• २० असोज २०८१, आइतबार

एमालेको सचिवालय बैठक मंगलबार बस्ने

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, असार २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार असार २५ गते मंगलबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल हुनेछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने गौतमले जानकारी दिनुभयो ।