गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १५ गते । चलचित्र ‘ताराहरू’ को टिजर सार्वजनिक गरिएको छ । आशान्त शर्मा निर्देशित चलचित्रमा निम्नमध्यम वर्गीय परिवारमा जन्मेका व्यक्तिले आफ्नो सपना पूरा गर्न के कस्ता अवरोधको सामना गर्नु पर्छ भन्ने देखाउन खोजिएको छ ।
चलचित्रमा निर्देशक शर्मासहित मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ । वेज प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्र आगामी भदौ ६ मा प्रदर्शन हुने छ । चलचित्रका निर्माता गोपिनी सेडाईं र कृष्णप्रसाद पङ्गेनी शर्मा हुनुहुन्छ । टिजर बुढासुब्बा युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।