बालक आर्यनको प्रतिभा, हवाईजहाज नदेखी उडाए नमुना जहाज
इन्टरनेट र मोबाइलको प्रयोगले बालबालिकालाई नराम्रो लत मात्र लगाएको छैन, ती स्रोतसाधनलाई सही उपयोग गर्ने हो भने सानै उमेरमा धेरै कुरा सिक्ने र गर्ने माध्यम पनि बनेको छ । यस्तै उदाहरण हुनुहुन्छ कैलालीका आर्यन विश्वकर्मा । आर्यनले हालसम्म वास्तविक हवाईजहाज नजिकबाट देख्नुभएको छैन तर उहाँले इन्टरनेटको खोजीबाटै बनाएको जहाजले आकाशमा कावा खाएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९, प्रतापपुरका आर्यनले १४ वर्षकै उमेरमा हवाईजहाज बनाई आकाशमा उडाएर सबैलार्ई दङ्ग पार्नुभएको मात्र छैन प्रशंसाको पात्रसमेत बन्नुभएको छ ।
सरकारले नुन, चिनी र मलको सहज आपूर्तिका लागि ठोस योजना बनाउँछः मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले नुन, चिनी र मलखादको सहज आपूर्तिका लागि सरकारले ठोस योजना बनाउने बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सभाबाट विश्वासको मत लिनुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत प्राप्त गर्नुभयो ।
नयाँ दल गठनविरुद्ध जसपा अध्यक्ष यादवद्वारा सर्वोच्चमा रिट
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।
जलविद्युत छ तर बत्ती बल्दैन
बागलुङको तमानखोला गाउँपालिका-६ नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन नपुग्दा गाउँका मानिसहरू अन्धकारमा बस्न बाध्य छन् ।
सङ्खुवासभामा पेस्तोलसहित एक जना पक्राउ
सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ ।
केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन माग गरेको अपिल खारेज
सर्वोच्च अदालतले सोमबार दिल्लीको उत्पादन शुल्क नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मामिलामा प्रवर्तन निर्देशालय (इडी) ले पक्राउ गरेको कारण अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्रीको पदबाट हटाउन माग गरिएको अपिल खारेज गरेको छ ।
आर्थिक सल्लाहकार नियुक्त
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्राध्यापक डा. कपिलदेव सुवेदीलाई आर्थिक सल्लाहकारमा नियुक्त गर्नुभएको छ ।
बर्नेमा फूलेको शिरीष
गर्मीमा फूल्ने शिरीषको फूलेमा फोटो खिच्ने र भिडियो बनाउनेको भिड हुने गरेको छ । बर्ने चिया बगानका दुई साइडमा रहेका शिरिशका बोट यतिबेला ढकमक्क फुलेका छन् । बर्नेलाई अहिले शिरिशको फूलले भाइरलनै बनाएको छ ।
अनलाइन सट्टेबाजीमा दुई अर्ब एक करोड अवैध कारोबार गर्ने पक्राउ
प्रहरीले अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
टर्की पठाउने भनी चार करोड ३४ लाख ठगी गर्ने पक्राउ
नेपाल प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनी चार करोड रुपियाँभन्दा बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिनु हुने भएको छ ।
एचआइभी सङ्क्रमितलाई मासिक भत्ता
कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ । पालिकाले सङ्क्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताकारूपमा मासिक एक हजार रुपियाँका दरले भत्ता वितरण गरेको हो ।
हिलाम्मे सडक
निर्माणाधीन मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ रिठ्ठेपानीमा वर्षाका कारण हिलाम्मे सडक ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ
फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिनुभयो ।
जरुवाको पानी संकलन गर्दै
दाङको घोराही उपमहानगरपालिका(१७ तल्लो ओखरा टोलका स्थानीय सिस्नेखोला किनारमा रहेको जरुवाको पानी भर्दै । खानेपानीको सुविधा नहुँदा यस गाउँका स्थानीय जरुवा तथा इनारको पानी खान वाध्य छन् ।
काफल टिप्दै गरेका महिला
चुरे क्षेत्रको धार्मिक पर्यटकीय गाउँ नायलका महिलाहरु रुखमा चढेर पाकेको काफल टिप्दै । काफल टिप्नका लागि नाईल गाउँमा कैलाली कञ्चनपुर क्षेत्रका बासिन्दा पुग्ने गरेका छन् ।
नुवाकोटको भैरवी मन्दिर र साततले दरबार
नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक भैरवीदेवी मन्दिरसहित बायाँतर्फ साततले दरबार र दायाँतर्फ धामी निवास । विसंं। २०७२ को भूकम्पले क्षति पुर्याएपछि भैरवीदेवीको पुर्ननिर्माण भए पनि साततले दरबार र धामी निवास पुनर्निर्माणको पखाईमा छ ।
मुढा बनाउन सिक्दै महिलाहरू
गुल्मीको चन्द्रकोट गाउॅपालिकाको आयोजनामा वडा नं १ को दिब्रुङ्मामा सञ्चालन गरिएको सीपमूलक तालिममा मुढा बनाउन सिक्दै महिलाहरू ।
सुर्खेत विमानस्थल र आसपासको क्षेत्र
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ कतकुवाबाट देखिएको सुर्खेत विमानस्थलको धावनमार्ग र आसपासको क्षेत्र।
आरोही कामिरिता २९औँ पटक सगरमाथाको चुचुरोमा
आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको छ । उहाँले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको हो ।
काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ उपत्यकामा सञ्चालित उद्योगलाई अन्यत्र सार्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
कपिलवस्तुमा बाढीले बगाउँदा एक जनाको मृत्यु
कपिलवस्तुमा दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका ७ सुकुम्वासी टोलका ४० वर्षीय लौटन थारु रहेका छन् ।
चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।