२५ औँ फ्लोरा एक्स्पो (फोटो फिचर)
काठमाडौँको भृकुटीमण्डपमा ‘२५ औँ फ्लोरा एक्स्पो २०८०’ सुरु भएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ बिहीबार एक्स्पो सुरु भएको हो।
नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल भएको बताउनुभएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले छायाङ्कन स्थल र कथावस्तु दुवै हिसाबले नेपाल चलचित्रका लागि महत्त्वपूर्ण स्थल भएको बताउनुभयो ।
प्रदेश लोकसेवा आयोग पदाधिकारीविहीन, नियुक्ति सिफारिसको प्रक्रिया ठप्प
प्रदेश लोक सेवा आयोग मधेश प्रदेश आयोगविहीन (पदाधिकारीविहीन) छ । मधेश प्रदेश सरकारले पदाधिकारी नियुक्ति नगर्दा आयोगविहीन अवस्थामा पुगेको हो ।
गहुँ लगाउने क्षेत्रफल कम हुँदै
नेपालमा धान, मकै तथा गहुँलाई मुख्य बालीको रुपमा लिइने भए पनि पछिल्लो समय म्याग्दी जिल्लामा गहुँ उत्पादन र खेती गर्ने क्षेत्रफल घटेको छ।
निर्माणमुखी सामग्री विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ
प्रतिनिधि सभामा निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल प्रारम्भ भएको छ ।
खानेपानी मर्मत योजना : अध्यक्षसहित नौजनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिका–३ स्थित ब्याफु खानेपानी मर्मत योजनामा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जिप दुर्घटनाकाे थप विवरण : एक बच्चासहित सातको मृत्यु
धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।
५८ लाखभन्दा बढीको औषधीसहित ट्रक नियन्त्रणमा
सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिबाट ५८ लाख ५७ हजार रुपियाँ बराबरको औषधीसहित ट्रक नियन्त्रणमा लिएको छ ।
इन्जिनियरसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित
टिकटकले उसको चिनियाँ मूल कम्पनीसँग सम्बन्ध विच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ ।
स्काभेटरमा आगलागी हुँदा ७० लाख बराबरको क्षति
मकवानपुरको भीमफेदी गाउँपालिका ३ स्थित कटुसघारीमा स्काभेटरमा आगलागी हुँदा पूर्ण क्षति भएको छ ।
सुन जाँचबुझ आयोगको प्रतिवेदन : दोषीलाई कारबाही हुन्छ
पप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ । बिहीबार आयोगका अध्यक्ष डिल्लीराम आचार्यले सिंहदरबारमा गृहमन्त्री लामिछानेलाई सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
अत्यधिक मोटोपना, उच्च रक्तचाप, मधुमेह: मिर्गौला बिग्रनुका मुख्य कारक
पछिल्लो समय नेपालमा मिर्गौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत अर्थात् करिब ३० लाख मानिसमा कुनै न कुनै रूपमा मिर्गौलाको समस्या रहेको विभिन्न अध्ययनले देखाएको छ ।
नक्कली सुन देखाएर चार करोड ठगी गर्ने पक्राउ
प्रहरीले नक्कली सुन धितो राखी चार करोड १४ लाख ८४ हजार रुपियाँ कर्जा लिएर फरार रहेका टोकनाथ साहलाई पक्राउ गरेको छ।
हाइस दुर्घटना हुँदा चार घाइते
नवलपुरको बुलिङ्गटार –६ धाँसीस्थित कालीगण्डकी करिडोरमा हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । काठमाडौंबाट स्याङजातर्फ जाँदैगरेको बा ३ ख ९७९३ नम्बरको हाइसको ब्रेकफेल भइ कालीगण्डकी करिडोर सडकको बायाँतर्फको नालामा खस्दा दुर्घटना भएको थियो ।
एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको आदेश
फुटबलमा अनावश्यक पदाधिकारी मलेसिया भ्रमणमा गएपछि युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरेको छ ।
राष्ट्रिय सभाको सदस्यले प्रधानमन्त्री दाबी प्रस्तुत गर्न पाउनुपर्छ
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको सदस्यले प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ।
उपचारका क्रममा बिरामीको मृत्यु, अस्पतालमा तनाव
दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलनमा उत्रेका छन् ।
क्यानडाका राजदूत पौडेलको शपथ
क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत भरतराज पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
'राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता'
राष्ट्रिय सभामा नेकपा (एमाले) का संसदीय दलका नेता देवेन्द्र दाहालले राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबारको राष्ट्रिय सभा बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
‘विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ति’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ति भएको बताउनुभएको छ ।
राजनीतिक व्यक्ति नै भ्रष्टाचारमा मुछिने विकृति बढ्यो
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढेको उल्लेख गर्नुहुँदै यसले जनतामा निराशा बढेको बताउनुभएको छ ।
‘सरकारले जनआकाङ्क्षा पूरा गर्ने गरी काम गर्नुपर्छ’
जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नयाँ गठबन्धन सरकारले मुलुक र जनताको आकाङ्क्षा पूरा गर्ने गरी काममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।