• १३ साउन २०८१, आइतबार

पहिरोले घर पुरिँदा एक घाइते

blog

रमेश विश्वकर्मा
गुल्मी, असार २२ गते ।
 गुल्मीमा पहिरोले घर पुरिँदा एक जना घाइते हुनुभएको छ । अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–३, थानपती ठाँटीपौवास्थित अन्दाजी ४५ वर्षीया रुपा टमाटा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलका अनुसार शनिबार बिहान करिब १०ः५० बजेको समयमा घर माथिबाट आएको ढुङ्गा, माटोसहितको पहिरोले घर पूर्णरुपमा पुरिएको थियो ।

ढुङ्गा माटोले बनेको एक तले टिनले छाएको घरमा रहँदै आउनुभएको उहाँ पुरिनु भएको थियो । टमाटालाई स्थानीय र प्रहरी टोलीको सहयोगमा उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी पठाइएको छ । उहाँको अवस्था मध्यम हल्का बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ ।