• १२ साउन २०८१, शनिबार

अरुण नदिमा बाढी : डाइभर्सन बाँध माथिबाट बग्न थाल्यो पानी

blog

अरुण तेस्रो जलविद्युत आयोजनाको बाँध निर्माण स्थलको अस्थायी बाँध माथिबाट बग्न थाल्यो पानी । तस्बिर : ध्यान कुलुङ

ध्यान कुलुङ
सङ्खुवासभा, असार २२ गते । 
अरुण तेस्रो जलविद्युत आयोजनाको बाँध निर्माण स्थलको अस्थायी बाँध माथिबाट पानी बग्न थालेको छ । जलविद्युत आयोजनाको डाइभर्सन टनेलबाट पनि पानी पूर्णरुपमा बग्न थालेको छ ।

शनिबार बिहान अरुण नदिमा आएको बाढीका कारण टनेल भित्र ढुङ्गा तथा मुडा जम्मा भएपछि पानी बग्न अवरोध भएको थियो । त्यसपछि पानी टनेलतर्फ पठाउन बनाइएको बाँध भरिएको थियो । अहिले टनेल र बाँधमाथि गरी दुवैबाट पानी बग्न थालेको बताइएको छ ।

अरुण नदिमा माथिल्लो क्षेत्रबाट नै ठुलो बाढी आएको मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले जानकारी दिनुभयो । अरुण नदिको बहाव भोटखोला क्षेत्रमा नै ठुलो रहेको खबर प्राप्त भएको उहाँले जानकारी दिनुभयो । शनिबार बिहान करिब ७ बजेदेखि पानीको बहाव बढ्दो रहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

अहिले डाइभर्सन टनेलबाट पूर्ण क्षमतामा पानी बगेको भए पनि त्यहाँबाट नअटेर बाँध माथिबाट बगिरहेको उहाँ बताउनुहुन्छ ।

अरुण नदिमा पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ । चिचिला गाउँपालिकाको सन्तले, पुखुवा, खाँदबारी नगरपालिकाको तुम्लिङटार लगायतको क्षेत्र उच्च जोखिममा रहेको छ ।