चैतसम्मको आर्थिक अवस्था : नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक देखिएका छन् ।
वर्षाले राहत : मूल फुट्ने आस
गर्मी बढेर पानीका स्रोतका रूपमा रहेका मुहान सुक्दै गएका बेला एक साताभित्रै दुईपटक वर्षा भएपछि महोत्तरीमा सर्वसाधारणले राहत महसुस गरेका छन् ।
बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार नाबालक
गएराति दुई समूहबीचमा भएको झगडामा परी मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको र उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारै जना नाबालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने
अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले पृथ्वीमा मौसम अवलोकन र वातावरणीय अनुगमन क्षमताहरू सुधार गर्नका साथै अग्रिम अन्तरिक्ष मौसम अवलोकनमा सहयोग गर्न नयाँ मिसन सुरु गर्ने तयारी गरिरहेको जनाएको छ ।
घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छः अध्यक्ष लोहनी
नेपाल घरजग्गा तथा आवासीय विकास महासङ्घका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरुले व्यक्तिगत कारोबारभन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताउनुभएको छ ।
तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै
तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा कार्यालय स्थापना गरेर तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
प्रदेशसभाको अधिवेशन सोमबारबाट सुरु
बागमती प्रदेशसभाको अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ । बजेट अधिवेशनको रुपमा रहेको प्रदेशसभाको अधिवेशन बागमती प्रदेश सरकारको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गर्नुभएको हो ।
पितिबाङ खोलामा पानीको बहाव बढेपछि राप्ती राजमार्ग अवरुद्ध
राप्ती राजमार्गअन्तर्गतको रुकुमपश्चिम सडकखण्ड अवरुद्ध भएको छ । राजमार्गको मुसीकोट नगरपालिका ११ र १२ स्थित पितिबाङ खोलामा पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको हो ।
सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक : कांग्रेस
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक हुनुभएको बताएको छ ।
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गर्नुभएको छ ।
अज्ञात समूहद्वारा स्कुल बसमा आगजनी
अज्ञात समूहले आइतबार भरतपुरमा एक स्कुल बसमा आगजनी गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित दद्रेनी पुलमा स्मल हेभन स्कूलको बसमा आगजनी भएको हो ।
सुनको मूल्य बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३८ हजार चार सय निर्धारण भएको छ ।
‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
नेपाल जग्गा तथा आवास विकास महासङ्घका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्र कमजोर हुनुमा घरजग्गा कारोबारको प्रतिकूल अवस्था पनि एक भएको बताउनुभएको छ ।
नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : अभिनेता आचार्य
अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताउनुभएको छ । शनिबार चलचित्र महाजात्रा प्रदर्शनको ५१ औँ दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरबाट देखिएको दृश्य ।
पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचार प्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
नेपालको नक्सा नोटमा छाप्दा अरूले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरू देशलाई चिन्ता हुनु नपर्ने बताउनुभएको छ ।
मोटरसाइकलमै फालेलुङ आइपुग्छन् पश्चिम बंगाल र कोलकाताका पर्यटक
पाँचथरको फालेलुङ गाउँपालिका आन्तरिकसँगै बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। छिमेकी मुलुक भारतको वेस्ट बङ्गाल र कोलकातासम्मका पर्यटक मोटरसाइकलमै आउन थालेपछि यो गाउँपालिका साहसिक पर्यटनको केन्द्र बनेको हो।
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।
हुम्डे विमानस्थल प्रयोगविहीन
नेपाल नागरिक उड्डयन प्राधिकरणले २०६९ सालमा नौ करोड रुपियाँ खर्च गरेर कालोपत्र गरेको मनाङको हुम्डे विमानस्थल प्रयोगविहीन छ ।
मरुभूमिको जोखिम बढाएको भन्दै मसलाको रुख काटेर हटाइँदै
धनुषाको धनुषाधाम नगरपालिकाले नगर क्षेत्रभित्रबाट मसला (भिक्स) प्रजातिका रुख काटेर हटाउने भएको छ । तराईमा पानीको अभाव सिर्जना हुनुमा मसलाको रुख पनि एक कारण भएको ठहर गर्दै नगरपालिकाले यो प्रजातिको रुख नगर क्षेत्रबाट काटेर हटाउने भएको हो ।
भुटानी शरणार्थीको पीडा : न जन्मदर्ता न शरणार्थी प्रमाणपत्र
नक्कली भुटानी शरणार्थी प्रकरणपछि अन्यायमा परेका सक्कली भुटानी शरणार्थीका प्रतिनिधिहरूले नेपाल सरकार र शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्च आयोग(युएनएचसीआर)लाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
बाइस महिनामा पनि बनेन दुई किमी सडक
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक-याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ । बिचको करिब दुई हजार दुई सय मिटर सडक भने अहिले पनि कच्ची छ ।
कर्णालीमा बाह्य लगानीको बाटो खुल्दै
कर्णाली प्रदेशमा बाह्य लगानी भित्रिने सङ्केत देखिएको छ । काठमाडौँमा सम्पन्न लगानी सम्मेलनले सकारात्मक सङ्केत दिनुका साथै बाह्य लगानीको बाटोसमेत खोलेको छ ।