• १९ असार २०८१, बुधबार

होटल ग्यालेरीबाट अवैध लागूऔषधसहित दुई तानजेनियन नागरिक पक्राउ

blog

काठमाडौँ, असार १७ गते । काठमाडौँ महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ परेका छन् । शनिबार दिउँसो प्रहरीले एक किलो दुई सय ४७ ग्राम ७६ मिलिग्रामसहित  तानजेनियन नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय रामधानी सिम्बा मवाबुम्बार ५६ वर्षीय तवालिब किपेवु पशुआ रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०४ बाट रामधानीलाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम र सोही होटलको कोठा नम्बर २०५ बाट तवालिबलाई जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिनसहित पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।