुरधाम
सत्र वटा सडक पुल निर्माणाधीन
बाह्रै महिना सहज रूपमा यातायात सञ्चालन गर्न काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा सडक पुल निर्माणको कामले गति लिएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत प्रादेशिक सडक पुल कार्यक्रम अन्तर्गत जिल्लामा १७ वटा पुल निर्माणको काम अघि बढेको हो ।
बढ्यो विदेशी लगानी प्रतिबद्धता
चालुु आर्थिक वर्षको फागुुन महिनामा मुलुकमा भित्रने विदेशी लगानी प्रतिबद्धतामा उलेख्य वृद्धि भएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालुु आवको फागुुन महिनामा मात्र १२ वटा परियोजनामार्फत छ अर्ब ४७ करोड ७२ लाख रुपियाँ प्रतिबद्धता आएको हो ।
नगरवासीको स्वास्थ्यलाई प्राथमिकता दिएका छौँ
दोलखाको दक्षिणपूर्वमा रहेको जिरी नगरपालिका हिमाली पहाडी भेगकै धार्मिक, सांस्कृतिक एवं प्राकृतिक छटायुक्त आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यका रूपमा रहेको छ । यहाँ ‘क्लिन जिरी, ग्रिन जिरी, अर्गानिक जिरी’ भन्ने दीर्घकालीन
दोहोरो नागरिकता दिने प्रशासकीय अधिकृत पक्राउ
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने विदेशी नागरिकका लागि नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ ।
यूएई पुगेका १९ नेपाली अलपत्र
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिख वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) पुग्नुभएको थियो ।
सिद्धबाबा सुरुङ समयमै सक्न निर्देशन
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् निर्माणको काममा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
सामुदायिक वनमा आगलागी, बावुछोरी घाइते
कालीकोटको खाँडाचक्र नगरपालिका –५ को नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाख्रा चराउन गएका बाबुछोरी जलेर घाइते भएका छन् ।
मन्त्रिपरिषद् बैठक : सीआईबीको नेतृत्व परिवर्तन
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो ।
दुई हप्तामा ताप्लेजुङका १६ ठाउँमा डढेलो
ताप्लेजुङमा पछिल्लो दुई हप्ताभित्र १६ वटा डढेलो (आगलागी) का घटना भएका छन्। सुख्खा मौसमसँगै यहाँका राष्ट्रिय तथा सामुदायिक वनमा एकपछि अर्को गर्दै डढेलोका घटना भएका हुन्।
भारतमा दुर्घटनामा परी नेपालीको मृत्यु
भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेका छन् ।
काँग्रेसले गर्यो संसद्को बेल घेराउ, अर्को बैठक आइतबार ११ बजे
शुक्रबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदले संसदको वेल घेराउ गरेका हुन्।
सुख्खायाम सुरु भएसँगै बढ्यो वन डढेलोको घटना
पछिल्लो समय देशका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम बढ्न थालेको छ । गर्मीयाम सुरु भएसँगै ढडेलो तथा आगलागीका घटना पनि बढेको हो । नेपालमा आगलागीका घटना प्रायः बैशाखको दोस्रो साताबाट बढी हुनेगरेको मानिन्छ ।
लक्ष्मीनियाँको जङ्गलमा भीषण डढेलो
गौशाला नपा-१० स्थित लक्ष्मीनियाको जङ्गलमा भीषण डढेलो लागेको छ । अनियन्त्रित बनेको डढेलोले घाटगद्दी गरि राखिएका करौडौँ मूल्य बराबरको काठ खरानी पारेको छ ।
राष्ट्रियसभामा नयाँ व्यवस्थाः सुरु भयो प्रादेशिक सरोकार समय
राष्ट्रियसभाको बैठकमा प्रादेशिक सरोकारका विषयमा छलफल सुरु भएको छ । राष्ट्रियसभाको नयाँ नियमावलीमा गरिएको व्यवस्थाअनुसार प्रादेशिक समस्या, विकास निर्माणको अवस्थालगायतका विषयमा छलफल गर्न ‘प्रादेशिक सरोकार समय’ सुरु भएको हो ।
सुविधासम्पन्न प्रशासनिक भवन
बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन बनेको छ । दुई वर्ष लगाएर बगनासकाली गाउँपालिकाले नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो । बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण गरिएको प्रशासनिक भवनमा लिफ्टको सुविधा समेत छ ।
कर्मचारी कुटपिट गर्ने उपप्रमुख सहित दुई वडाध्यक्ष पक्राउ
डडेलधुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उप्रमुख सहित दुई जना वडाध्यक्ष पक्राउ परेका छन् ।
सार्वजनिक वित्त घाटा घट्दो
राजस्व प्राप्तिमा देखिन थालेको सुधार र खर्चको वृद्धिदर घट्दा सार्वजनिक वित्त घाटा विगतको तुलनामा साँघुरिएको छ । वित्त घाटा साँघुरिँदा सरकारको आम्दानी र खर्चमा विद्यमान असन्तुलन कम हुँदै गएको देखिन्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको आठ महिना (फागुन) सम्म सार्वजनिक वित्त एक खर्ब ३७ अर्ब ७४ करोड रुपियाँले घाटामा छ । जबकि गत आवको सोही अवधिसम्म (२०७९ फागुन) एक खर्ब ५६ अर्ब ४४ करोड रुपियाँले घाटामा थियो । एक वर्षको यो अवधिमा वित्त घाटा १८ अर्ब ७० करोड रुपियाँले कम भएको हो ।
रूपातालको काम सुस्त, स्थानीय हैरान
पोखरा महानगरको पूर्वी सिमानामा रहेको रूपातालको नामबाट कास्कीको अर्काे पालिकाको नामकरण भएको छ, रूपा गाउँपालिका । पोखरा, रूपासहित गण्डकीकै आकर्षक गन्तव्यका रूपमा यसलाई विकास गरिँदै छ । यही उद्देश्यले थालिएको रूपाताल एकीकृत संरक्षण विकास परियोजनाको काम सुस्त हुँदा स्थानीय हैरान छन् ।
इपिएसमार्फत कोरिया जाने श्रमिकको कोटा थप
दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने नेपाली श्रमिकको यसअघि तोकेको कोटामा थप गरेको छ । नेपाली अन्य देशको तुलनामा इमानदार र मेहनती हुने भएकाले यसअघिको कोटामा १३.२ प्रतिशत थप गरेको हो । दक्षिण कोरियाले यस वर्षका लागि निर्धारण गरेको १५ हजार ८४८ जना कोटामा १३.२ प्रतिशत थप गरेको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ । सो शाखाका निर्देशक मैया कँडेलले कोरियाले विदेशी श्रमिक माग गर्दै आएका १६ देशको तुलनामा नेपालले श्रमिक छनोटको प्रक्रिया छिटोछरितो गरेको भनेर यो वर्ष कोटा थप गरेको जानकारी दिनुभयो ।