• २१ असार २०८२, शनिबार

पाल्पाका ८ सय परिवारलाई लालपुर्जा वितरण

blog

काठमाडौँ, असार २० गते । पाल्पाका ८ सय परिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पाल्पा र सुनवलमा ८ सय बढी लालपुर्जा वितरण गर्नु भएको छ । 

विशेष नापी कार्यालयले पाल्पा जिल्लाको पहिला पुर्जा वितरण रामपुरमा करिब ५०० जना र नवलपरासीको सुनवलमा सुनवल नगरपालिकाको समन्वय र भूमि समस्या समाधान आयोग जिल्ला कार्यालय नवलपरासीको आयोजनमा करिब २०० जनालाई लालपुर्जा वितरण गरिएको हो । 

लालपुर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले देशभरका भूमि समस्या र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानका लागी मन्त्रालय र भूमि आयोगले निरन्तर काम गरिरहेको जानकारी गराउनु भयो । अबको ६ महिना भित्र ७० प्रतिशत भूमिहीनले लालपुर्जा प्राप्त गरिसक्ने मन्त्री अधिकारीको भनाई छ ।

पाल्पामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, नापी विभागका महानिर्देशक प्रकाश जोशीलगायतका सहभागिता थियो भने सुनवलमा मन्त्री अधिकारीसहित भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजाल, सासंदहरु, सुनवल नगरपालिका मेयर विमला अयार्ललगायतका जनप्रतिनिधि र स्थानीयवासीको भव्य सहभागिता थियो ।