• ९ जेठ २०८१, बुधबार

तारेभीरमा ‘रक क्लाइम्बिङ’ परीक्षण

blog

चामे गाउँपालिका –५ तारेभीरमा रक क्लाइम्बिङको परीक्षण गरिँदै ।

यदुप्रसाद भट्ट

मनाङ, वैशाख १९ गते । मनाङ चामे गाउँपालिका–५ रहेको अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण गरिएको छ । गाउँपालिकालाई पर्यटनमार्फत समृद्ध बनाउन यस्तो साहसिक खेलले मद्दत पुग्ने भएकाले सहमतिपत्र दिइएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो । 

उहाँले वडा ५ को तारेभीरमा रक क्लाइम्बिङ परीक्षणको सहमति मागेकाले अनुमति दिइएको बताउनुभयो । यस्ता साहसिक खेलले पर्यटक आगमनमा वृद्धि हुने तथा मनाङको पनि प्रचार–प्रसार हुन्छ उहाँले भन्नुभयो । 

पर्यटन बोर्ड गण्डकी प्रदेशबाट अनुमति लिएर दुई फ्रान्सेली नागरिकसहित दुई नेपाली यतिबेला तारेभीरमा बोल्टिङ ठोक्ने डोरी टाँग्ने काम गरिरहेको वडा ५ का वडासचिव धीरेन्द्रकिशोर क्षेत्रीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो वडा ५ र पालिकाबाट सहमति लिएर पाँच दिनदेखि काम भइरहेको छ । अब दुई दिन जतिमा सकिन्छ ।’