भरोसा थप्दै सामुदायिक विद्यालय
पछिल्ला वर्षमा सरकारी लगानीका सामुदायिक विद्यालयमा भने थामिनसक्नुको भिड देखिएको छ । उनीहरूले विद्यार्थी तान्न सञ्चार माध्यमबाट विज्ञापन गर्नु परेको छैन, भौतिक संरचना देखाएर लोभ्याउनु परेको पनि छैन । तैपनि यी विद्यालयहरूले भर्ना हुन चाहने जति सबै विद्यार्थीलाई पढाउन सकेका छैनन् । सीमित भौतिक संरचना र कर्मचारीको अभावमा चाहना भएर पनि आउने जति सबै विद्यार्थी पढाउन नसकिएको विद्यालयको भनाइ छ । सिकाइ उपलब्धि र नतिजा पनि राम्रो भएका कारण यस्ता विद्यालयमा विद्यार्थी आकर्षण बढिरहेको छ । सहरी क्षेत्रका सामुदायिक विद्यालयमा त विद्यार्थीको चाप ह्वात्तै बढेको
जर्मनीमा सुन्दरपानीको चिया
झापाको भद्रपुरका उदय चापागाईंले प्रवीणता प्रमाणपत्र तहको परीक्षा दिन २०२८ सालमा इलाम जाँदा क्याम्पसको वरिपरि डाँडाकाँडामा चिया बगान देखेपछि चियामै रमाउने सपना बुन्नुभयो । पहिलो पटक इलाम पुग्दा थुम्का थुम्कामा हरियो चिया देख्दा चापागाईंलाई लागेको थियो, हरियो इलामको चिया विश्वलाई चखाउन पाए हुने थियो । उहाँको त्यो सपना अहिले ५३ वर्षको अवधिमा पूरा भएको छ । भोजपुरबाट १० वर्षको उमेरमा चापागाईं परिवारसहित भद्रपुर आउनुभएको थियो । सामान्य खेतीपाती गर्ने परिवारमा हुर्किएका उहाँले स्नातकोत्तर पढदै गर्दा चिया खेती र व्यवसायमा होमिनुभयो । पढाइ सकेर उहाँ जर्मनी घुम्न जानुभयो । आफू नेपालमा चिया खाइराखेको भएकाले उहाँले जर्मनी पुगेर चिया खान जोज्दा त्यहाँको सहरमा भारतको
परिश्रमी हातहरू
मधेश प्रदेशका जिल्लाहरूमा व्यावसायिक कृषिप्रति आकर्षण बढ्न थालेको छ । परम्परागत जीवन निर्वाहमुखीभन्दा आधुनिक व्यावसायिक खेतीबाट बढी कमाइ हुन थालेपछि आकर्षण बढेको हो । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवा, महिला, अनुभवी मानिसले व्यावसायिक रूपमा तरकारी, फलफूल, पशुपन्छीपालनमा लागेका छन् । सिराहाको लहान नगरपालिका–२४, झुटकी मानिकदहका रतन साह करिब १०/१५ वर्षअघि आफ्नै खेतमा स्थानीय काउली (फूलकोबी) खेती गर्नुभएको थियो । त्यसपछि साह तरकारी खेती छोडेर बढी पै
साइकल यात्राबाटै विश्व पहिचान
दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीका पुष्कर शाहले साइकलमार्फत ११ वर्षमा दुई लाख २१ हजार किलोमिटर दुरी पार गरी १५५ देश घुम्नुभयो । यस कार्यका लागि एक करोड ७० लाख रुपियाँ खर्च भयो । उहाँले राज्यको एक पैसा पनि खर्च गर्नुभएन । विश्व साइकल यात्री शाहले विदेश जाने अनेक अवसर त्याग्नुभयो । नेपालको झन्डा फहराउँदै संसार चहार्नुभयो तर पलायनको बाटो रोज्नुभएन । जन्मभूमिको माया गरेर स्वदेश नै फर्कनुभयो ।
परिश्रम नै सफलताको सूत्र
मेहनत गरे यही देशमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सफल दृष्टान्त हुनुहुन्छ पोखरा–२५ हेम्जा निवासी घनश्याम तिमिल्सिना । नौ वर्र्षसम्म अरबको खाडीमा पसिना बगाउँदै गर्दा यो पसिना आफ्नै देशको माटोमा सिँचन गर्नु पर्छ भन्ने सोच बोकेर उहाँ स्वदेश फर्कनुभयो । २० वटा गाईबाट पशुपालन सुरु गर्नुभएका ४० वर्षीय तिमिल्सिनासँग अहिले गाईभैँसी र बाख्रा गरी ३७० पशुचौपाया रहेका छन् । उहाँको फार्मबाट दैनिक एक हजार दुई सय लिटर दुध उत्पादन हुने गरेको छ भने दुधको मात्रै दैनिक एक लाख रुपियाँभन्दा बढीको कारोबार हुने गरेको छ । युवाका लागि प्रेरणाको स्रोत बन्नुभएका तिमिल्सि
जागिरसँगै समाजसेवा
वीरेन्द्रनगर नगरपालिका–१० निवासी ४५ वर्षीय सीता शर्मा पेसाले सिनियर अनमी निरीक्षक हुनुहुन्छ । २०६० सालमा अनमीबाट सरकारी सेवा सुरु गरेपछि उहाँमा सेवासँगै समाज सेवालाई पनि अगाडि बढाउने चाहना जागृत भयो । सुरुमै सुर्खेतकै प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङमा पुगेपछि धेरै ग्रामीण महिला तथा किशोरीहरूको उपचार गर्नुभयो । उपचारका क्रममा उहाँले ग्रामीण महिलामा पाठेघर खसेको, रोग पालेर बसेको जस्ता समस्या देख्नु भयो । त्यति मात्र होइन, भर्खरका किशोरीमा पनि पाठेघरप्रति ज्ञान नभएको महसुस गर्नुभयो । अवलचिङका साथै सल्यान तथा सुर्खेतकै वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकामा पनि काम गर्ने व्रmममा पाठेघरको बारेमा धेरै कुरा बुझिसकेपछि पाठेघरको क्यान्सरबाट बच्नका लागि महिनावारी सरसफाइ अभियान नै उहाँले चलाउनुभयो ।
पाँच सयलाई रोजगारी
मालिका ग्रुप एन्ड होल्डिङ कम्पनी र त्यसका सञ्चालक टीकाराम जैसीको व्यावसायिक इतिहास लामो छैन । २०५६ सालमा सिमेन्टको टायल बनाएर सुरु भएको व्यावसायिक यात्रामा २०५८ सालमा एके ट्रेडर्स दर्ता गरेर खाद्यान्न र मलको कारोबार थपियो । २०६० सालमा सिमेन्ट सरिया बिक्री, २०६७ मा धनगढीस्थित रोशनी इन्टरप्राइजेजबाट एसिई ब्रान्डको ट्याक्टर, मोटरसाइकल, सिमेन्ट, छड, कर्कटपाताको व्यापार, २०७६ सालमा वीरगन्जबाट तार ल्याएर लम्कीचुहा नगरपालिकाको गुलरामा मालिका तारजाली उद्योग सञ्चालनमा किला र ग्याबिन बनाउने काम सुरु भएको थियो । बजारको माग बुझ्दा उद्योग नै चल्ने सम्भावना देखिएपछि २०७७ मा जिआई प्लान्ट स्थापना र २०७९ सालबाट मालिका स्टिल र मालिका तारजाली उद्योग एकै ठाउँबाट सञ्चालनमा ल्याउनुभएको छ ।
पत्रकार तथा कर्मचारी पुरस्कृत हुँदै
गोरखापत्र प्रकाशनको १२४ औँ वर्ष प्रवेश तथा संस्थानको ६२ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कर्मचारी तथा पत्रकार सम्मानित हुने भएका छन् । सोमबार औपचारिक कार्यक्रममा वितरण गरिने उत्कृष्ट कर्मचारी सम्मान सहसम्पादक राजेश चाम्लिङ राईलाई प्रदान गरिने भएको छ । प्राविधिकतर्फ उत्कृष्ट कर्मचारी सम्मान प्रबन्धक जुजुकाजी रञ्जित, प्रशासनतर्फ वरिष्ठ सहायक सङ्गीता खड्कालाई प्रदान गरिने भएको छ ।
सूचना प्रविधि पुग्न सक्छ एक खर्बको निर्यात
अनुसन्धानको क्षेत्रमा काम गर्ने विश्वचर्चित गार्टनर इङ्कको तथ्याङ्क अनुसार सन् २०२४ मा विश्वभर ५० खर्ब अमेरिकी डलर (छ हजार ६५० खर्ब रुपियाँ) भन्दा बढी रकम सूचना प्रविधिसम्बन्धी सेवाका लागि खर्च हुने छ । जुन अघिल्लो वर्षको तुलनामा आठ प्रतिशतभन्दा बढीको वृद्धि हो । आगामी वर्षमा विश्वभर सूचना प्रविधिका लागि हुने खर्च थप रफ्तारमा विस्तार हुने अनुमान उक्त संस्थाको छ ।
पोखराको हर्पन खोलामा डुबेर किशोरको मृत्यु
पोखरा महानगरपालिका–१८ खपौदीस्थित हर्पन खोलामा डुबेर किशोरको मृत्यु भएको छ । आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका १४ वर्षका किशोर सोनम सुवेदीको बेपत्ता भएकोमा दिउँसो २ः३० बजेतिर शव फेला परेको हो ।
नेपालीको औसत आयु ७१.३ वर्ष, वार्षिक जनसङ्ख्या वृद्धि ०.९२ प्रतिशत
नेपालमा वार्षिक रुपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरु सार्वजनिक गर्नुहुँदै राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गतको जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले यो तथ्याङ्क प्रश्तुत गर्नुभएको हो ।
स्याङ्जामा डढेलोले दुई हजार हेक्टर वन क्षेत्रमा क्षति
डढेलोले स्याङ्जामा झण्डै दुई हजार हेक्टर वन क्षेत्रमा क्षति भएको छ । जिल्लाका विभिन्न ११ स्थानीय तहमा रहेका एक सय १३ वनमा आगलागी हुँदा एक हजार आठ सय ६१ हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमरबहादुर पराजुलीले जानकारी दिनुभयो ।
तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने
गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केही दिनयता मुलुकका धेरै स्थानमा मौसम बदली हुन थालेको छ ।
३९ वर्षपछि राम्चे वन डढेलोले सखाप
पर्यटनसँग जोडिएको जिल्लाको रामपुर नगरपालिका–५, स्थित राम्चे सामुदायिक वन डढेलोले सखाप भएको छ । एक सय दुई हेक्टर क्षेत्रफलमा फैलिएको वन ३९ वर्षपछि डढेलोले सखाप भएको हो ।
काठमाडौँको वायु अझै अस्वस्थ
आइतबार फेरि काठमाडौँ वायुप्रदूषणका हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ७७ पुगेको छ ।
हाम्रो असल बानी
हामी साना सानाबाबुनानी हुनु पर्छ ज्ञानी, माता हुन् भगवान्, ममताकी खानी बुवाको हौँ हामी संसार भन्ने कुरा जानी ।
शीर्षक के हो ?
रमा आफ्नो किताब झोलाभित्र मिलाएर राख्दै छिन् । भोलिदेखि विद्यालयमा पढाइ हुने भएकाले रमा ज्यादै खुसी देखिएकी हुन् । रमा दगुर्दै भान्साकोठामा आएर सोध्न थालिन् “आमा, बाबा खोइ त ? कहाँ जानु भयो ?” “किन के भयो र तिमीलाई ? बाबा त तिम्रो विद्यालयमा बैठक छ भनेर बिहानै जानु भएको छ नि ।” “आज रमा पढ्ने विद्यालयमा विद्यालय व्यवस्थापन समितिको बैठक भएकाले र
मेरो पहिलो नेपाल भ्रमण
मेरा प्रिय नेपाली साथीहरूमा नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाईंहरूको मनमा कस्तो विचार आउँछ ? ‘नेपाल’ शब्द सुन्नासाथ हामी जापानीहरूको मनमा सर्वोच्च शिखर सगरमाथाको प्रतिनिधित्व हुने अपूर्व मनोरम हिमालय पर्वतहरूको परिकल्पना आउँछ । जापानको फुजी पर्वतको फेदमा अवस्थित सिजुओका प्रान्तमा जन्मी हुर्केकी मेरा लागि नेपाल गहिरो आत्मीयता भएको मुलुक हो, जुन मुलुकमा आज पहिलो पटक भ्रमण गर्न पाउँदा म अत्यन्तै हर्षित छु ।
गरिबी निवारण विमर्श
मेरो छिमेकमा २२/२५ वर्षका दम्पती डेरा गरी बस्थे । उनीहरूको डेढ दुई वर्षको एक छोरा पनि थिए । श्रीमान् बिहानै कालीमाटीतिर दौडिन्थे र त्यहाँबाट तरकारी ल्याउँथे । उनले तरकारी ल्याउँदासम्ममा श्रीमतीले खाना तयार पार्थिन् । श्रीमान् फर्केपछि दुवै जना मिलेर गाडामा तरकारी मिलाएर गाडा ठेल्दै बेच्न निस्कन्थे । सानो छोरालाई पनि गाडामै राखेर सडकमा जान्थे । परिवार अति खुसी देखिन्थ्यो । यसैबिचमा काठमाडौँ महानगरका नगर प्रहरीले तीन पटक उनको गाडा खोसेर ट्रकमा हाली लगे । दुई पटकसम्म त अर्को गाडा बनाउँदै जीवन धान्ने प्रयास गरे ।
लगानीमैत्री कानुन र आर्थिक समृद्धि
मनमोहक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदा भएको नेपाल आर्थिक वृद्धि र विकासको अपार सम्भावना बोकेको मुलुक हो । यो सम्भावनालाई सदुपयोग गर्न निकै ठुलो लगानीको खाँचो छ । नेपालकै पुँजी र लगानीको क्षमताले नेपालको समृद्धि अपेक्षित मात्रामा सम्भव छैन । तसर्थ लगानीका लागि उपयुक्त वातावरण सिर्जना गर्नु पर्छ । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न, आर्थिक गतिविधिलाई उत्प्रेरित गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न लगानीमैत्री कानुनले महìवपूर्ण भूमिका निर्वाह गर्छ । यो आलेखले नेपालमा लगानीमैत्री कानुनको महत्व खोज्छ, सुधारका लागि प्रमुख क्षेत्रहरू पहिचान गर्छ र देशको लगानीको वातावरण बढाउन सम्भा
प्रकोपविरुद्ध रैथाने प्रविधि
पानीको सांस्कृतिक पक्षलाई संरक्षण र सम्मान गर्दै यसको उपयोगबाट जीवन र जीविकोपार्जनलाई सहजीकरण गर्ने हाम्रो परम्परा हो । पछिल्लो समयमा पानीको जैविक तथा मानवीय पक्षसँगै यसको आर्थिक आयाम पनि महìवका साथ चर्चा गरिन्छ । पानीको धार्मिक तथा सांस्कृतिक आयामलाई आधुनिक राज्यको कानुनले समेत नकार्न सकेको छैन । पछिल्लो समय विश्वव्यापी चर्चा र चासोका रूपमा रहेका वातावरणीय सन्तुलन, जलवायु परिवर्तन तथा जैविक विविधताको संरक्षणमा पनि पानीलाई एक महìवपूर्ण तर जोखिमयुक्त तìवका रूपमा लिइन्छ । स्वच्छ पानीको उपलब्धताका आधारमा रा
‘सत्ता समीकरण फेरबदल हुने अवस्था छैन’
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सत्ता समीकरण फेरबदल हुने अवस्था नरहेको बताउनुभएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सिंहदरबारमा शनिबार सम्बोधन गर्दै उहाँले अहिलेको समीकरण राजनीतिक र वैचारिक रूपमा निर्माण भएकाले तत्काल केही नहुने दाबी गर्नुभयो ।
जापानका विदेशमन्त्री आज आउनुहुँदै, साझेदारी वृद्धिमा सहयोग
जापानका विदेशमन्त्री कामिकावा योको आइतबार औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु हुँदै छ । जापानबाट नेपालमा सन् २०१९ पछि छ वर्षको अन्तरालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपालको दुईदिने भ्रमण गर्नुभएको थियो । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानका विदेशमन्त्री योको नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँले आइतबार उच्चस्तरीय भेटावार्ता गर्नुहुने छ । परराष्ट्र मन्त्रालयका अनुसार उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्नुहुने छ ।
अझै खण्डहर छ खारापानी
चर्चित उखानलाई विश्वास मान्ने हो भने १२वर्षमा खोलो फर्किन्छ तर कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को खारापानीका लागि यो उखान अपवाद हो । २०६९ वैशाख २३ गते बिहान आएको सेती नदीको बाढीले खारापानी बजारलाई बगर बनाउनुका साथै ६५ जनाको ज्यान लिएको थियो । सो घटनापछि बजार पुनर्निर्माण भएको छैन । खारापानी अझै खण्डहर छ ।