• १३ साउन २०८१, आइतबार

जलवायु परिवर्तनका कारण जङ्गलमा आगलागी बढ्दै

blog

पेरिस, असार ११ गते । विश्वभर अधिकतम गर्मी मापन भएसँगै जलवायु परिवर्तनले निम्त्याएको जङ्गली आगलागीको बढ्दो उग्रताका लागि संसार तयार नरहेको वैज्ञानिकहरू बताएका छन् ।

यस मौसमको सुरुमा टर्की, क्यानडा, ग्रिस र संयुक्त राज्य अमेरिकाको जङ्गलका धेरै भागहरूमा आगलागी भइसकेको छ । हालैका वर्षहरूमा आगलागी नियन्त्रणका लागि अतिरिक्त स्रोतहरू प्रयोगमा ल्याइएपनि योजना र तयारी पर्याप्त नभएको विज्ञहरूले बताएका छन् ।

मौसमी अवस्था सहित धेरै कारकहरूको अध्ययनअनुसार आगलागीको परिणाम कति नराम्रो हुन्छ भनेर भविष्यवाणी गर्नु वा कहाँ र कहिले विपद् निम्तिन्छ भनी आङ्कलन गर्नु चुनौतीपूर्ण हुन सक्छ ।

तर समग्रमा, जङ्गलमा आगलागी ठुलो हुँदै गइरहेको छ र अझ गम्भीर रूपमा बढिरहेको छ । यस्तो चरम घटनाहरूको आवृत्ति र तीव्रताको जाँच गर्ने लेखक डोएरले भन्नुभयो ।

जुनमा प्रकाशित एउटा छुट्टै अध्ययनका अनुसार चरम जङ्गली आगोको आवृत्ति र परिमाण विगत २० वर्षमा दोब्बर भएको देखिन्छ । 

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको सन् २०२२ को प्रतिवेदनअनुसार शताब्दीको अन्त्यसम्ममा विश्वभर चरम जङ्गली आगोको सङ्ख्या ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । डोएरले मानव समुदायले अहिलेसम्म यो वास्तविकताको सामना नगरेको बताउनुभयो । 

“हामी अहिले सामना गरिरहेका अवस्थाका लागि स्पष्ट रूपमा तयार छैनौँ । भूमि प्रयोग र आवास विकासजस्ता अन्य कारकहरूले यस अवस्थाका लागि ठुलो भूमिका खेल्ने भएतापनि जलवायु परिवर्तन एक प्रमुख चालक हो’’, उहाँले भन्नुभयो । रासस/एएफपी