• ७ जेठ २०८१, सोमबार

माछा बोकेको गाडी दुर्घटना : चालकसहित तीन घाइते

blog

राममणि दाहाल
हेटौँडा, वैशाख २७ गते । 
भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित सुकौरामा योद्धा गाडी दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।

बाराबाट काठमाडौँतर्फ माछा लिएर जाँदै गरेको म.प्र.०४–००१ च ०१४० नं.को योद्धा गाडी बिहीबार बिहान दुर्घटना हुँदा चालक र सहचालकसहित तीन जना घाइते भएका हुन् ।

गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब ३०/४० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

दुर्घटनामा परेका योद्धा गाडीका चालक वीरगन्ज महानगरपालिका १९ विभादका वर्ष २२ का धनेश रामको हात, खुट्टा, टाउको र ढाडमा चोट लागेको छ ।

त्यस्तै, सहचालक बारा जिल्ला कलैया १६ मझैलिया सोरा बस्ने वर्ष २७ का छोटेलाल मोहरा घुँडामा सामान्य चोट लागेको र गाडीमा काम गरी हिँड्ने सोही स्थानका वर्ष ४५ का तपसी मोहराको खुट्टा र पाखुरामा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीनै जनालाई उपचारका लागि ट्रमा सेण्टर काठमाडौँ पठाएको र दुर्घटना भएको योद्धा गाडी घटनास्थलमा रहेको छ ।