• २६ पुस २०८१, शुक्रबार

बर्नेमा फूलेको शिरीष

blog

बुद्धशान्ति ४ बर्नेमा ढकमक्क फूलेको शिरीषको फूल । तस्बिर :प्रेम अधिकारी

प्रेम अधिकारी
पशुपतिनगर(इलाम), वैशाख ३१ गते ।
तराईमा गर्मी ह्वातै बढेको छ । गर्मी छल्नका लागि ठूलो सङ्ख्यामा पहाड उक्लिनेको भिड हुन्छ । झापा, मोरङ, सुनसरी जिल्लाका मानिस गर्मी छल्नका लागि कन्याम, अन्तु आउने गरेका छन् । बिर्तामोड हुँदै पहाड जाने क्रममा बुद्धशान्ति ४ बर्ने आइपुगेपछि पर्यटक होस् वा बटुवा सबैलाई एकछिन ढकमक्क फूलेको  शिरीषको फूलले रोक्छ ।

गर्मीमा फूल्ने  शिरीषको फूलेमा फोटो खिच्ने र भिडियो बनाउनेको भिड हुने गरेको छ । बर्ने चिया बगानका दुई साइडमा रहेका  शिरीषका बोट यतिबेला ढकमक्क फुलेका छन् । बर्नेलाई अहिले  शिरीषको फूलले भाइरलनै बनाएको छ ।


बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले  शिरीषको बोटमा फोटो खिच्ने पर्यटकको भिड लागेपछि सुरक्षा चुनौती बढेको बताउनुभयो । धेरै भिड भएपछि उक्त क्षेत्रमा प्रहरीले सुरक्षा मिलाएको छ । अध्यक्ष प्रसाईले पर्यटकको भिडका कारण फोहोरमैला बढेपछि सोमबार बिहानै सरसफाई गरिएको जानकारी दिनुभयो ।

पालिका अध्यक्ष प्रसाईले  शिरीषका बोटको संरक्षण गर्न सके आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने जानकारी दिनुभयो । अहिले बर्नेको  शिरीष सामाजिक सञ्जालमा भाइरल बनेको छ । वैशाखमा फुल्ने  शिरीषले चियाबारी बिचमा थप सौन्दर्य बढाएको छ ।