मस्कोमा आतङ्कवादी हमलामा मारिएका नागरिकको निधनप्रति दुःख व्यक्त
नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।
पुरानो डसना (कथा)
“अमा, ऐ अमा, गना छि ?” (आमा, ऐ आमा, कहाँ तपाईं ?) “कसी, कसी ऽऽ, तले
ज्योति (कथा)
खाना बनाउँदै, झकाउँदै गर्ने मेरो बानी नै बसिसकेको थियो । म त्यही तालमा थिएँ । मेरो पढाइ देखेर जल्ने काले अचानक स्याँ... स्याँ... गर्दै आएर छेवैमा बस्यो । “निन्द्रा पु-याउँदै छौ ?,” उसले मेरो काँधमा हात राख्यो ।
रङको पर्व होली
सद्भाव, सौन्दर्य र रस रङ्गको रङ्गीन पर्व, जातिपाति, छुवाछुत, सानो, ठुलो, धनी र गरिबको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गिने फागु पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो । प्राकृतिक सौन्दर्य र रस रङ्गको उमङ्गले सबैलाई तरङ्गित तुल्याउने फागु आनन्द र उल्लासको रङ्गीचङ्गी चाड हो । १५ दिने परिक्रमाका श्रद्धालुले कञ्चन वनमा रङ्ग, अबिर खेलेसँगै फागुको रौनकताको थालनी हुन्छ । त्रेतायुगमा भगवान् राम र सीताले कञ्चन वनमा रङ्ग अबिर खेलेको मान्यता अनुरूप परिक्रमाका श्रद्धालुले फागुको थालनी गर्ने परम्परा रहेको छ ।
लोपोन्मुख खरमजुर गणना सुरु
विश्वमै लोपोन्मुख अवस्थामा पुगेको खरमजुरको गणना शुव्रmबारदेखि सुरु गरिएको छ । नेपाल पन्छी सङ्घको अगुवाइमा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गणना सुरु गरिएको हो । घाँसे मौदानमा बस्ने दुर्लभ चराको गणना कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आठ दिनसम्म गर्ने कार्यव्रmम अनुसार सप्तरीको गोबरगढाबाट सुरु गरिएको हो । गणनामा तीस जना चरा विज्ञ तथा संरक्षणकर्मीको सहभागिता रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।
उपत्यकामा होली पर्वको बेग्लै रौनक
गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि काठमाडौं उपत्यकामा होली पर्व प्रारम्भ हुन्छ । गत आइतबार बिहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा चीर ठड्याइएको थियो । फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ ।
पूर्वाधार विकासलाई प्राथमिकता दिएका छौँ
नगरपालिकामा २० वटा शाखा छन् । जनप्रतिनिधिको नेतृत्व र अनुगमनमा ती शाखाले सेवा प्रवाह र विकास निर्माणको काम निरन्तर गरिरहेका छन् । यस अवधिमा ११ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । १० किलोमिटर सडक ढलान, १
गजुर नभएको वज्रवाराही
ललितपुरको लगनखेल बसपार्कबाट आठ किलोमिटर दुरीमा गोदावरी–११, चापागाउँमा वज्रवाराही मन्दिर छ । यही मन्दिर रहेको क्षेत्र चापागाउँ लिच्छविकालीन बस्ती मानिन्छ । ‘चम्पापुर’ नामबाट पनि प्रसिद्ध यो बस्ती अझै अस्तित्वमा रहेको यहाँका मठमन्दिरबाटै प्रस्ट हुन्छ । ऐतिहासिक महìव बोकेका यी सम्पदासँग स्थानीय रहनसहन, कला, संस्कृति र परम्पराको प्रत्यक्ष सम्बन्ध छ ।
दुई दिन ‘जोगिरा सररर’
रुपन्देहीका थारू गाउँमा यो वर्षको होलीको तयारी सुरु भएको छ । खास गरी जिल्लाको सैनामैना नगरपालिकाका थारू गाउँमा फागु गीत गाएर पुरानो संस्कृति संरक्षण गर्ने र नयाँ पुस्तालाई थारू फागु गीतप्रति अभिरुचि जगाउन प्रेरणा दिने गरी होली मनाउन लागिएको थारू कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलबहादुर थारूले बताउनुभयो ।
सडकमा माछा फालेर कृषकको प्रदर्शन
सर्लाहीका माछापालक किसानले शुक्रबार सडकमा माछा फालेर प्रदर्शन गरेका छन् । विद्युत् महसुलमा सहुलियत दिनुपर्ने माग राख्दै माछाको पकेट क्षेत्र मानिने ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिका किसानले पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोरमा चक्काजामसहित माछा फालेर प्रदर्शन गरेका हुन् ।
उपत्यकाका सम्पदाको पुनर्निर्माण चालु आर्थिक वर्षभित्र सम्पन्न हुने
शहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौं उपत्यकाका अधिकांश सम्पदाहरुको पुनर्निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताउनुभएको छ ।
राष्ट्रसङ्घीय सुरक्षा परिषदमा गाजा युद्धविरामबारे मतदान हुँदै
गाजामा युद्धविरामका लागि पटक–पटक गरिएको आह्वानलाई अवरुद्ध गर्दै आएको संयुक्त राज्य अमेरिकाले ‘तत्काल युद्धविराम’ को आवश्यकताबारे शुक्रबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदमा प्रस्तावको मस्यौदा पेश गर्ने भएको छ ।
डिडिसीले किसानबाट सङ्कलन गरेको दुध बिक्री नहुँदा रकम भुक्तानीमा समस्या
किसानले भुक्तानी पाउनेभन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ । मुलुकभरका दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध सङ्कलन भए पनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास संस्थानले जनाएको हो ।
काठमाडौैं महानगरद्वारा फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान
काठमाडौं महानगरपालिकाले फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै महानगरले ३० दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।
पूर्वसहकारी रजिष्ट्रार पराजुलीलाई २० लाख धरौटीमा छाड्न आदेश
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीलाई २० लाख धरौटीमा छाड्न उच्च अदालत पोखराले आदेश दिएको छ । न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलासले बिहीबार पराजुलीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रेमका फरक फरक अनुहार
“ऊ त्यही हो, ज्यानेटको पहिलो श्रीमान् । जसले रातो ज्याकेट लगाएर हाम्रै अगाडि बसिरहेको छ । हो, उसैलाई छोडेपछि नै हो ज्यानेटले आफ्नो वास्तविक परिचय लुकाएर ज्योतिबाट ज्यानेट नामले प्रख्यात भएकी ।” हामी एउटा भव्य सम्मान समारोह
जनप्रतिनिधि नै भ्रष्टाचारमा
गत फागुन १६ गते हुम्लाको अदानचुली गाउँपालिकाका उपाध्यक्ष सौमती रावल ऐडीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भयो । गाउँपालिकाको वडा नं. ३ स्थित ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ योजनामा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध मुद्दा दर्ता गरेको हो । सिँचाइ योजनाको अनुगमनका व्रmममा वास्तविकताभन्दा बढी काम सम्पन्न भएको गलत प्रतिवेदन पेस गरेको आरोप ऐडीमाथि छ ।
लाइसेन्स प्राप्त नौ सयभन्दा बढी हतियार
दाङमा लाइसेन्स प्राप्त हतियार नौ सयभन्दा बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङबाट विभिन्न समयमा ९७६ वटा हतियार राख्नका लागि इजाजत प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार लाइसेन्स प्राप्त हतियार प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था भए पनि अत्यन्त न्यून मात्रामा नवीकरण हुने गरेको छ । जिल्लामा चालु आर्थिक वर्षको फागुन महिनासम्म लाइसेन्स प्राप्त हतियारमध्ये ६७ वटा हतियारको मात्रै नवीकरण गरिएको जनाइएको छ । लाइसेन्स प्राप्तमध्ये धेरै हतियारको नवीकरण हुन सकेको छैन ।
देशकै तेस्रो उत्कृष्ट बन्यो जिल्ला अस्पताल रामेछाप
न्यूनतम सेवा मापदण्ड फलोअप मापन कार्यक्रम (एमएसएस) मा जिल्ला अस्पताल रामेछाप देशभरको तेस्रो उत्कृष्ट अस्पताले बनेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय, हेटौँडाले अस्पतालको न्यूनतम मापदण्ड फलोअप मापन कुल ९१ अङ्क हासिल गर्दै जिल्ला अस्पताल रामेछाप देशभर रहेका १५ शøयाको जिल्ला अस्पतालमा तेस्रो उत्कृष्ट अस्पताल बन्न सफल भएको हो ।
गुणस्तर वृद्धिसँगै सामुदायिक विद्यालयमा छोराछोरी
गुल्मीको छत्रकोट गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा वृद्धिसँगै सबैमा विश्वास दिलाउन गाउँपालिकाले यस्तो निर्णय गरिएको बताइएको छ । गाउँ कार्यपालिका र शिक्षा समितिको बैठकबाट यो निर्णय गरिएसँगै यहाँका जनप्रतिनिधि तथा कर्मचारी, विद्यालयका शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारी सबैले आफ्ना छोराछोरीलाई आगामी शैक्षिकसत्र २०८१ देखि अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ ।
बिस प्रतिशत घरमा छैन शौचालय
खुला दिसामुक्त नेपालका २२ पालिका २० प्रतिशतभन्दा बढी घरपरिवार शौचालयविहीनको सूचीमा रहेका छन् । राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार लुम्बिनी र मधेश प्रदेशका आठ जिल्लाका पालिका शौचालय नहुने उच्च सूचीमा रहेका छन् । जसमध्ये लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र मधेश प्रदेशका सप्तरी, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्साका पालिका रहेका छन् ।
इन्जिनियरिङ शिक्षाका चुनौती
नेपालमा इन्जिनियरिङ शिक्षाको अध्ययन अध्यापन भएको लामो समय बितिसक्दा पनि अझै दक्ष इन्जिनियरको माग पूरा हुन सकेको छैन । विद्यार्थीहरू महँगो शुल्क तिरेर प्राविधिक शिक्षा लिन बाध्य छन् । सरकारी क्याम्पसमा समेत इन्जिनियरिङ र अन्य प्राविधिक शिक्षाको शुल्क महँगो छ । शिक्षालाई कसरी सर्वसुलभ र रोजगारमुखी बनाउन सकिन्छ भन्ने बहस र छलफल सेमिनार र गोष्ठीमा टुङ्गिन्छ । उत्पादित दक्ष जनशक्तिलाई रोजगारी दिएर देशमै कसरी राख्ने भन्ने दीर्घकालीन र अल्पकालीन योजना तय गर्न सकिएको छैन । सिटिइभिटी र विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेका कार्यव्रmममा इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको कमी हुँदा कति
पोखरा विमानस्थलमा मानवीय सहायता स्थल बनाइँदै
गएको कात्तिक २२ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा दुई चिनियाँ जहाज आएका थिए । जहाज अवतरण भइसकेपछि पनि आधा घण्टासम्म इन्जिन बन्द गर्न मिलेन । रुकुमपश्चिमका भूकम्पपीडितलाई जहाजले ल्याएको राहत निकाल्ने ठुलो क्षमताको लिफ्टर विमानस्थलमा थिएन । पछि बाहिरबाट लिफ्टर मगाएर सामान झारियो ।
‘अर्को महिनादेखि भन्सारमा सुधार’
भन्सार बिन्दुमा हुने चुहावट रोक्न सुधारका प्रयास अघि बढाइएको अर्थमन्त्री वर्षमान पुनले बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बिहीबारको बैठकमा उहाँले त्यस्तो सुधारका लागि प्रधानमन्त्रीकै निर्देशनमा गृह मन्त्रालय र अर्थ मन्त्रालयले चुहावट रोक्ने कार्ययोजना बनाएको उहाँले जानकारी दिनुभयो । “अर्को महिनादेखि नै भन्सार बिन्दुमै आँकडामा सुधार गरेको देख्नुहुन्छ,” उहाँले भन्नुभयो, “आन्तरिक राजस्व सङ्कलनका लागि कार्यालयतिर पनि हामी केही न केही परिवर्तन गर्छौं ।”