सचिन पोख्रेल
इटहरी, असार १७ गते । इटहरीस्थित पिसजोन आवासीय माध्यमिक विद्यालयमा “ट्रेड फेयर २०८२” सम्पन्न भएको छ । विद्यालयको आयोजनामा व्यापार मेलामा विद्यार्थीहरूले आफैँले उत्पादन गरेका सामग्रीहरू प्रस्तुत गरी व्यावहारिक व्यापारिक अभ्यास गरेका थिए ।
सोही अवसरमा विद्यालयमा अध्यानरत विद्यार्थीहरुले खुल्ला चित्रकलाहरु बनाएका थिए तेसले अभिभावक तथा अवलेकनका लागि आइका विद्यार्थीहरुको आकर्षण बनेको थियो ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई व्यापारसम्बन्धी आधारभूत ज्ञान दिनु, मार्केटिङ र विक्री (सेल्स) कसरी गर्ने भन्ने कुरा व्यवहारिक रूपमा बुझाउनु तथा व्यवस्थापनको प्रारम्भिक अवधारणासँग परिचित गराउनुरहेको थियो ।
विद्यार्थीहरूले आफूले तयार पारेका विभिन्न सामग्रीहरू स्टल मार्फत बिक्री गर्दै व्यापारको प्रक्रिया, ग्राहकसँगको सम्वाद, मूल्य निर्धारण, सामान प्रदर्शन, लाभ–हानि विश्लेषणलगायत विषयमा अनुभव लिने अवसर पाएका थिए ।
विद्यालयका प्रिन्सिपल केशव भट्टराईले यस्तो खालका गतिविधिले विद्यार्थीहरूमा व्यावहारिक सोच, उद्यमशीलता र आत्मनिर्भरता विकास गर्न उल्लेखनीय सहयोग गर्ने बताउनुभयो ।
विद्यार्थीहरुलाइ व्यापारसम्बन्धी बेसिक ज्ञान दिंदै व्यापार भनेको मार्केटिङ सेल्स कसरी गर्ने भनेर आधारभूत नलेज दिने योङ इन्टर पेनलको रुपमा विभिन्न आफूले उत्पादन गरेका सामानहरु बैच्ने खेल खेल्ने म्यानेजमेन्ट कसरी गर्ने भन्ने विषयमा सिक्न यो कार्यक्रमले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नभई व्यवसाय भनेको केवल सामान बेच्नु मात्र होइन, सोच, योजना, व्यवस्थापन र प्रस्तुति पनि हो भन्ने कुरालाई यो कार्यक्रमबाट सिकाउन यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
मेलामा करिब एक दर्जन स्टलहरू राखिएका थिए । ती स्टलहरूमा विद्यार्थीहरूले आफैँले तयार पारेका हस्तकलाका सामग्री, खानेकुरालगायतका उत्पादनहरू बिक्रीका लागि राखेका थिए ।
स्टलहरुमा सगरमाथा ब्रान्डका अचार, जुस, घरेलु उत्पादन लगायतका सामग्रीहरू प्रदर्शनका लागि राखिएका थिए भने सितल इलेक्ट्रिकले विभिन्न इलेक्ट्रोनिक उपकरणहरू प्रदर्शनमा राख्दै प्रविधिमा आधारित व्यवसायबारे जानकारी दिएको थियो ।
विद्यार्थीहरूले ग्राहकसँग कुरा गर्न, सामानको गुणस्तरबारे जानकारी दिन, मूल्यमा सहमति गराउन जस्ता कार्यहरू स्वयम् गरेर सिकेका थिए ।
यसले उनीहरूमा आत्मविश्वासको विकास गर्नुका साथै टोलीमा काम गर्ने र नेतृत्व गर्ने क्षमतामा वृद्धि गराएको अभिभावकहरूले पनि प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा हालै एसईई पास गरेका विद्यार्थीहरूका लागि शैक्षिक मोटिभेसन गरिएको छ । उक्त सत्रमा विद्यार्थीहरूलाई भविष्यको शैक्षिक मार्ग दर्शन, उद्यमशील सोच, व्यक्तित्व विकास र अवसरहरूको खोजीबारे प्रेरणादायी सन्देश दिइएको थियो ।