त्रिवि सुधारका कार्यदिशा
मुलुकमा विश्वविद्यालय राजनीतिक खिचातानीको सिकार हुँदै आएका छन् । स्वशासित संस्थाका रूपमा चल्नुपर्ने विश्वविद्यालय गतिहीन भए जस्तो अवस्थामा छ । धेरै दिनको तालाबन्दीका कारण पनि विश्वविद्यालय कमजोर अवस्थामा छ । विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा त्रिवि ऐन र नियमानुसार छनोट गरेर सिफारिस वा नियुक्ति गर्ने परिपाटी बसाल्न पहल गर्नु पर्छ । त्यसै गरी क्याम्पस, विभाग र अनुसन्धान केन्द्रमा पदाधिकारी नियुक्तिका लागि छुट्टै मापदण्ड बनाएर पद सिर्जना गरी सेवा आयोगहरूबाट पदपूर्ति गर्ने व्यवस्था मिलाउने र दलीय भागबन्डा जस्तो गरेर नियुक्ति गर्ने परिपाटीको अन्त्य गरेमा विश्वविद्यालय स्वचालित मात्रै होइन, स्तरसमेत वृद्धि हुन्छ । त्यस्ता पदाधिकारीहरूको कामको मूल्याङ्कन गरी एक ठाउँबा
अर्थतन्त्रमा उदारवाद
सन् १९८८ देखि १९९४ सम्मको अवधिमा नेपाल औद्योगिकीकरणको बाटोमा लम्कँदै थियो । सम्भवतः नेपालको इतिहासमा यो नै तीव्र गतिमा अगाडि बढेको औद्योगिकीकरणको चरण थियो । त्यो समय गाउँस्तरसम्म औद्योगिकीकरण पुगिसकेको थियो । नेपालमा त्यही समयमा पाँचतारे होटल खुलेका थिए, त्यही समयमा नगरकोट पर्यटकीय क्षेत्र बन्यो । पोखरामा पर्यटन पूर्वाधारका विकास भए । सार्वजनिक यातायातदेखि हवाई यातायात र ठुला उद्योगहरूको विकास भए तर सन् १९९२ देखि उदारवादले प्रवेश पायो, देशमा चलिरहेका उद्योगहरू एकाएक समाप्त हुन पुग्यो, जसको परिणाम देश आज यो अवस्थामा आइपुगेको छ ।
इतिहासको खोज र पुस्तान्तरण
इतिहास भनेकै सङ्घर्ष, त्याग, बलिदानको निर्मिति हो । नेपालमा वर्तमानमा आइपुग्दासम्म भएका सबैखाले राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक परिवर्तन युद्ध, सङ्घर्ष, आन्दोलन, बलिदान, त्याग तथा विद्रोहकै देन हुन्, प्राप्ति हुन् । अहिले नेपालको विद्यमान ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ व्यवस्था ‘जनयुद्ध’ ले गरेको बल प्रयोगको उपलब्धि हो भन्नै पर्छ । किनकि ‘जनयुद्ध’ नभएको भए सामन्ती राजतन्त्रात्मक तानासाही व्यवस्था ढल्ने सम्भावना थिएन ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
आयस्रोतको आधार उन्नत कृषि
भनिन्छ, उत्तम खेती, मध्यम व्यापार, अधम जागिर । हाम्रा पुर्खाले हचुवाका भरमा यो भनेका होइनन् तर यो बाटोमा नहिँड्नाले आज हामी आर्थिक रूपमा निकै पछाडि छौँ । कृषि पेसालाई पहिलो प्राथमिकता दिएको भए विकासोन्मुख देशमध्ये सबभन्दा गरिबको लहरमा हामी पक्कै पर्ने थिएनौँ । हाम्रा पुर्खाले खेतीलाई उत्तम मान्नुका पछाडि बलिया आधार थिए । देशको आयस्रोतको पहिलो आधार कृषि नै हो । यसलाई सबैले स्वीकारेका छन् । ठुला उद्योगहरू चिनी कारखाना, जुट मिल, चुरोट कारखाना, खाद्यान्न आदि उद्योग कृषि उत्पादनमा आधारित हुन्छन् ।
गोरखाको चुमनुब्रीलाई जोड्न डिपीआर तयार
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन् । ती आयोजनाको दुई सय ७९ किमि सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
कर्णाली पुलबाट १७ युवाले हामफाले
सुदूरपश्चिम प्रदेशको प्रवेशद्वराका रुपमा रहेको चिसापानीस्थित कर्णाली नदीको पुलबाट सोमबार १७ जना युवाले हाम फालेका छन् ।
महिला पत्रकारलाई साधना महिला सम्मान
गोरखापत्र दैनिकका पत्रकार यलु जोशीले सोमबार साधना महिला पत्रकारिताबाट सम्मानित हुनुभएको छ । उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले जोशीसहित ६ जना महिला पत्रकारलाई साधना महिला पत्रकारिता सम्मानले सम्मानित गर्नुभयो ।
महामूर्ख उपाधि सभामुख मण्डललाई
होलीको अवसर पारी मिथिला नाट्यकला परिषद्ले महामूर्ख सम्मेलनको आयोजना गरी प्रत्येक वर्ष प्रदान गर्दैआएको महामूर्खको उपाधि यस वर्ष मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरेको छ ।
एरिका र विप्लव युएसए ओपन कराते खेल्दै
युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
सबैको साझेदारी भएमात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र सार्थक
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले सबैको साझेदारीमा मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउने बताउनुभएको छ ।
गृहमन्त्री लामिछाने र इजरायलका राजदूत गोदरबिच भेट
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबिच भेटवार्ता भएको छ । भेटमा राजदूत गोदरले गृहमन्त्री नियुक्त हुनुभएकोमा लामिछानेलाई बधाई ज्ञापन गर्नुभयो ।
आयरल्यान्डसँगको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी
आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा पहिलो जितसँगै नेपालले सिरिजमा १–० को अग्रता लिएको छ ।
२२ सहकारीको खारेजी पक्रिया सुरु
बाँकेको कोहलपुर नगरपालिकाले मनोमानी रूपमा चलेका २२ वटा सहकारीलाई खारेज गर्ने प्रक्रिया सुरु गरेको छ ।
सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले ०८१/०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने बताउनुभएको छ ।
एसियाली राजमार्ग निर्माण: पहिलो चरणको काम सुरु
एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरु भएको छ । पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रुख कटान सुरु भएको हो ।
सुनकोशीमा बेपत्ता बालबालिकाको खोजी कार्य जारी
उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराएका तीन बालबालिका अझै फेला परेका छैनन् ।
९८ प्रकारका औषधीको विवरण पेस गर्न विभागको अनुरोध
औषधी व्यवस्था विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका औषधीको विवरण पेस गर्न अनुरोध गरेको छ ।
इजरायलले आतङ्कवादी पक्राउ नपरेसम्म आक्रमण जारी राख्ने
इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल–शिफा अस्पतालमा आक्रमण जारी रहने बताउनुभएको छ ।
ट्याक्टर दुर्घटना हुँदा पाँचको मृत्यु
मेल्लेख गाउँपालिकाको षोडशादेवीबाट साँफेबगर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
कार्यालय एउटा, जिम्मेवारी दुई प्रदेशको
रुकुमपश्चिमका जिल्ला हुलाक कार्यालय र कारागार कार्यालयले लुम्बिनी प्रदेशमा पर्ने रुकुमपूर्व जिल्लाको समेत कार्यभार सम्हाल्दै आएका छन् । संविधान र राज्य पुनर्संरचनाले समेत अलग जिल्ला र प्रदेश विभाजन भए पनि हालसम्म यी कार्यालयले दुई जिल्ला तथा प्रदेशको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
क्षतिग्रस्त संरचना पुनर्निर्माणको प्रक्रियामा छन्
पाँचथरको फालेलुङ गाउँपालिकाको भारतको सिक्किम र पश्चिम बङ्गालसँग सिमाना जोडिएको छ । साबिकका प्राङबुङ, सिदिन, एकतिन र याङ्नाम गाविसको आधा भागलाई समेटेर फालेलुङ गठन गरिएको हो । २०७.१४ वर्गकिलोमिटर क्षेत्रफल
अट्ठाइस महिलाको उद्धार
बाजुराबाट २८ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरिएको जनाइएको छ । बाजुराको दुर्गम गाउँमा हुने मातृ मृत्युदर घटाउन ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यत्तिका महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तीस वर्षपछि हर्क बहादुर घर फर्कँदा परिवारमा खुसीयाली
जिल्लाको भेरी नगरपालिका‒१ रावत गाउँका एक बाबुछोराको तीस वर्षपछि भेट भएको छ । रावत गाउँका ८५ वर्षीय नदे कामी र उहाँका ५५ वर्षका छोरा हर्कबहादुर कामी बिच तीन दशकपछि घरमा भेटघाट भएको हो । तीस वर्ष पहिले बेपत्ता भएका हर्कबहादुर परिवारको सम्पर्कमा आएपछि आफन्त भारतमा लिन गएका थिए ।