• १३ साउन २०८१, आइतबार

सिद्धार्थ राजमार्ग भासियो

blog

बुटवल पोखरा सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा भासिएको राजमार्ग । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, असार २३ गते ।
 बुटवल पोखरा सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा राजमार्ग भासिएको छ ।

दुई ठाउँमा सडक भासिँदा सयौँ सवारीसाधन बाटैमा रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले अविरल वर्षासँगै ५० मिटर लम्बाई र तीन मिटर चौडाइ सडक भासिएको बताउनुभयो ।

अवरुद्ध सडकलाई एक तर्फी भए पनि खोल्ने प्रयास भइरहेको बताउनुहुँदै प्रहरी नायब उपरीक्षक रानाले नदिको छेउँछाउँ नजान र घरमै बस्न सबैलाई अपिल समेत गर्नुभएको छ ।