बाँदरपीडित किसान भन्छन्, ‘मलामी जाँदा पनि कुरुवा राखेर जानुपर्छ’
जैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ । घर छेउछाउका जङ्गल बढ्न थालेपछि बाँदरको हूल गाउँ छिरेको छ ।
‘डेढ वर्षमा तीन पटक विश्वासको मत लिनुपर्ने अवस्था आयो’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो सदनमा सधैँ सत्ता र विपक्षका राजनीतिक कुरा मात्र होइन जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभएको छ ।
अघिल्लो गठबन्धनमा समस्या आएपछि नयाँ गठबन्धन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सत्ता गठबन्धनमा समस्या परेकाले आफूहरूले नयाँ गठबन्धन बनाएको बताउनुभएको छ ।
संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ ।
छ महिनापछि चार अन्तरिक्ष यात्री फर्किए पृथ्वीमा
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किएनुभएको छ ।
सुनको सिक्री नपाउँदा विवाह भाँड्ने बेहुला...
पर्सा प्रहरीले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह भाँडेर विवाह नगरी फर्किन थालेका बेहुलासहित पाँचजनालाई नियन्त्रणमा लिई मंगलबार विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।
पूर्व प्रदेश प्रमुख यादवको निधन
लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको मंगलबार निधन भएको छ। सिरहा गोलबजार नगरपालिका–६ खरहीटोल निवासी यादव २०७६ साल कार्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो।यादवको ८० वर्षको उमेरमा निवासमै निधन भएको हो।
पुरातन शैलीमा काम गर्ने छुट हामीलाई छैन : गृहमन्त्री लामिछाने
गृहमन्त्री रवि लामिछानेले पुरातन शैलीमा काम गर्ने छुट नभएको बताउनुभएको छ। मंगलबार मन्त्रालयमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
राष्ट्रिय सभाका अध्यक्षद्वारा पदभार ग्रहण
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्नुभएको छ।
जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
सरकारले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
‘अर्थतन्त्रलाई लयमा फर्काउने प्रयासमा थिएँ’
निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताउनुभएको छ ।
‘राष्ट्रिय सभालाई देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्छु’
राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई ओझपूर्ण र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताउनुभएको छ ।
धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक
धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् । यति धेरै सङ्ख्यामा बाह्य पर्यटकको आगमन भएपछि गुफा समिति र गाउँपालिकाले टीका तथा माला लगाएर पर्यटकलाई स्वागत गरेको गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले बताउनुभयो ।
तीन जनालाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार
मकवानपुरका विभिन्न स्थानमा व्यावसायिक कृषि कर्ममा क्रियाशील तीन अगुवा कृषक पुरस्कृत हुनुभएको छ ।
रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । मङ्गलबार सिंहदरबरास्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव
पछिल्लो समयमा नेपालमा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ । खास गरी बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ ।
पाँच राजनीतिक दलबिच सात बुँदे सहमति
नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) का बिच सात बुँदे सहमति भएको छ ।
सांसद दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश
नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रिय सभामा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत
नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मतदान गर्न शीर्ष नेताको अपिल
सत्तारुढ दलका शीर्ष नेताले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरुलाई अपील गरेका छन् ।
राष्ट्रिय सभामा राजनीतिक दलको उपस्थिति (विवरण सहित)
सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदै छ । अध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट राष्ट्रिय सभा सदस्य युवराज शर्मा र सत्ता पक्षबाट राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ ।
होचो मान्छेको उचाइ छुने सङ्घर्ष
नेपाल होचा पुड्का सङ्घले आत्मनिर्भर एवम् स्वरोजगारका लागि काठमाडौंमा करिब एक महिनादेखि सिलाइबुनाइ तालिम सञ्चालन गर्दै आएको छ । कक्षा १२ देखि स्नातक तहमा अध्ययन गर्दै गरेका होचा पुड्का विद्यार्थीदेखि उमेर ढल्किँदै गरेका व्यक्तिहरु तालिममा सहभागी हुनुहुन्छ ।
सिड्नीबाट उडेको विमानका १२ यात्रु अस्पताल भर्ना
विमानमा प्राविधिक समस्या आउँदा विरामी परेका १२ जना उपचारका लागि अस्पताल भर्ना भएका छन् ।