बाढीले पुल निर्माणमा अवरोध
मनसुन चाँडै सुरु भई खोलामा बाढी आउँदा पूर्वपश्चिम राजमार्ग विस्तार र पुल निर्माणको काममा अवरोध भएको छ । मङ्गलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका सबै खोलामा पानीको सतह बढेको छ ।
प्रतिनिधिसभाः विनियोजन विधेयकअन्तर्गतको छलफल सम्पन्न
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गतको दफावार छलफल सम्पन्न भएको छ । प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो ।
सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताउनुभएको छ ।
मौद्रिक नीतिमा उद्योगी व्यवसायीका सुझावलाई सम्बोधन गर्छौँ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरूका सुझावलाई सम्बोधन गर्ने बताउनुभएको छ ।
पिसाङ गाउँ
हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित पिसाङ गाउँ । सामुद्रिक सतहदेखि ३३ सय मिटरको उचाइमा अवस्थित पिसाङ विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्दछ ।
जलवायु परिवर्तनका कारण जङ्गलमा आगलागी बढ्दै
विश्वभर अधिकतम गर्मी मापन भएसँगै जलवायु परिवर्तनले निम्त्याएको जङ्गली आगलागीको बढ्दो उग्रताका लागि संसार तयार नरहेको वैज्ञानिकहरू बताएका छन् ।
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको स्पष्ट पार्नुभएको छ ।
संसदीय गतिविधि वेबसाइटमा राख्न सांसद बर्तौलाको माग
नेकपा (एमाले) का प्रमुख सचेतक एवम् सांसद महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गर्नुभएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद बर्तौलाले यस्तो माग गर्नुभएको हो ।
‘मुलुकको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज विहान साढे १० बजेदेखि सुरु भएको छ । काठमाडौँको एक होटलमा भएको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।
मधेशमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग
नेकपा (माओवादी केन्द्र) की सांसद मीना यादवले मधेशमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गर्नुभएको छ ।
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा आठ जना सामान्य बिरामी भएका छन् ।
चट्टानी पहाड छिचोलेर सडक
लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको चामे जोड्ने सडकअन्तर्गत दुई जिल्लाको सीमास्थल म्यार्दी खोलाछेउको चट्टानी पहाड छिचोलेर निर्माण गरिएको सडक ।
मिटरब्याजका नाममा चरम बालश्रम शोषण
काठमाडौं उपत्यकाभित्र कतिपय ठाउँमा मिटरब्याजीको रुपमा बालश्रमको चरम शोषण गरिएको पाइएको छ ।
बर्डफ्लु रोकथामका लागि श्रीलङ्का प्रतिवद्ध
श्रीलङ्काको पशु उत्पादन तथा स्वास्थ्य विभाग (डीएपीएच) का अधिकारीले बर्डफ्लुको सङ्क्रमण देखिएका देशबाट जनावर तथा पशुजन्य उत्पादनको आयात रोक्न कदम चालेको बताउनुभएको छ ।
घोडाघोडीको बजेट ९७ करोड ४४ लाख ८७ हजार
कैलालीको घोडाघोडी नगरपालिकाको १९औँ नगर सभा तथा बजेट अधिवेशन सोमबारबाट सुरु भएको छ । सभामा आर्थिक वर्ष २०८१/०८२को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ ।
भरतपुरको महानगरमा एक घर दुई रुख अनिवार्य
भरतपुर महानगरपालिकाले एक घर दुई रुख अनिवार्य गरेको छ । पन्ध्रौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाकाले एक घर दुई रुखको नीति कडाइका साथ कार्यान्वयन गर्ने नीति महानगरले लिएको हो ।
गोहीको आक्रमणबाट एक जनाको मृत्यु
नवलपुरको मध्यबिन्दु नगरपालिका नारायणी नदीमा नुहाउन गएका वृद्धलाई गोहीले आक्रमण गर्दा मृत्यु भएको छ ।
बजेटको प्राथमिकतामा कृषि र सडक सञ्जाल
मोरङको ग्रामीण क्षेत्रका पालिकाहरूले कृषि र सडकलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।
खडेरीले बिउ सुकेपछि किसानलाई खेत बाँझै रहने चिन्ता
बाजुराका अधिकांश ठाउँमा लामो समयसम्म परेको खडेरीका कारण धमाधम धानको बिउ (बेर्ना) सुक्न थालेका छन् ।
जङ्गलमा बसेका पाँच सय घर, टहरा भत्काइयो
कैलाली भजनी नगरपालिकाको वडा नम्बर १ र ९ मा बाढीपीडितका नाममा १८ वर्षदेखि बस्दै आएका झण्डै पाँच सय घर/टहरा सोमबार भत्काइएको छ ।
बागमतीमा चार सयभन्दा बढीमा डेंगु सङ्क्रमण
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । विगत छ महिनामा सबैभन्दा बढी डेंगु सङ्क्रमण बागमती प्रदेशमा भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका योजना सार्वजनिक गर्दै
राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) सरकारको नेतृत्व गर्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसद्को पहिलो बैठकको पहिलो सत्रमा प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको योजना प्रस्तुत गर्नुहुने भएको छ ।