लबज एउटा निश्चित उमेर र सामाजिक घुलमिलबाट प्राप्त हुने पक्ष हो । एउटा सानो बालकले जति छिटो कुनै भाषाको लबज ग्रहण गर्छ, प्रौढ व्यक्तिले त्यो सफलता प्राप्त गर्न प्रायः असम्भव नै हुन्छ ।
जुनसुकै भाषामा पनि ‘लबज’ एक महत्वपूर्ण पक्ष हो । नेपालको सङ्घीय राजधानी काठमाडौँमा बोलिने नेपाली भाषा र काठमाडौँ बाहिर बोलिने नेपाली भाषामा केही लबजगत भिन्नता छन् ।काठमाडौँ बाहिरका नेपाली भाषीले काठमाडौँवासी नेपाली भाषीसँग कुरा गर्दा थोरै लबजगत सचेतता नअपनाउने हो भने ‘बोल्न नजानिएको’ भन्ने आरोप खेप्नुपर्ने हो कि भन्ने मनोविज्ञान बोकेका हुन्छन् । यो सत्य पनि हो । राजधानीमा बोलिने भाषिक लबजको प्रभाव तेजिलो र सर्वस्वीकार्य हुने गर्छ । त्यसैले त सबैले राजधानीमा बोलिने भाषाको लबजको सिको गर्नै पर्छ । स्थानीय स्तरमा हामी नेपाली भाषी राजधानीमा बोलिने लबजलाई स्तरीय लबज मान्दछौँ भने अङ्ग्रेजी भाषालाई दोस्रो भाषाका रूपमा सिक्नेहरू अमेरिकी वा बेलायती लबजलाई अनुकरणीय ठान्छन् ।
सन् १९७० को दशकदेखि मानिसले कसरी दोस्रो भाषा सिक्छन् भन्ने प्रश्नको सवालमा धेरै खोज अनुसन्धान भएको पाइन्छ । अङ्ग्रेजी भाषाले अन्तर्राष्ट्रिय भाषाको रूपमा पगरी गुथेदेखि यस भाषालाई दोस्रो भाषाको रूपमा बोल्नेबिच अङ्ग्रेजी लबजमा नै बोल्न सक्ने कसरी बन्ने भन्ने सपना भित्री रूपमा नै गडेर बसेको पाइन्छ । हुन त अङ्ग्रेजी भाषाको स्तरीय लबजको कुरा गर्दा यसका पनि धेरै विविधता पाइन्छन् । यही नै स्तरीय भाषा हो भन्ने किटान गरिएको छैन तर बकिङ्घम दरबारको अङ्ग्रेजी लबज निकालेर कुरा गर्न सक्नेलाई अन्य अङ्ग्रेजी भाषीभन्दा प्रतिष्ठित मानिन्छन् । एउटा लण्डनवासी अङ्ग्रेजी भाषी जसरी अङ्ग्रेजी बोल्छ, त्यसै गरी अङ्ग्रेजी बोल्ने प्रयासमा कैयौँ युवाले आफ्नो धेरै समय खर्चेका छन् । अङ्ग्रेजी भाषा लेखनका पक्षमा विश्वभरका गैरअङ्ग्रेजी लेखकहरूले जुन निखारताको विकास गरेका छन्, बोलाइका पक्षमा उनीहरूको त्यो स्तरको उपलब्धि छैन । जब एउटा गैरअङ्ग्रेजी भाषी अङ्ग्रेजी भाषामा स्थानीय व्यक्तिसँग वार्तामा सामेल हुन्छ, ऊ अङ्ग्रेजी भाषाको मातृभाषी होइन भन्ने प्रस्ट सङ्केत उसको लबजले दिइहाल्छ । अथवा मातृभाषी अङ्ग्रेजीसरह सुनिने गैरअङ्ग्रेजी भाषीको सङ्ख्या असाध्यै दुर्लभ छ । विश्वमा धेरै देशका धेरै मानिस अङ्ग्रेजी भाषा लेख्न र बोल्न सक्छन् तर जहॉसम्म अङ्ग्रेजी भाषाको लबजको सवाल छ, अङ्ग्रेजीलाई दोस्रो भाषाको रूपमा बोल्नेहरूका लागि यो त्यति सजिलो छैन । अङ्ग्रेजी व्याकरण र शब्दज्ञान भएर मात्र अङ्ग्रेजी लबज निस्कँदैन । लबज एउटा निश्चित उमेरमा र सामाजिक घुलमिलबाट प्राप्त हुने पक्ष हो । एउटा सानो बालकले जति छिटो कुनै भाषाको लबज ग्रहण गर्छ, प्रौढ व्यक्तिले त्यो सफलता प्राप्त गर्न प्रायः असम्भव नै हुन्छ ।
भाषाशास्त्री थोमस स्कोभेलले गरेको एउटा अनुसन्धानमा यो कुरा पत्ता लाग्यो कि ९७ प्रतिशत गैरअङ्ग्रेजी भाषीहरू अङ्ग्रेजी मातृभाषीसरह लबज निकाल्न असफल हुन्छन् । उनले रेकर्ड गरेर सुनेको अङ्ग्रेजी भाषामा मात्र तीन प्रतिशत गैरअङ्ग्रेजी भाषीहरू अङ्ग्रेजी मातृभाषीसरह उस्तै लबजमा बोल्न सक्छन् । स्कोभेलले नै गरेको अर्को अनुसन्धानमा अङ्ग्रेजी भाषामा लेख्ने गैरअङ्ग्रेजी लेखकहरूको व्याकरणीय भाषिक शुद्धता ४७ प्रतिशत मात्र पाइयो । सुसन ओयामा, जेम्स जे एसर र ओफेलिया गार्सिया भन्ने भाषाविद्हरूले गरेको अर्को अनुसन्धानमा यो पाइयो कि क्युबा र इटालीबाट बसाइ सरेर छदेखि १० वर्षको उमेरमै अमेरिका पुगेका विद्यार्थीको अङ्ग्रेजी भाषाको उच्चारण १० देखि १५ वर्षको उमेरमा सोही ठाउँबाट त्यहॉ पुगेका विद्यार्थीको तुलनामा अत्यन्त राम्रो थियो । प्रौढ भइसकेपछि अङ्ग्रेजी सिक्न सुरु गरेका विद्यार्थीको उच्चारण किन मातृभाषीसरह हुन सक्दैन भन्ने सवालमा पनि धेरै अध्ययन भएका छन् । यसको एउटा जल्दोबल्दो उत्तर त यो हो कि करिब १० वर्षको उमेरमा कुनै पनि व्यक्तिले आफ्नो मातृभाषाको शब्दज्ञान, व्याकरण र लबज ग्रहण गरिसकेको हुन्छ र दोस्रो भाषा सिकाइमा उसले आफ्नो प्रथम भाषिक नियमलाई आधार बनाउँछ, जसले गर्दा ऊ दोस्रो भाषा सिकाइमा मातृभाषीसरह सुनिन सक्दैन । यस पक्षलाई व्याख्या गर्ने अर्को प्रयासले भन्छ कि भाषा सिद्धान्तमा मातृभाषी उच्चारण तथा लबज ग्रहण जैविक रूपले बाह्र वर्षको उमेरसम्म पूरा भइसक्छ । यो उमेरलाई कठिन समय (व्रिmटिकल पिरियड) भनिन्छ । कुनै पनि व्यक्तिको मस्तिष्क बायॉ र दायॉ खण्डमा विभक्त हुन्छ । बायॉ खण्डको मस्तिष्कले पठाएका सूचनाहरू दायॉले ग्रहण गर्छ । बाह्र वर्षको उमेरसम्ममा बायॉ मस्तिष्कले जुन लबज ग्रहण गरी दायॉ मस्तिष्कमा पठाउँछ, त्यही लबजले मस्तिष्कमा स्थायित्व ग्रहण गर्छ । लबज तथा अनौपचारिक भाषागत संरचनाको दक्षता बाह्र वर्षपछि बन्द हुन्छ तर शब्द तथा व्याकरणको दक्षता विकास प्रौढ उमेरसम्म पनि तेज गतिमा चलिरहन्छ । बाह्र वर्षसम्मको कठिन समय (व्रिmटिकल पिरियड) मा दिमागले ग्रहण गर्ने भाषिक व्रिmयाको दक्षतालाई ‘सेरेब्रल ल्याटरलाइजेसन’ भनिन्छ । अनुसन्धान अनुसार बाह्र वर्षपछि यसको लचकता बन्द हुने भएकाले अङ्ग्रेजी मातृभाषी लबज यो उमेरपछि सुस्त हुने गर्छ । माथि उल्लिखित सिद्धान्त तथा अनुसन्धानले त्यस्तो देखाए पनि त्यसलाई प्रतिवाद गर्ने उदाहरण पनि नभेटिएका त होइनन् । धेरै जना द्विभाषीले तालिम, कडा परिश्रम तथा निरन्तर अभ्यासबाट अङ्ग्रेजी मातृभाषी लबज ग्रहण गरेका छन् ।
जहॉसम्म लबज परिवर्तनको पक्ष छ यो एकै पुस्तामा असम्भव देखिन्छ । एउटा भाषिक सम्प्रदायबाट हुर्केर अङ्ग्रेजी भाषीको दुनियॉमा पुग्दा कुनै पनि व्यक्तिले उसको प्रथम भाषिक पृष्ठभूमिलाई मेटाउन वा भुल्न सक्दैन । उसले अङ्ग्रेजी भाषा लेखाइ वा बोलाइलाई ग्रहण गरी नै हाले पनि त्यस भाषिक सम्प्रदायमा समाहित भइहाल्न सक्दैन । उसको दोस्रो पुस्ताले अङ्ग्रेजी भाषिक सम्प्रदायको वातावरण पाइरहेमा पहिलो पुस्ताभन्दा राम्रो अङ्ग्रेजी भाषागत क्षमता हासिल गर्छ भने तेस्रो पुस्ताले मात्र आफूलाई पूर्ण रूपमा अङ्ग्रेजी भाषिक समूहमा समाहित गर्छ । आज विश्वका झन्डै चार दर्जन देशमा अङ्ग्रेजी भाषालाई प्रथम भाषाका रूपमा बोलिन्छ र अङ्ग्रेजी बोल्नेहरूको सङ्ख्या विश्वकै सबै देशमा उल्लेख्य छ । अङ्ग्रेजी भाषालाई मातृभाषाका रूपमा बोल्नेहरूका माझ यस भाषालाई दोस्रो भाषाको रूपमा बोल्नेहरूले केही न केही विभेद सहन गर्नु परिरहेको अवस्था छ । वर्णगत विभेद जस्तै लबजगत विभेद पनि आज युरोप र अमेरिकामा डरलाग्दो गरी व्याप्त छ । यस्तो विभेदको पहिलो असर त रोजगारीको क्षेत्रमा देखिन्छ । अङ्ग्रेजी भाषाको लबजमा बोल्न नसक्नेहरू आज शारीरिक परिश्रम गर्नुपर्ने काममा सीमित हुनु परेको छ भने बौद्धिक स्तरको काममा मातृभाषी लबजवालाले मात्र कब्जा गरेका छन् । क्षमतामा निपूण भए पनि लबजका कारण विभेद भोग्नेहरू प्रशस्त छन् । त्यस्तै संसारका विभिन्न देशबाट अमेरिकामा स्थायी बसाइँ सराइ गरेर सामूदायिक बसोबास (कम्युनल लिभिङ) गर्ने अङ्ग्रेजी द्विभाषीहरू विकास तथा राज्यबाट प्राप्त हुने सुविधाबाट बेवास्ता गरिएका छन् ।
नेपालबाट पनि अङ्ग्रेजी भाषिक मुलुकमा बसाइँ सराइ, अध्ययन र रोजगारीको व्रmममा बाहिरिनेको सङ्ख्या उल्लेख्य छ । त्यहॉ पुग्ने नेपालीहरूको अङ्ग्रेजी भाषिक दक्षता कस्तो हुन्छ भन्ने रेकर्ड त सम्बन्धित निकायसँग होला नै तर त्यहॉ पुगेर बेहोर्नुपर्ने विभेदबाट मुक्त हुने हो भने अङ्ग्रेजी भाषी लबजको समेत क्षमता बोकेर जानुपर्ने आवश्यकता छ । फेरि यो सिकाइ प्रव्रिmया निश्चित उमेरसम्ममा पूरा गरिसक्नुपर्ने भएकाले हामीहरूले सानोमा पढ्ने विद्यालय तहदेखि नै होसियार हुन जरुरी छ । वर्तमान अवस्थामा राजधानीमा सञ्चालित केही ‘क’ वर्गका निजी विद्यालयबाहेक राजधानीबाहिरका निजी विद्यालयले यस्तो भाषिक क्षमता विद्यार्थीमा विकास गराउन सकेको पाइँदैन । त्यसमा पनि राजनीतिक हस्तक्षेपले हाम्रो शिक्षा पद्धति, खुकुलो परीक्षा प्रणाली र विद्यार्थीको आव्रmोशमा पटक पटक अग्निकाण्ड बेहोरिसकेपछि उत्तर पुस्तिका मूल्याङ्कनमा अलि खुकुलो भएको अनुभूत हुन्छ । त्यसैले परिश्रमी र निरन्तर अभ्यासमा समर्पित हुने दक्ष स्वदेशी तथा विदेशी शिक्षकबाट मात्र अपेक्षित भाषिक क्षमता हासिल गर्न सकिन्छ । विद्यालयमा हुने विभिन्न तालिमले यस्तो प्रयासलाई केही मात्रामा सहजीकरण त गर्ला तर तालिम विद्यार्थीसम्म पु¥याउन सक्ने खालको हुन जरुरी छ । चिया, बिस्कुट र भत्ता पचाउन गरिने ‘तालिम’ नामका स्वदेशी गफगाफले विदेशी भाषा सिकाइलाई प्रभावकारी बनाउला भनेर पत्याउन सकिने अवस्था छैन ।
लबज सुधारका लागि आजभोलि विभिन्न च्यानलमा सञ्चालन गरिने भाषासम्बन्धी कार्यव्रmम, अङ्ग्रेजी मातृभाषीबिच भएका औपचारिक वा अनौपचारिक वार्तालापलाई सुन्ने, त्यसैलाई प्रयास गर्ने र सोही लबजमा बोल्न प्रयास गरेमा अपेक्षित सुधार आउन सक्छ । नेपालीहरू आजभोलि प्रायःजसो अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड जस्ता अङ्ग्रेजी भाषी देशमा जाने भएकाले तत् तत् देशका अङ्ग्रेजी उच्चारण र लबजलाई सिकेर त्यहाँ पुगेमा आफ्नो पढाइ वा काममा सहजता आउनेदेखि लबजका कारण हुने विभेदबाट बच्न सकिन्छ ।